Monday, August 24News That Matters

Author: पूर्णपुष्टि खबर

गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

Breaking News 1
पूर्णपुष्टि, १८ असोज । जिल्ला ट्राफिक कार्यालय उदयपुरले चाँडबाँडलाई लक्षित गर्दै गाईघाटमा नागरिक यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । चाँडबाँडमा घट्ने अप्रिय घटना, सवारीको लापर्वाही, चोरी, दुर्घटना मनपरी भाडा लगायतका यात्रुहरु सँग संवेदनशिल रहेको क्षेत्रलाई मध्यनजर गर्दै सहायता कक्ष खोलिएको जिल्ला ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार मंगलबारबाट संञ्चालनमा आएका यस कक्षले चाँडबाँडमा यात्रुहरुमा हुने असुरक्षित र सवारीको हेलचेक्राईलाई नियन्त्तण गर्ने छ । गाईघाटबाटबाट र गाईघाट हुँदै चल्ने सार्वजानिक सवारीहरुलाई यसले बिषेश निगरानी गर्ने र मापदण्डको आधारमा संञ्चालन भए नभएकोबारे अध्यान अनुसन्धान गर्ने दियालीले जनाए । यदि मापदण्ड पिवरिद सवारी संञ्चालन भएको पाईएमा कानुन बमोजिम कडा कार्वाही गरिने दियालीले जानकारी दिए । उनले यस चाँडबाँडको अवस्थमा यात्रु र चालक दुवै ...
गाईघाट बजारमा  “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

गाईघाट बजारमा “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १८ असोज । चाँडबाँडलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय उदयपुरले पार्किङ व्यवस्थापन गर्दै आएको छ । नजिकदै गरेको दशैँ तिहार छैठ लगायतका पर्वमा ट्राफिक अस्तव्यस्त हुने भन्दै कार्यालय यसको व्यवस्थापनमा लागि परेको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार भिँडभाँडका कारण ट्राफिक अस्तव्यस्तले दुर्घटना निम्त्याउने भन्दै नो पार्किङमा सवारी पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको जनाए । यदि सवारी जथाभावी पार्किङ गरेको पाईएमा कडाईका साथ त्यसलाई कर्वाहिको दायरामा ल्याउने दियालीले जनाए । दियालीका अनुसार गाईघाट बजार एरियामा अत्याधिक भिँडभाँड हुने बैँक लाईन, मेनचोक, बिपि चोक, पिजि चोक र असारी लाईनमा बिषेश पार्किङ व्यवस्थापन गरिने छ । जिके पुस्तक पसल अगाडीडको चिया पसलदेखी पश्चिम आखाँ अस्पताल सम्म र पूर्व पिजि चोक सम्म कुनै पनि लाईनमा पार्किङ गर्न नपाईने जनाईएको छ ।...
गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

Breaking News 1
पूर्णपुष्टि, १८ असोज । जिल्ला ट्राफिक कार्यालय उदयपुरले चाँडबाँडलाई लक्षित गर्दै गाईघाटमा नागरिक यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । चाँडबाँडमा घट्ने अप्रिय घटना, सवारीको लापर्वाही, चोरी, दुर्घटना मनपरी भाडा लगायतका यात्रुहरु सँग संवेदनशिल रहेको क्षेत्रलाई मध्यनजर गर्दै सहायता कक्ष खोलिएको जिल्ला ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार मंगलबारबाट संञ्चालनमा आएका यस कक्षले चाँडबाँडमा यात्रुहरुमा हुने असुरक्षित र सवारीको हेलचेक्राईलाई नियन्त्तण गर्ने छ । गाईघाटबाटबाट र गाईघाट हुँदै चल्ने सार्वजानिक सवारीहरुलाई यसले बिषेश निगरानी गर्ने र मापदण्डको आधारमा संञ्चालन भए नभएकोबारे अध्यान अनुसन्धान गर्ने दियालीले जनाए । यदि मापदण्ड पिवरिद सवारी संञ्चालन भएको पाईएमा कानुन बमोजिम कडा कार्वाही गरिने दियालीले जानकारी दिए । उनले यस चाँडबाँडको अवस्थमा यात्रु र चालक दुवै ...
बिवादले रोकिएको त्रियुगा उद्योग वाणिज्य संघको नविकरणले पायो निरन्तरता

