Monday, August 24News That Matters

Author: पूर्णपुष्टि खबर

गाईघाटमा स्व. चित्र कुमारी (लिम्वु) स्मृति मलिथम फुटवल च्याम्पियनशिप २०२३ घोषणा

गाईघाटमा स्व. चित्र कुमारी (लिम्वु) स्मृति मलिथम फुटवल च्याम्पियनशिप २०२३ घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असोज । गाईघाटमा स्वर्गिय चित्र कुमारी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप २०२३ को औपचारिक घोषणा भएको छ । स्वर्गिय चित्र कुमारी चौधरी (लिम्बु) को बार्षिक स्मृति दिवसको अवसरमा मलिथम थारु सेवा समाज उदयपुरले च्याम्पियनशिपको पनि औपचारिक घोषणा गरेको हो । मलिथम थारु सेवा समाज उदयपुरको अध्यक्ष संजय चौधरीका अनुसार यो पल्ट प्रतियोगिता गाईघाटको थारुहट रंगशालामा कार्तिक ३ देखी सुरु हुने जनाए । पहिलो प्रतियोगिता बेलकाको पुरन्दह र दोस्रो प्रतियोगिता चौदण्डीगढीको ज्यामिरेमा सम्पन्न भैसकेको अध्यक्ष चौधरीले जनाए । प्रतियोगिता जिल्लाको सबै पालिकाहरुमा गराउने उदेश्य सहित अगाडी बढेको चौधरीको भनाई छ । क्रिमसन मोटरपार्टस्का संञ्चालक सुनिल चौधरीको श्रीमती चित्र कुमारी चौधरी (लिम्वु) को आत्मा चिर शान्तिको कामना सहित उक्त आयोजना भव्य रुपमा संञ्चालन हुने संस्थाका सचिव डिएन चौधरीले...
उदयपुरमा मलद्धार भित्र लुकाएर ल्याएको लागुऔषध भिडियो एक्सरे गरेर बरामद, ५ पक्राउ

उदयपुरमा मलद्धार भित्र लुकाएर ल्याएको लागुऔषध भिडियो एक्सरे गरेर बरामद, ५ पक्राउ

Breaking News 1, समाचार
पूर्णपूष्टि, १६ असोज । मलद्धारमा लागुऔषाध राखेर ल्याउँदै गरेको अवस्थामा चौदण्डीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई आईतबार ७ बजेको समयतिर बेल्टार प्रहरीले लागुऔषाध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चौदण्डीगढी नगरपालिका ६ बस्ने अं वर्ष ३० को बिनोद राई, वर्ष ३२ को बिदुर राई, वर्ष ३० को बिशाल राई, वर्ष ३२ को मनोज राई, र वर्ष ३२ को प्रबेश चौहान रहेको छ । उनिहरुको साथ फेनारागन १४ एम्पुल,लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी जम्मा ३५ एम्पुल लागुऔषाध प्रहरीले बरामद गरेको छ । बेल्टार प्रहरीका अनुसार लागुऔषाध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) गरी ल्याएको लागुऔषाध चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गर्दा देखिएको थियो । सोही अनुसार तपशिलमा उल्लेखित लागू औषध निजहरुको शरिरबाट निकाली बरामद गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई जिल्ला अदालतबाट दश दिनक...
बालिका बलात्कार आरोपमा मेडिकल सञ्जालक पक्राउ

बालिका बलात्कार आरोपमा मेडिकल सञ्जालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ । बालिका बलात्कारको आरोपमा त्रियुगा नगरपालिकाका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत असोज ९ गते त्रिनपा–२ जोगिदह स्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी पक्राउ परेका हुन् । एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणीको मुद्दामा तिवारीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । अहिले मुद्दा दर्ता भइ अनुसन्धान चलिरहेको उनले बताए । सप्तरी निवासी तिवारी पक्राउ पछि उनको मेडिकल अहिले बन्द रहेको हाटखोला टोल विकास संस्थाका अध्यक्ष कुमार अधिकारीले बताए । सञ्चालक तिवारीले यसअघि पनि गाउँमा गलत नियत देखाएको गुनासो आएपछि चेतावनी दिएको अध्यक्ष अधिकारीले बताए । स्थानीय सम्भु खड्काले घटनालाई ढाकछोपको प्रयास भइरहेकोप्रति आशंका गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । घटना सार्बजनिक नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणीसमेत भएको छ । २ नं...
मुटु रोगी बोक्सेका गणेश परियार भन्छन, “आर्थिक सहयोग पाए बाँच्न चाहान्छु

