Saturday, August 22News That Matters

Author: पूर्णपुष्टि खबर

घरमा आगलागी हुँदा एक बृद्धाको जलेर मृत्यु

घरमा आगलागी हुँदा एक बृद्धाको जलेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । झापामा घरमा आगलागी हुँदा एक बृद्धा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१० की ७५ बर्षीया दिलकुमारी राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार हिजो राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको श्रीमती दिलकुमारीको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीको खबर प्राप्त भएसगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको डिएसपी दाहालले बताए । आगलागीमा परेर शिव कुमार राई घाईते भएका छन् । उनको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भईरहेको डिएसपी दाहालले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको...
उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने

उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । उदयपुरमा रातीको १० बजेसम्म देउसी भैलो खेल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शुक्रबार एक सुचना जारी गर्दै रातीको १०:०० बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने जाकारी दिएका छन् । देउसी भैलो सभ्य ढङ्गले राती १०:०० बजेसम्म खेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुरोध गरेको छ । त्यस्तै छठ पर्वको अवसरमा भने मंसिर ३ गते राती ११:०० बजेसम्म मात्र सांस्कृतीक परम्परा अनुसारको कार्यक्रम गर्न÷गराउनुहुन कार्यालयले अपिल गरेको छ । सुचनामा भनिएको छ ‘चार्डपर्वको समयमा पटाका, आतिशवाजी, जस्ता प्रज्वनशिल पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवातास, उच्छृङ्गल देउसी भैलो एवंम कानुनले निषेध गरिएका कार्य नगर्न नगराउन सम्पुर्ण जिल्लावासीहलाई अनुरोध गरिन्छ । चार्डपर्वमा निषेध गरिएका...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको शुभकामना तथा देउसी भैलो कार्यक्रम

नेपाल कपडा तथा सिलाई व्यवसायी संघको शुभकामना तथा देउसी भैलो कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाल कपडा तथा सिलाई व्यवसायी संघले दशैँ तिहार र छैठ लगायत चाडपर्वको शुभकामना आदान प्रदान सँगै देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार गाईघाट स्थित जगत भवनको आफ्नै कार्यालयमा सिलाई व्यवसायी, ब्यपारी लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गरेका थिए । संघकी अध्यक्ष ज्ञानु प्रधानले संस्था र सिलाई व्यवसायीहरुको हितमा काम गर्ने भन्दै देउसी भैलो कार्यक्रम समेत गरेको जनाईन् । यसबाट उपलब्ध आर्थिक सहयोगले संस्थालाई आर्थिक क्षेत्रमा टेवा दिने प्रधानको भनाई छ । लामो समयदेखी आर्थिक संकटकै बावजुद पनि सिलाई व्यवसायीहरुको हकहितका लागि ब्यक्तिगत लगानीबाटै संस्थालाई अगाडी बढाईएको अध्यक्ष प्रधानको भनाई छ । कार्यक्रममा घरेलु माहासंघका केन्द्रीय सदस्य तथा ब्यवसायी भरत थापा, एमाले नेता तथा समाजसेवी भागवत राउत, त्रिय...
उदयपुरमा बन र गाली बेज्जती मुद्धाका १० फरार प्रतिवादी पक्राउ

उदयपुरमा बन र गाली बेज्जती मुद्धाका १० फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २३ । उदयपुरमा बन र गाली बेज्जती मुद्धाका १० फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–१ का गोविन्द ठाकुर, महिन्द्र राई, चन्द्र बहादुर रोक्का कार्की, बुद्धिमान तामाङ, चन्द्र तामाङ, बे.न.पा.२ का जय प्रकाश चौधरी, सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिालाबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा जिल्ला अदालतबाट सजाय तोकिएका उनिहरुलाई पक्राउ गरेको हो । बन मुद्धामा जिल्ला अदालतले २०७१।०२।२१ गतेको फैसलाले गोबिन्द ठाकुरलाई २ महिना २० दिन कैद र रु. ४५ हजार ९८ रुपैँया जरिवाना, २०७३।०३।१६ गतेको फैसलाले महिन्द्र राईलाई १७ दिन कैद, चन्द्र बहादुर रोक्का कार्की...
कोशी प्रदेश भरीकै मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित

