त्रियुगा उद्योग बाणिज्य संघद्धारा नविकरण गर्ने २१९ ब्यपारी सदस्यहरुलाई सामुहिक दुर्घटना बिमा
पूर्णपुष्टि, १९ कार्तिक ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले २१९ जना ब्यपारी सदस्यहरुको सामुहिक दुर्घटना बिमा गराएको छ । २०८०÷०८१ का लागि संघको सदस्यतामा नविकरण गराउने २१९ जना ब्यपारी सदस्यहरुको आईतबार एक कार्यक्रमकाबीच सामुहिक बिमा गराएको हो । ९५४ सदस्य रहेको संघमा २१९ जनाले मात्रै हाल सम्म नविकरण गराएको छ । सोही नविकरण गर्ने ब्यपारीहरुको संघले धमाधम बिमा गराउँदै आएको छ ।
संघका अध्यक्ष रमेश रसाईलीका अनुसार सदस्यताको नविकरण गराउने सबै सदस्यहरुको बिमा गराउने क्रम जारी रहेको छ । हाल सम्म नविकरणमा आएको ब्यपारीहरुको हामिले बिमा गराई सकेका छौँ, अन्य ब्यपारीहरुले पनि नविकरण गराएसी सामुहिक दुर्घटना बिमामा जोड्नेछौ रसाईलीले भने । सगरमाथा लुम्वीनी इन्स्योरेन्स कम्पनी लिमिटेका क्षेत्रीय प्रवन्धक नारायण गौतमले संघका अध्यक्ष रसाईलीलाई सामुहिक बिमा हस्तान्तरण गरेका थिए । सोही अन्तर्गत ब्यपारीहरुल...