मुटु रोगी बोक्सेका गणेश परियार भन्छन, “आर्थिक सहयोग पाए बाँच्न चाहान्छु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १५ असोज । त्रियगा नगरपालिका १० बोक्सेका ५१ बर्षिय गणेश परियार मुटु रोगले १ बर्षदेखी ग्रसित छ । सम्पत्तिको नाममा आफु बस्ने एउटा झुप्रो बाहेक केही छैन् । एक छोरा बुहारी, दुई छोरी र श्रीमती सहित बोक्सेमा बस्दै आएका परियार काम गर्न सक्दैनन् । बिरामी नहुँदा अटो किस्तामा लिएर चलाउँदै गरेको परियारले आफु थला परेसँगै काम गर्न सकेनन् । निरन्तर अटो चलाउन नसकेपछि किस्ता तिर्न नसक्दा अटो पनि फाईनान्सले तान्यो । एउटा छोराले आफु श्रीमती दुई छोरी नाती र बुहारीलाई पाल्नु परेको छ । छोरा बाहिर ज्यामी गरेर खाने कुरा जोहो गर्छ । एक्लैको कमाईले खान त पुग्दैन उपचार खै केले गर्ने उनले सुनाए । मुटु र लिभरमा समस्या देखिएका परियारको धरान घोपामा दुई पटक उपचारमा लगिएको परिवारको भनाई छ । तर त्यहाँबाट बाँच्दैन भन्दै फर्काएपछि घरमै ल्याएर जिल्ला हस्पिटल उदयपुरमा सामान्य उपचार र औषधी चलाए । औषधी र सा...
बालिका बलात्कार आरोपमा मेडिकल सञ्जालक पक्राउ

बालिका बलात्कार आरोपमा मेडिकल सञ्जालक पक्राउ

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ । बालिका बलात्कारको आरोपमा त्रियुगा नगरपालिकाका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत असोज ९ गते त्रिनपा–२ जोगिदह स्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी पक्राउ परेका हुन् । एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणीको मुद्दामा तिवारीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । अहिले मुद्दा दर्ता भइ अनुसन्धान चलिरहेको उनले बताए । सप्तरी निवासी तिवारी पक्राउ पछि उनको मेडिकल अहिले बन्द रहेको हाटखोला टोल विकास संस्थाका अध्यक्ष कुमार अधिकारीले बताए । सञ्चालक तिवारीले यसअघि पनि गाउँमा गलत नियत देखाएको गुनासो आएपछि चेतावनी दिएको अध्यक्ष अधिकारीले बताए । स्थानीय सम्भु खड्काले घटनालाई ढाकछोपको प्रयास भइरहेकोप्रति आशंका गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । घटना सार्बजनिक नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणीसमेत भएको छ । २ नं....
खोटाङमा बलात्कृत भएकी बालिकाको उदयपुरमा उपचार हुदैँ

खोटाङमा बलात्कृत भएकी बालिकाको उदयपुरमा उपचार हुदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ । खोटाङमा एक बालिका बलात्कृत भएकी छन् । जन्तेढुङ्गा गाउँपालिका–६ कि ५ बर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले स्थानिय ट्वाके माईला भनिने दीपक राईलाई पक्राउ गरेको छ । मोवाईलमा अस्लील भिडियो देखाउदै राईले बालिकामाथि बलात्कार गरेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । घटनालगतै फरार भएका राईलाई इप्रका चिसापानीबाट खटिएको असई सहितको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाको अत्यधिक रक्तश्रापका कारण स्वस्थ्यअवस्था गम्भीर भएपछि रातारात उदयपुर जिल्ला अस्पताल लगिएको वडाध्यक्ष सागर राईले जानकारी दिए । उनका अनुसार खेलीरहेकी बालिका एक्कासी चिच्याएपछि गाउँलेले थाहा पाएर घटना बाहिरिएको हो । बालिकाको अहिले बोक्सेस्थित जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । पीडित बालिकाको रक्तश्राब रोकिएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।...
उदयपुरको गजेन्द्र र ओखलढुँगाका कुम्भलाई संघर्षशील पत्रकारीता पुरस्कार