कोशी प्रदेश भरीकै मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २३ । कोशी प्रदेश अन्तर्गतका अस्पतालहरु मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक बर्ष २०७९÷०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा प्रदेश भरीकै अस्पालमध्ये जिल्ला अस्पताल उदयपुरलाई उत्कृट घोषित गरेको हो । जिल्ला अस्पताल उदयपुर प्रदेश भरकै उत्कृष्ट भएसँगै बुधबार बिराटनगरमा आयोजित एक कार्यक्रमको बिच पुरस्कृत भएको हो । जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गरेका थिए । डा. ज्ञानेन्द्र झाका अनुसार जिल्ला अस्पतालको गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, सरसफाई लगायतका विभिन्न सूचकको आधारमा उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।पछिल्लो समय जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय सेवा पाउन थालेपछि उदयपुर लगाएत छिमेकी जिल्लाका नागरिक समेत उपचारका लाग...
उदयपुरमा सार्वजनिक अपराध मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा सार्वजनिक अपराध मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ । उदयपुरमा सार्वजनिक मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ बस्ने ४५ बर्षीय गोरे भन्ने पुर्ण बहादुर तामाङ, गोबर्धन चामाङ र बे.न.पा.२ बस्ने ४५ बर्षीय घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला गरी सजाय तोकेका उनिहरुलाई पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा गोरेलाई जिल्ला अदालतको मिति २०७३।०५।१२ गतेको फैसलाले १ हजार ४ सय ७५ रुपैँया जरिवाना तोकेको थियो भने २०७३।०५।०६ गतेको फैसलाले चौधरीलाई रु. १ हजार ४ सय ५० रुपैँया जरिवान तोकेको र गाली बैजती मुद्दामा २०६५।०२।२४ गतेको फैसलाले गोबर्धनलाई रु...
उदयपुर ट्राफिकको निष्कर्श : दुर्घटनाको मुख्य कारण तिव्र गति, चालकहरुलाई कक्षा संञ्चालन

उदयपुर ट्राफिकको निष्कर्श : दुर्घटनाको मुख्य कारण तिव्र गति, चालकहरुलाई कक्षा संञ्चालन

Breaking News 1
पूर्णपुष्टि, २३ कार्तिक । उदयपुरमा पछिल्लो समय दुर्घटनाको अवस्था बढीरहेको छ । मानिसको भिँडभाँड तिव्र सहरीकरण र मदन भण्डारी हाईवेका कारण र्दुघटना न्युनिकरणका लागि उदयपुर ट्राफिक प्रहरीलाई चुनौती बढेको छ । पछिल्लो अवस्थामा दुर्घटनाका कारण भने तिव्र गति रहेको ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याँङ्कमा उल्लेख छ । यी चुनौती समधानका निम्ति बिहिबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई कक्ष दिईएको छ । भण्डै दुईसय सवारी चालकहरुलाई दुर्घटना न्युनिकरणबारे दुई घण्टा कक्ष दिईएको उदयपुर ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । कक्षामा दुर्घटना न्युनिकरण गर्न सवारी चालकहरुलाई ट्राफिक नियमबारे सुझाएका थिए भने सवारी जरिवाना र ऐन कानुनबारे भने यातायात व्यवस्था सेवा कार्यालय,गाईघाटले चालकहरुलाई प्रस्ट पारेको छ । इन्चार्ज दियालीले सवारीको मुख्य कारणनै...
उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नं ८ गुम्रे, सिरिसेस्थितमा अवैध गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालयबाट अवैध गाँजाको बोट नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट LRP प्रहरी टोली खटाईएको थियो । उक्त स्थानमा खटिएको प्रहरी टोलीले मंगलबार करीब ९ रोपनी क्षेत्रफलमा लगाईएको २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको डिएसपी चौधरीले बताए ।...
उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 2
पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा.१० हडिया बस्ने ४८ बर्षीया पबित्रा कुमारी बिष्ट, १८ बर्षीया उमा बिष्ट र चौ.न.पा.१० खैराझोडा बस्ने परिवर्तित नाम (RKC) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो । कुटपिट सम्बन्धि मुद्धामा जिल्ला अदालतको २०७५÷०५÷२३ गतेको फैसालाले पबित्रा कुमारी बिष्ट र उमा बिष्टलाई जनही पाँच हजार रुपैया जरिबाना तोकेको थियो भने जबरजस्ती करण मुद्धामा जिल्ला अदालतले २०७७÷०५÷२३ गतेको फैसलाले RKC लाई दुई हजार रुपैया जरिबाना तोकेता पनि फरार रहेका उनिहरुलाई पक्राउ गरीएको डिएसपी चौधरीले ब...
स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिता : तेस्रो दिन बगाहा युवा क्लवको जित

स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिता : तेस्रो दिन बगाहा युवा क्लवको जित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २२ कार्तिक । त्रियुगा नगरपालिका ४ बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको तेस्रो दिन बगाहा युवा समुहले जित निकालेको छ । नयाँबस्ती फुटवल क्लव बोक्सेलाई २/१ ले पराजित गर्दै बगाहा युवा क्लवले जित निकालेको हो । बगाहाको तर्फबाट प्रविन राईले २ गोल गरे भने नयाँवस्तीको तर्फबाट सनम राईले १ गोल फर्काए । आज साउने फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ । आयोजकका अनुसार भोली देखी क्वाटर फाईनलको खेल सुरु हुने छ भने शनिवार फाईनल हुने छ । खेलमा उपाधी बिजेताले रु ५० हजार नगद र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजक बगाहा फुटवल क्लवको अध्यक्ष सुरेन्द्र राईले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीन...