Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

नदीले बगाएर १ जना बेपत्ता

नदीले बगाएर १ जना बेपत्ता

समाचार
तेह्रथुम, कात्तिक १ गते ।  तेह्रथुमको फेदापमा तमोर नदिले बगाएर एक जना बेपत्ता बनाएको छ । फेदाप गाउँपालिका–१ माझिगाउँ निबासी ६४ वर्षीय विरबहादुर माझीलाई विहिबार नदिले बेपत्ता बनाएको हो । दिउँसो २ बजे नदिबाट बाँस निकाल्ने क्रममा एक्कासी नदिले माझिलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता बनाएको माझीको प्रहरी चौकी पोक्लाबुङ्बाट खटेको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
कांग्रेसको चादण्डीगढी समायोजन

कांग्रेसको चादण्डीगढी समायोजन

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक १ गते ।  राज्यको पुनःसंरचना पश्चात विभाजित नेपाली कांग्रेसको स्थानीय तहको समायोजन कार्यक्रम धमाधम भइरहेको छ । पार्टीको केन्द्रीय निति तथा निर्देशन अनुसार चौदण्डीगढी नगर समिति मंगलबार समायोजन भएको हो । पार्टी कार्यालयमा भएको कार्यक्रममा   राजेन्द्र पौडेलको सभापतित्वमा ६१ सदस्य चयन गरिएको छ । पुरानो संरचना अनुसारका गाउँ पार्टी समितिलाई नगर समितिमा गाभेर एकैठाउँमा ल्याएपछि समायोजन गरिएको हो । चौदण्डीगढीको हकमा बेल्टार बसाहा नपा, हडिया, सिद्धिपुर, चौदण्डी, सुन्दरपुरका गाउँ समितिका सभापतिहरु मध्ये स्थानीय तहको केन्द्रलाई नै सभापतिमा मनोनयन गर्ने निर्देशिका अनुसार यस अघिका सभापति पौडेललाई नै पुनः सभापतिमा चयन गरिएको हो । गाउँ समितिका सभापतिहरु सबैलाई उप सभापति र सचिवहरुलाई यथावत सचिव पदमै पदास्थापन गरिएको छ । कार्यक्रममा जिल्ला सभापति विदुर बस्नेत, सचि...
बलात्कार गरेको आरोपमा ७ जना पक्राउ

बलात्कार गरेको आरोपमा ७ जना पक्राउ

समाचार
कात्तिक १ गते ।  सुर्खेतमा एक बालिका बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–३ निबासी २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, ४ नम्बर वडाका २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ निबासी २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आईतबार पीडित बालिकाले प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।...
राजनीति प्रभावले एल क्लासिको खेल स्थगित

राजनीति प्रभावले एल क्लासिको खेल स्थगित

खेलकुद, समाचार
कात्तिक १ गते ।  आगामी अक्टोबर २६ मा हुन लागेको एल क्लासिको खेल स्थगित भएको छ । क्याटलोनियामा राजनीतिक अस्थिरताको समस्या देखाउँदै बार्सिलोना र रियल मड्रिडबीचको खेल स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो । महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले यो प्रस्ताव अस्वीकार गरेपछि महासंघले खेल स्थगित गरेको हो । खेल डिसेम्बर १८ तारिखमा  गर्न प्रस्ताव गरिएको छ । स्पेनिस ला लिगामा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याइरहेको छ ।...
सामान्य विवादमा युवकको विभत्स हत्या

सामान्य विवादमा युवकको विभत्स हत्या

समाचार
कात्तिक १ गते । सिन्धुपाल्चोकमा सामान्य विवाद हुदा एक युवाको विभत्स हत्या भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गतराति विजय गोलेको विभत्स हत्या भएको प्रहरीले जनाएको हो । हत्यामा संलग्न उक्त गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र  २४ वर्षीय बमबहादुर स्याङबो फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बिहीबार दिउँसो सामान्य विवाद हुदाँ गोलेको हत्या भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ  भने घटनाको अनुसन्धान भइरहेको जिप्रकाले जनाएको  छ ।...
भूत्यहा दह प्रचारका लागि व्याड्मिन्टन् प्रतियोगिता

भूत्यहा दह प्रचारका लागि व्याड्मिन्टन् प्रतियोगिता

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ३० गते ।         पर्यटकको मन तान्दै लगेको बेलका नगरपालिका–५ खयरवनी स्थित भूत्याहा दहको प्रचारप्रसारका लागि व्याड्मिन्टन प्रयोगिताको आयोजना गरिएको छ । दशैंतिहारसमेतको अवसर पारेर असोज १६ गतेदेखि व्याड्मिन्टन् प्रतियोगिता सुरु गरिएको हो । भूत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिको अयाोजना तथा बेलका नगरपालिका खेलकुद विकास समतिको आर्थिक आयोजनामा सञ्चालन भएको प्रतियोगिता राईजिङ र खुल्ला गरी दुई इभेन्टमा खेलाईएको छ । प्रतियोगितामा विभिन्न ठाउँका ६० जोडी भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ । बेलका, चौदण्डी, त्रियुगा, फत्तेपुर लगायतका खेलाडीहरुको सहभागिता छ । खेलाडीहरुलाई भूत्याहा दह चिनारी लेखिएको भेष्ट वितरण गरिएको छ । प्रतियोगिता सुरु भएको दुईदिनसम्म राइजिङतर्फको पहिलोचरणको खेल सञ्चालन भई बाँकी खेल स्थगित गरी दशैंपछि कात्र्तिक १ र २ गते सञ्चालन गर्ने आयोजकले ...
पर्यटकको मन खिच्दै बेलकाको ‘भूत्याहा दह’

