Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

उदयपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाका चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया साहारा मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार आइतबार दिउँसो कोशीपारीबाट बेल्टार आउने क्रममा चौदण्डीगढी–८ बेसारेमा प्र–००२–००४ ह ४०८१ नम्बरको अटो दुर्घटना भएको थियो। घाइते बालिकालाई तत्काल उद्धार गरी न्यूरो अस्पताल विराटनगर लगिएको थियो, जहाँ उपचारको क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेसारे स्थित सानो खोल्सीमा अप्ठ्यारो बाटो देखिएपछि चालक हरिबहादुर राईले अटो रोकी बाटो हेर्न गएको बेला दुर्घटना भएको हो। ३५ वर्षीय चालक राई हाल प्रहरी नियन्त्रणमा रहेका छन्। प्रहरीले चालक विरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ बस्ने २७ बर्षीय पंकज बस्नेत रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार त्रियुगा नगरपालिका–६ लालपत्ताबाट खटिएको प्रहरी टोलीले देश २–०१–००१प २२२७ नम्वरको स्कुटर चालक बस्नेतलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित ३० एम्पुल, ४४ पिस क्यापसुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।    ...
उदयपुरमा विभिन्न मुद्धाका चार फरार प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका चार फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा विभिन्न मुद्धाका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका–२ घर भई हाल वडा नं. ११ बस्ने ५६ बर्षीय धर्म उप्रेती, त्रियुगा नगरपालिका–२ घर भई हाल वडा नं. ११ बरुवाधार बस्ने २८ बर्षीय के. के. डन भन्‍ने किशोर मगर, त्रियुगा नगरपालिका–३ बस्ने मिन्टु मिश्र र त्रियुगा नंगरपालिका–२ बस्ने ३५ बर्षीया उर्मिला सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार उदयपुर जिल्ला अदालतले सार्वजनिक अपराध मुद्दामा धर्म उप्रेतीलाई रु. १,५००, किशोर मगरलाई रु. १,०००, कुटपिट मुद्दामा मिन्टु मिश्रलाई रु. ५०० र गाली बेइज्जती मुद्दामा उर्मिला सहनीलाई  रु. १२५ जरिवाना तोकिएको थियो। पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।  ...
उदयपुरमा २०१ एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ

उदयपुरमा २०१ एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका-११ का २७ वर्षीय चन्द्र बहादुर खत्री र त्रियुगा नगरपालिका-१० बोक्सेका २३ वर्षीय दिप मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार  जिप्रका बाट खटिएको टोलीले आइतबार त्रियुगा नगरपालिका वडा नं. ११ चप्पनबाट २०१ एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।  मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका-६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्न खोज्दा आरोपीहरूले प्रहरी जवान दिपक राईलाई ठक्कर दिई भागेका थिए। त्यसपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई चप्पनबाट पक्राउ गरिएको डिएसपी चपागाईले बताए । पक्राउ परेकाहरूबाट फेनारगन ६७, बुप्रेनोर्फिन ६७, र डाइजेपाम ६७ एम्पुल गरी कुल २०१ एम्पुल प्रतिबन्धित लागुऔषध...
उदयपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका वडा नं. ४ बगाहा बस्ने ३१ बर्षीय बिबेक थापा र ३२ बर्षीय किरण अधिकारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईका अनुसार आइतबार त्रियुगा नगरपालिका–६ लालपत्तामा सवारी साधन चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। निजहरु सवार भएको बा ७३ प ५२१९ नम्बरको R15 मोटरसाइकललाई रोकी चेकजाँच गर्दा एयर फिल्टरमा लुकाई छिपाई राखेको ७५ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएसँगै चालक थापा र पछाडी सवार अधिकारीलाई नियन्त्रणमा लिईएको डिएसपी चापागाईले बताए । बरामद भएका लागुऔषधमा फेनारगन २५, बुप्रेनोर्फिन २५ र डाइजेपाम २५ एम्पुल रहेका छन्। पक्राउ परेका उनिहरुको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।...
चौदण्डीगढीमा भएको अटो दुर्घटनामा बालिकाको मृत्यु

चौदण्डीगढीमा भएको अटो दुर्घटनामा बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ साउन । उदयपुरको चौदण्डीगढी–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको निधन भएको छ । प्र–००२–००४ ह ४०८१ नं।को अटोमा सवार खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया बालिका साहारा मगरको दुर्घटनामा निधन भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । हिजो दिउसो ९आइतबार० कोशीपारीबाट बेल्टार आउनेक्रममा चौदण्डीगढी–८ बेसारेमा अटो दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते बालिकाको उद्धारगरी थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लएिको थियो । तर उनको उपचारकोक्रममा आज विहान निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेसारे स्थित सानो खोल्सीमा अप्ठ्यारो जस्तो बाटो देखिएपछि चालक हरीबहादुर राईले अटो रोकी बाटो हेर्न गएको बेला दुर्घटना भएको हो । ३५ वर्षीय चालक राई प्रहरी नियन्त्रणमा छन् भने उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको पुष्पाञ्जली विद्यालयमा अध्ययन ठप्प, प्रिन्सिपल र फाउण्डर बेपत्ता

उदयपुरको पुष्पाञ्जली विद्यालयमा अध्ययन ठप्प, प्रिन्सिपल र फाउण्डर बेपत्ता

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित पुष्पाञ्जली शिशु वाटिका विद्यालयका प्रिन्सिपल र फाउण्डर बेपत्ता भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। विद्यालयका प्रिन्सिपल कर्ण कटेल गत साउन ११ गतेदेखि र फाउण्डर नै केही दिनदेखि सम्पर्कविहीन रहेका छन्। प्रिन्सिपल गत बिहीबार (साउन १० गते) विद्यालय आएको तर त्यसपछि बिना जानकारी अनुपस्थित रहेको शिक्षकहरूले जानकारी दिएका छन्। उनीसँग सम्पर्क गर्दा केटी हेर्न भिनाजु गोकुल वि.क. सँग काठमाण्डौँ गएको बताएको शिक्षकहरूले जनाएका छन्। सोमबार साउन १४ गते विद्यालयमा आएर केहि दिनभित्र विद्यार्थीहरूलाई अन्यत्र स्कुलमा सार्ने वा विद्यालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने भनिए पनि त्याे गरिएकाे छैन । विद्यालयको वार्डेन मनोज बस्नेत पनि विद्यालय आउने भनेर आएका छैनन्, बेपत्ता छन् । यस्तो अवस्थामा विद्यालयमा पठनपाठन प्रभावित भएको छ । अभिभ...
प्रचण्ड सरकारको परराष्ट्र नीति: तटस्थता र सन्तुलनको १८ महिने यात्रा

प्रचण्ड सरकारको परराष्ट्र नीति: तटस्थता र सन्तुलनको १८ महिने यात्रा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २० ।  प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको कार्यकालमा नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय प्रगति हासिल गरेको छ। भूराजनीतिक तटस्थता कायम राख्दै छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुधार गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउन सफल भएको देखिन्छ। सरकारले 'छिमेक प्रथम' नीति अपनाउँदै भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिएको छ। भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता सहित ७ वटा महत्वपूर्ण सम्झौता भएका छन्। यसैगरी चीनसँग १२ वटा समझदारी भई १४ वटा सीमा नाकाहरू पूर्ण सञ्चालनमा आएका छन्। ऊर्जा सहकार्यमा विशेष प्रगति भएको छ। भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने ऐतिहासिक सम्झौता भएको छ। चीनसँग सीमापार विद्युत प्रसारण लाइन निर्माण सम्बन्धी सम्झौता भएको छ भने बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भई निर्यात प्रक्रिया सुरु ...
स्वयम्भूमा भोलीदेखि एक महिने मेला

स्वयम्भूमा भोलीदेखि एक महिने मेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २० । स्वयम्भूमा भोलि सोमबारदेखि सुरु हुने एक महिने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा स्वयम्भू तथा आसपासका सम्पदास्थलमा दर्शनार्थीहरूको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन र सडक बत्ती व्यवस्थापनको काम सम्पन्न भएको छ। महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर वरिपरिका अस्थायी पसलहरू हटाइएको र सहयोगापेक्षीहरूलाई बस्न नदिने व्यवस्था गरिएको जानकारी दिए। प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भागहरूको मर्मत र जीर्णोद्धार गरिएकाले यस वर्ष मेलामा आउनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ। महासमितिले थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट करिब पाँच लाख मानिस आउने अनुमान गरेको छ। काठमाडौँ महानगरपालिका-१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी म...
संसदमा थुप्रिए विधेयक, कानुन निर्माणमा ढिलाइ

संसदमा थुप्रिए विधेयक, कानुन निर्माणमा ढिलाइ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २० । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्जनौं विधेयक विचाराधीन अवस्थामा रहेका छन्, तर कानुन निर्माणको प्रक्रिया भने अपेक्षाकृत गतिमा अघि बढ्न सकेको छैन। संघीय सांसदहरूको मुख्य कार्य मानिने विधायिकी कामले गति लिन नसकेको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा हालसम्म १४ वटा विधेयक दर्ता भएका छन्, जसमध्ये कुनै पनि विधेयकले पूर्ण कानुनी रूप लिन सकेको छैन। यसैगरी, राष्ट्रिय सभाबाट पारित भएर आएका केही विधेयकहरू मात्र कानुन बन्न सफल भएका छन्। प्रतिनिधि सभाका विभिन्न संसदीय समितिहरूमा बैंकिङ कसुर, सार्वजनिक सेवा प्रसारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, नेपाल विश्वविद्यालय, विद्युत्, विद्युतीय व्यापार, विद्यालय शिक्षा, संघीय निजामती सेवा लगायतका महत्वपूर्ण विधेयकहरू दफावार छलफलको क्रममा रहेका छन्।राष्ट्रिय सभामा पनि मिडिया काउन्सिल, नवीकरणीय ऊर्जा, तिलगंगा ने...