बिवादले रोकिएको त्रियुगा उद्योग वाणिज्य संघको नविकरणले पायो निरन्तरता

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असोज । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको नविकरणले निरन्तरता पाएको छ । बिवादका कारण उच्च अदालत बिराटनगरमा मुद्धा बिचारधिन अवस्थामा रहेपछि नविकरण रोकिदा संघको कामकार्वाहीमा समस्या थियो । उच्च अदालत बिराटनगरबाट फैसालाको पूर्ण पाठ आए सँगै जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता रहेको संघको नविकरणमा सहज भएको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार ७८ असार मसान्त सम्मको मात्रै नविकरण रहेको र बाँकी दुई बर्ष संस्थाका आर्थिक कामकार्वाहीमा समस्या परेको रसाईलीको भनाई छ । अब भने संघलाई गतिशिल र आर्थिक पार्दशिताले संञ्चालन गर्न सकिने जनाए । नविकरण नहुँदा संघको खाताहरु सबै रोकिएका थिए । अव भने सहज रुपमा खाता संञ्चालन गरिने र आर्थिक कार्यक्रमहरुलाई अगाडी बढाउने सकिने रसाईलीले जनाए ।...
विचल्नी परिवारको सडकबास

विचल्नी परिवारको सडकबास

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असोज । अर्काको नम्बरी जग्गामा घर परेको भन्दै अदालतको फैसला अनुरुप हिजो डोजर लगाई भत्काइएको अनार कुमारी चौधरीको परिवारको सडकबास भएको छ । चासभोग गर्दै आएको घरअगाडीको ऐलानी जग्गामा पनि टहरा बनाउन अवरोध भएपछि बीच सडकमै पाल टाँगेर रात कटाए । पानी र हुण्डरीले रातभर सुत्न नसकेको चौधरी परिवारको खान–लागउन ठेगान छैन । खाना पकाउने ठाउँ र सामान राख्ने ठाउँ छैन । दुई कलिला बालबालिका, एक बृद्धसहित छ जना रहेको चौधरी परिवार बिचल्नीमा छ । चौधरी परिवारले बाजेको पालादेखि आप्mनो दावीगर्दै मुद्दा लड्दै गरेको जग्गाको धेरै जसो क्षेत्र अरुले नै नम्बरी बनाइसकेका छन् भने भएका ऐलानी पनि दलालहरुले भित्रभित्रै किनबेच गरेकाले एउटा टहरा सम्म बनाउन नदिएको चौधरी बताउँछिन् । आसपासका छिमेकीहरुबाटै जग्गा बढि अतिक्रमण भएको र जग्गा दलालहरुले किनबेच गरेकाले विपद्मा आफुले सहयोग नपाएको उनले बताइन् । स...
एमाले कोशी प्रदेश अधिवेशन : उदयपुरबाट कोको निर्वाचित भए सदस्यमा ?