उदयपुरको गजेन्द्र र ओखलढुँगाका कुम्भलाई संघर्षशील पत्रकारीता पुरस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असोज । उदयपुर र खोटाङका दुई राई पत्रकार काठमाण्डौँमा पुरस्कृत भएको छ । उदयपुरका गजेन्द्र राई र ओखलढुँगाका कुम्भराज राई पुरस्कृत भएको हो । उनिहरुलाई किरात पत्रकार संघको १६ औँ स्थापना दिवसको अवसरमा क्रियाशील ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, संघका अध्यक्ष अवतार राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ । यायोक्खा अध्यक्ष हाताचो राईले प्रदेश १ मा पहिचानको आन्दोलन जारी रहेकोले सबै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘कोशी नाम खारेजी र पहिचानको पुनः नामकरण आन्दोलन कुनै जाति विशेष होइन, संविधानले गरेको व्यवस्थाको पालनाका निम्ति हो,’ आन्दोलनको संयोजकसमेत रहेका राईले भने, ‘राजनीतिक दलहरू, तीनै तहका सरकार, ज...
उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु

उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १४ । उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ शान्ति नगर टोलकी ६२ बर्षीया इन्द्रकुमारी चौहान, सोही स्थानका ५१ बर्षीय प्रकाश राई र बेलका नगरपालिका–५ खाडखोलका ४० बर्षीय बिजय लुम्बु रहेका छन् । डेङ्गु लागेकी चौहानको भदौ १३ गते र लिम्बुको असोज ९ गते धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । त्यस्तै राईको असोज २ गते उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । हालसम्म उदयपुरमा ८ सय ७० जना डेङ्गु संक्रमित पुष्टि भईसकेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।...
किरात राई पत्रकार संघको १६ औँ स्थापना दिवसमा सरसफाई र बृक्षारोपन

किरात राई पत्रकार संघको १६ औँ स्थापना दिवसमा सरसफाई र बृक्षारोपन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ असोज । किरात राई पत्रकार संघ उदयपुरले सरसफाई र बृक्षा रोपन गरेको छ । संघको १६ औँ स्थापना दिवसको अवसरमा गाईघाट स्थित नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको भवन परिसरमा सरसफाई सँगै फुल रोपेर हारावारा बनाउने कार्य भएको हो । देशैभरी रहेका किरात पत्रकार संघ जिल्ला कार्यसमितिहरुले बिबिध कार्यक्रम गरी स्थापना दिवस यधुमधाम मनाएको हो । केन्द्रमा भने पुरस्कार प्रदान र शुभकामना आदान प्रदान गरी दिवस मनाईएको छ । सरसफाई कार्यक्रममा अग्रज पत्रकार महेश्वर चाम्लिङ, संघ पूर्व केन्द्रीय उपाध्यक्ष भोटराज राई, फोनिज जिल्ला अध्यक्ष इश्वर वलम्पाकी र माहासंघका सहसचि देवराज राई लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।  ...
ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ । ताप्ली गाउँपालिका, उदयपुरका अध्यक्ष ढुंगराज वि.क.ले गाईघाटमा स्थापना भएको साझा सेवा घरको अवलोकन आज गरेका छन् । संस्थाले विधानमा जिल्लाका सबै पालिका प्रमुखलाई संरक्षक राख्ने उल्लेख गरेको छ । संरक्षणको हैसियतमा अध्यक्ष वि.क.ले सेवा घरको अवलोकन गर्दै सहयोगको प्रतिबद्धता ब्यक्त गरे । https://youtu.be/Mix7UiIMk8U “पालिकाको तर्फबाट यो मानवीय सेवामा सहयोग हुनेछ” अध्यक्ष वि.क.ले भने । हाल सेवा घरमा रहेका तीन बालबालिकालाई भेट्नुका साथै बस्ने, पढ्ने खाने ठाउँ र अन्य ब्यवस्थापनको जानकारीसहित अवलोकन गरेका थिए ।...