“हितैको माया” बाट गायीकीमा उदाउँदै इन्द्रकला
पूर्णपुष्टि, ८ मंसिर ।
कार्तिक २४ देखी हलमा प्रदर्शन भैरहेको फिल्म “दिमाग खराब” को गित हितैको माया युट्युव, टिकटक लगायत सामाजिक संञ्जालहरुमा चर्चित बन्यो । उक्त गितलाई चर्चित गायक सुगम पोखरेल र नव गायीका इन्द्रकला राईले स्वर दिएकी थिईन । गित संगितको क्षेत्रमा सुगम पोखरेलको अनुभावको आधारमा इन्द्रकला कलिलै छिन् । तर पनि हितैको मायामा इन्द्रकलाले आफ्नो उत्कृष्ट स्वर भरेकी छिन् । खोटाङको बुईपा छिप्टीमा जन्मीएकी इन्द्रकला परिवारको ठुली छोरी हुन् । बाबासँग आमाको डिभोर्स भएपछि इन्द्रकला हाल आमा सँग मामाली घर उदयपुर बस्दै आएकी छिन् । गायनमा असाध्यै रुची राख्ने इन्द्रकला सानै उमेरदेखी गित गाउने गर्थिन । बिभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिँदै जाने क्रममा आज फिल्मको गित समेतको इन्द्रकलालाई अफर आयो । ५ बर्ष अघि मात्रै ब्यवसायीक सांगितिक यात्रामा प्रवेश गरेकी इन्द्रकलाले २० ओटा भन्दा बढी गित गाईसके...









