Saturday, August 22News That Matters

Author: पूर्णपुष्टि खबर

लुटपाट गरेको अभियोगमा असई सहित ३ जना प्रहरी पक्राउ

लुटपाट गरेको अभियोगमा असई सहित ३ जना प्रहरी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । लुटपाट गरेको अभियोगमा प्रहरी सहायक निरिक्षक (असई) सहित ३ जना प्रहरी पक्राउ परेका छन् । लुटपाट गरेको अभियोगमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जनाएको छ । उनिहरुमाथि दुई साताअघि सिआरभी (कन्ट्रोल रुम भेहिकल) मा ड्युटी गर्दा लुटपाट गरेको आरोप छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनिहरुले पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । लुटपाटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको र पीडितहरू जाहेरी दिन नआएपछि थुनामा राखेर सार्वजनिक हित विरुद्धको ...
स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगितामा दमौटी फुटवल क्लव बिजयी

स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगितामा दमौटी फुटवल क्लव बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २० कार्तिक । आईतबार देखी बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति दिवसको दोस्रो दिन दमौटी फुटवल क्लवले जित निकालेको छ । मलिथम फुटवल जोगिदहलाई २÷१ को अन्तरले पराजित गर्दै दमौटी फुटवल क्लवले जित निकालेको हो । दमौटीको तर्फबाट पवन राई र बिला राउतले १÷१ गोल गरे भने मलिथमको तर्फबाट एक गोल फिर्ता भएका थिए । बगाहा युवा समूहको आयोजनामा भैरहेको खेलमा उपाधी बिजेताले रु ५० हजार नगत र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीनय बुद्धिजिवीहरुले सहयोग गरेका छन् ।...
त्रियुगा उद्योग बाणिज्य संघद्धारा भुकम्प पिडितका लागि पहिलो दिन ६६ हजार ८१५ रकम संकलन, भोली पनि उठाउने

त्रियुगा उद्योग बाणिज्य संघद्धारा भुकम्प पिडितका लागि पहिलो दिन ६६ हजार ८१५ रकम संकलन, भोली पनि उठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० कार्तिक । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले पश्चिम रुकुम र जाजरकोटका भुकम्प पिडितहरुलाई राहत उठाउने काम सुरु गरेको छ । आईतबार दिउँसोबाट गाईघाट बजार आसपास राहत संकल सुरु गरेका थिए । पहिलो दिन ६६ हजार बढी भुकम्प पिडितहरुको लागि संघले राहतका लागि आर्थिक संकलन गरेको छ । संघका अध्यक्ष रसाईलीले भोली पनि संकलनलाई निरन्तरता दिने जनाए । उक्त रकम उठाएर हालै घाँस बाँस कपासबाट बन्चीत भुकम्प पिडितहरुलाई उपलब्ध गराउने जनाएको छ । रकम सँगै एक थान त्रिपाल र दुई बोरा चामल पनि संकलन भएको अध्यक्ष रसाईलीले जनाए ।...
त्रियुगा उद्योग बाणिज्यद्धारा जाजरकोटका भुकम्प पिडितहरुलाइ राहत संकलन सुरु

त्रियुगा उद्योग बाणिज्यद्धारा जाजरकोटका भुकम्प पिडितहरुलाइ राहत संकलन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० कार्तिक । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुका लागि राहत संकलन अभियान सुरु गरेको छ । संघले सोमबारदेखी गाईघाटका ब्यपारी ब्यवसायीहरु सित राहत स्वरुप आर्थिक संकलन सुरु गरेको हो । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको बिनासकारी भुकम्पले ठुलो धन जनको क्षती पुराएको छ । पिडितहरु अहिले अरुको साहारामा बाच्नु पर्ने अवस्थामा सबै क्षेत्रबाट राह संकलनको प्रयासहरु भैरहेको छ । सोही अनुसार उदयपुरबाट पनि त्रियुगा उद्योग बाणिज्य संघले राहतका लागि ब्यपारीहरु सित आर्थिक संकलन सुरु गरेको हो । संघका अध्यक्ष रमेश रसाईलीले उदयपुरका सम्पूर्ण ब्यपारी, ब्यवसायी, स्थानीय, जनप्रतिनिधि, संघ संस्था लगायत सबैमा संघको अभियानलाई सहयोग गर्दै भुकम्प पिडितहरुको सहयोगमा सहभागी हुन अनुरोध गरे । संकलनको अभियान केहि दिन सम्म जारी रहने र सो समय भित्र मनले चाहेको ...
उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध

उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २० । उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक सुचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा र सुर्ती सेवन निषेध गरिएको जनाएको छ । धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागी अत्यन्त हानिकारक भएकोले सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा २०८०÷७÷१८ गते त्रियुगा नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार जिल्ला भर सार्वजनिक स्थलमा धुम्रपान तथा सुतीजन्य पदार्थ सेवनमा निषेध गरिएको कार्यालयले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिहरुबाट हुने प्रयोगलाई निरुत्साहिक गर्ने, सार्वजनिक स्थलल...
२१ बर्ष अघी मलेसिया गएका कटारीका युवराज अझै फर्किएनन, खोजि गर्दिन परिवारको आग्रह