पर्यटकको मन खिच्दै बेलकाको ‘भूत्याहा दह’

समाचार
पूर्णपुष्टि, असोज ३० गते । उदयपुरको बेलका नगरपालिका ५ खयरबनी स्थित भूत्याहा दहले पर्यटकको मन खिच्दै लगेको छ । मदन भण्डारी राजमार्गदेखि करिब डेड÷दुई किलोमिटरको दुरीमा रहेको भूत्याहा दहको केही समययता प्रचारप्रसार सुरु भएसंगै त्यहाँ जाने पर्यटकहरु बढ्न थालेको भूत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिका अध्यक्ष तारा मगरले बताउनुभयो । अध्यक्ष मगरका अनुसार भूत्याहा दह अहिले निकै प्रचारमा आएको छ र धेरैको चाँसो बढेको छ । मानिसहरुको आवत जावात धेरै हुन थालेको छ । भूत्यहाँ दह अत्यन्तै आनन्दको स्थान रहेकाले जो कोही आकर्षित हुने अध्यक्ष मगरले बताए । जाँदाजाँदै सितलता र त्यहाँको स्वच्छ, मनोरम प्राकृतक वातरवरणे मन आनन्दित हुने गर्छ । त्यहाँ कन्चन र हरियो देखिने स्वच्छ पानी छ । सफा छ । पौडी खेल्ने एरिया ठूलो छ । दह गहिरो भएकाले पौडी खेल्नेका लागि उपयुक्त छ । माथिबाट हामफाल्ने नुहाउने, पौडिन गरेर मन...
शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिना विषय

शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिना विषय

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १ गते । शक्तिको आडमा हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएको छ । प्रभावशाली व्यक्तिको आडमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् । जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको जानकारहरु बताउँछन् । त्यसैले पछिल्लो समयमा आएर केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय गुपचुप बन्दै गएको पाइएको हो । बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा  छापिएको छ ।...
साहारा कृषि सहकारी संस्थाको साधारण सभा तथा अधिवेशन

साहारा कृषि सहकारी संस्थाको साधारण सभा तथा अधिवेशन

समाचार
बहेडुवा/असोज, २९ त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित साहारा कृषि संस्थाले आफ्नो सातौ बार्षिक साधारण सभा सँगै तेस्रो अधिवेशन बिहिवार गरेको छ । विगत लामो समय देखि संञ्चालन हुदै आएका यस संस्थाले आर्थिक बर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित साधारण सभा र अधिवेशन गरेको हो । ४० जना सियर सदस्यहरु बाट गन्तव्य बढाएको यस संस्थाले अहिले कुल ३३० जना सियर सदस्यहरु बनाई सकेको छ । संस्थाले कृषकहरुलाई एकजुट गराउनुका साथै बचत गर्ने बानिको विकासमा योगदान पुराएको साहरा कृषक समूहका अध्यक्ष सिताराम चौधरीले बताए । उनले संस्थामा आबद्ध भएका सदस्यहरुले कृषि क्षेत्रहरुमा थुप्रै सेवा सुविधाहरु लिन सकिरहेको बताए । संस्थाले सियर सदस्यहरुलाई सुलभ रुपमा त्रृण लगानी, तरकारी खेतीमा तालिम, बिउबिजनमा सहयोग, कृषकहरुलाई नयाँ प्रविधिको व्यवस्था , कृषकहरुको लागि नगरपालिका, कृषि र बित्तिय संस्थाहर...
आमाछोरीको हत्यारा प्रहरीले पत्ता लगायो, प्रेम असफल भएपछि हत्या गरेको बयान

आमाछोरीको हत्यारा प्रहरीले पत्ता लगायो, प्रेम असफल भएपछि हत्या गरेको बयान

समाचार
उदयपुर, असोज ३० गते ।        एक जघन्य अपराधमा अनुसन्धानको ६ दिनमै अपराधी पत्ता लगाउन उदयपुर प्रहरी सफल भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका दुई आमाछोरीको हत्यारा पत्ता लगाई विहिबार प्रहरीले सार्बजनिकसमेत गरेको छ । प्रहरीले सिरहाको लहान नगरपालिका–८ घर भई हाल त्रियुगा नगरपालिका ३ मोतिगडामा डेरागरी बस्ने ४० वर्षिय रामहरी साहले आमाछोरी हत्या गरेको पत्ता लगाई सार्बजनिक गरेको हो । घटना घटेको ६ घण्टाभित्रै पक्राउ परेका साहमाथि विशेष अनुसन्धान पछि हत्यारा भएको ठहरका साथ सार्बजनिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । विभिन्न अनुसन्धान पछि साहले आप्mनो अपराध स्विकार गर्दै सुरुमा सलले घाँटीमा बेरेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बयान दिएको एसपी मगरले बताउनुभयो । मृतक महिलासंग गहिरो प्रेम सम्बन्ध रहेको तर विहे गर्न अस्विकार गरेपछि हत्या गरेको बयान...