एमाले कोशी प्रदेश अधिवेशन : उदयपुरबाट कोको निर्वाचित भए सदस्यमा ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असोज । एमाले कोशी प्रदेश अधिवेशन सम्पन्न भएको छ । उदयपुरबाट पदाधिकारीमा उठेका शैलेस लामा हारेपनि सदस्यहरुमा भने उदयपुरको १४ जना निर्वाचित भएको छ । पूर्व प्रदेश उपसचिव समेत रहेको लामालाई पाँचथरको राजकुमार भण्डारीले पराजित गरेको हो । यता सदस्यहरुमा भने भुगोल, महिला, जनजाति, दलित र खुल्ला गरी १४ जना निर्वाचित भएको छ । खुल्ला भुगोल सदस्यहरुमा इश्वरमणी राउत, अम्बर बहादुर रायमाझी, प्रकाश बस्नेत, ज्ञानेन्द्र बस्नेत, भेषराज थापा, देवराज राई निर्वाचित भएको छ । यता युवा भुगोलमा जिवन कुमार कार्की निर्वाचित भए । भुगोल आदिवासीमा पदम राई निर्वाचित भए भने भुगोल महिलामा गिता रेग्मी, कला घले, कान्ता राई सिर्जना तामाङ निर्वाचित भईन् । अपाङगता तर्फ भने सिता पौडेल निर्वाचित भईन् । दलित भुगोल तर्फ भने बेनी बहादुर नेपाली निर्वाचित भएको छ ।...
उदयपुरमा लागुऔषध सहित २ युवा पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ।उदयपुरमा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका–४ सिद्दिपुर बस्ने १९ बर्षीय दिपेन राई र सोही पालिकाको वडा नं. ६ झोडापाटा बस्ने २६ बर्षीय अनिल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार अन्दाजी दिउँसो ४:४४ बजेको समयमा बेलका नगरपालिका–१ अस्थाई प्रहरी बिट आम्बासि स्थितमा सप्तरी जिल्लाको फत्तेपुरबाट उदयपुरतर्फ पैदल आउदै गरेको उनिहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो । प्रहरीले उनिहरुको साथबाट PROMETHAZINE(प्रोमेथाजिन) १ एम्पुल ,LEEGESIC (लिजेसिक) २ एम्पुल,PHENARGAN (फेनेर्गन)१ एम्पुल, नाईट्रोसन ७ ट्याबलेट बरामद गरेसँगै दुबै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेको दुबै जनालाई ईलाका प्रहर...
उदयपुरमा प्रतिबन्धित औषधि सहित ३ युवक पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधि सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ । उदयपुरमा प्रतिबन्धित औषधि सहित ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने २२ बर्षीय बिष्णु ब. श्रेष्ठ, २० बर्षीय कोसुबिन राई र २० बर्षीय अनिल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार अन्दाजी ३:४५ बजेको समयमा त्रि.न.पा–६ पटेर्वा स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीको गस्ति टोलिले पैदल हिड्दै आईरेहेका उनिहरुमाथि शंकालागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि फेला परेको हो । प्रहरीले बिष्णुको साथबाट एपिडोल ८० ट्याब्लेट,स्पासपेन १०० ट्याव्लेट, अनिलको साथबाट एपिडोल ६९ ट्याब्लेट , स्पासपेन ५० ट्याव्लेट गरी जम्मा एपिडोल १४९ ट्याब्लेट र स्पासपेन – १५० ट्याब्लेट बरामद गरेसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी...
पैसा र पावरको भरमा अपराधी  छाडिन्न : एसपी थापा

पैसा र पावरको भरमा अपराधी छाडिन्न : एसपी थापा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १६ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले जिल्लामा अपराध न्युनिकरणका लागि सहयोगको आह्वान गरेका छन् । भर्खरै उदयपुरको जिम्मेवारी लिएर आएका थापाले अपराध गर्ने कुनै पनि व्यक्तिलाई नछाड्ने जनाए । "म र मेरो युनिटको काम अपराध नियन्त्रण गर्ने हो, धन र पदको आडमा कुनै पनि अपराध गर्ने ब्यक्तिलाई छाड्दिन" एसपी थापाले भने, । उनले प्रहरीले अपराध र अपराधिलाई बढवा दिन नहुने जनाए । उदयपुरमा घट्ने आपराधिक घटनाहरुको गहिरो बिश्लेषण गरिरहेका थापाले लागुऔषाध लगायतका घटनाहरु ब्यापक रहेको जनाए । थापाले लागुऔषधलाई कडाई गरिएको जनाए । उनले लागुऔषध कारोवारीलाई कडा कार्वाही र प्रयोगकर्ताहरुलाई कार्वाही तथा काउन्सेलिङसमेत गरिने जनाए । आफु उदयपुर रहुन्जेल आपराधिक घटनामा संग्लन कोही पनि ब्यक्तिलाई शक्तिको भरमा नछाड्ने जनाए ।...
भारतसँग २३ रनले पराजित हुँदै बाहिरियो नेपाल

भारतसँग २३ रनले पराजित हुँदै बाहिरियो नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १६ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनको पराजित भएको छ । मंगलबार बिहान भएको खेलमा भारतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए । बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतको लागी ओपनर यशस्वी जैसवालले शानदार ब्याटिङ गरे । जैसवालले ४९ बलमा शतक प्रहार गरेका थिए । दीपेन्द्रको बलमा अविनाष बोहराबाट क्याच आउट हुनु भन्दा अघि जैसवालले ८ चौका र ७ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । ओपनर जैसवाल र रुतराज गाइ...