२१ बर्ष अघी मलेसिया गएका कटारीका युवराज अझै फर्किएनन, खोजि गर्दिन परिवारको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० कार्तिक । उदयपुरको कटारी नगरपालिका वडा नं ३ च्याँगाका ७६ बर्षिय साबुधन राईलाई छोरा घर फर्किएर आउला की भन्ने आश अझै छ । आज भन्दा दुई दशक अघि रोजगारीको शिलशिलामा मलेसिया गएका राईका जेठो छेरा युवराज घर नफर्किदा परिवार बिछिप्त बनेको छ । छोरा गएको २१ बर्ष बितिसक्दा पनि घर फर्केर नआउँदा परिवार चिन्तित बनेको हो । समय र ठाउँहरुको स्वरुप फेरिसक्यो तर छोरा फर्किएर आएन्, “बाबु साबुधनले भने, । २१ वर्षदेखि जेठो छोरा युवराज राईको बाटो हेर्दै विताएका राईको मनमा हर्षौल्लास छैन् । घर आउँछु आँउछु भन्थ्यौं तर आशैआशमा मेरो जानेबेला भयो ।’राईले भने,। ‘उसको आमा मर्दा पनि आएन , आमा मर्दा अलिअलि खर्च चाहिं पठाएको थियो ।’राईले भने ,‘म पनि एकवर्षदेखि थला परेर वसेको छु , एक्सरे गर्न जान समेत सकेको छुईन् । ’ युवराजका आमा सगुमाया राईको २०७१ सालमा निधन भयो । त्यतिवेला पनि युवराज विदेशबाट आएनन् । ...
उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १९ । उदयपुरमा वन मुद्धाका तिनजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गा.पा.६ भस्सुवा भुमरे बस्ने ५४ बर्षीय चन बहादुर बिष्ट, ४८ बर्षीय भिम बहादुर अधिकारी र ४५ बर्षीय हरी बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतबाट २०७४।०९।२० गते वन मुद्धामा २ महिना ७ दिन कैद सजाय तथा रु. ४ लाख ६ हजार ३ सय ५१ रुपैँया जरिवाना तोकेतापनी हाल सम्म फरार रहेको उनिहरुलाई शुक्रबार पक्राउ गरिएको हो । उनिहरुलाई अस्थाई प्रहरी पोष्ट नेपलटारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उदयपुरगढी गा.पा.६ बाट पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्यनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बनाए ।...
सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो  टि–२० वल्डकप एसिया छनोटको उपाधि

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो टि–२० वल्डकप एसिया छनोटको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १९ । आईसिसी टि–२० वल्डकप एसिया छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । आईतबार बिहान किर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेपालले सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा ओर्लिएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा नेपाललाई १२ रनले हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा ओमानले २१ रन बनाउँदै नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले १ विकेट गुमाएर १० रनमात्र जोड्न सफल भयो ।...
उपाधिका लागी नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

उपाधिका लागी नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १९ । आईसिसी टि–२० वल्डकप एसिया छनोटको उपाधि जित्न नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आईतबार बिहान किर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । नेपालका लागी गुल्सन झा र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा पाचौँ विकेटका लागी कप्तान पौडेल र झाले ७८ रनको साझेदारी गरे । पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो । १७ ओभरमा क्याच आउट हुनुभन्दा अघि झाले ३ छक्का ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान पौडेलले ३७ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ५२ रनमा नटआउट रहे । त्यस्तै ओपनर कुशल भुर्तेलले ३१ रन बनाए भने करन केसीले ६ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २० रनमा नटआउट रहे । ओमानका बलर विलाल खानले ३ विकेट लिए भन...
बगाहामा ट्याक्टरले बोकेको बाँसमा उनिदा एक महिला गम्भीर घाईते

बगाहामा ट्याक्टरले बोकेको बाँसमा उनिदा एक महिला गम्भीर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, १९ कार्तिक । गएराती बाँसमा एक महिला उनिदा गम्भीर घाईते भएकी छिन् । उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्याक्टरले बोकिरहेको बाँसमा उनिदा त्रियुगा नगरपालिका ४ बगाहा बस्ने बर्ष ४४ को सारादा चौधरी गम्भीर घाईते भएको हो । उनको पेटको दायाँ भागदेखि ढाडसम्म वारपार बाँस उनिएको छ । उनलाई जिल्ला अस्पताल उदयपुरमा प्राथामिक उपचार गरी थप उपचारको लागि बिराटनगर लगिएको छ भने त्रियुगा ६ देउरी बस्ने बर्ष ४० को मोटरसाईकल चालक सलिम अलिको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । शनिबार साँझ जोगिदहबाट देउरीतर्फ जादै गरेको स.१त.२८२५ नम्बरको ट्याक्टरमा बोकेको बाँसमा उनिएर उनि घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार ट्याक्टरले ईमर्जेन्सी ब्रेक लगाउदा सोहि दिसाबाट जलजले तर्फ जादै गरेको प.१–०५–००१ प.६९११ नम्बरको मोटरसाईकलमा सवार उनि बाँसमा उनिदा घाईते भएको हो । ध्चष्तभ तय द्यष्पचबm च्बष् एख...