Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

साढे १७ करोडको चिनियाँ ओखर आयात

साढे १७ करोडको चिनियाँ ओखर आयात

आर्थिक, समाचार
असोज ३० गते ।  नेपालीहरुको एक महान चाड तिहारमा बढी ओखर खपत हुने गर्दछ । चीनबाट १७ करोड ६३ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि अहिलेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो । यस अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । आयात भएको ओखरमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ । २ लाख ६ हजार ३ सय ३२ केजी ओखर नछोडाएको नै आयात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको कार्यालयले जनाएको छ ।...
नेपाल पर्यटक भित्र्याउन एसियामै पहिलो

नेपाल पर्यटक भित्र्याउन एसियामै पहिलो

पर्यटन, समाचार
असोज ३० गते । नेपाल पर्यटक भित्र्याउने वृद्धिदरमा एसिया प्रशान्त क्षेत्रकै पहिलो स्थानमा परेको एक तथ्याङ्कले देखाएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कमा नेपाल एसिया प्रशान्त क्षेत्रकै पहिलो देखाएको हो । सन् २०१८ मा पाटाको तथ्याङ्क अनुसार पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको देखिएको छ । तथ्याङ्क अनुसार यस वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । पहिलो स्थानमा रहेको नेपालपछि टर्कीको २१.८ प्रतिशतको वृद्धिदर रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानमा रहेको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा रहेकोे दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर रहेको तथ्याङ्कले देखाएको छ । उक्त क्षेत्रमा सन् २०१८ मा पाटाले ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरे...
स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने

स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने

लिम्चुङबुङ डायरी, समाचार
असोज ३० गते । सामुदायिक विद्यालयमा स्थानीय तहले शिक्षक नियुक्त गर्ने अधिकार नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उक्त कुरा उल्लेख गर्दै मन्त्रालयले देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न सवै नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो । मन्त्रालयको यस्तो ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन् । पर्साका जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले निर्देशन दिएको थियो । आयोगले दिएको सुझावका आधारमा पत्राचार गरिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिएका छन् । कुनै पनि विद्या...
रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन प्रदान

रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन प्रदान

समाचार
उदयपुर, असोज २९ गते । रौतामाई गाउँपालिकाका ७ मुर्कुचीका समाजसेवी तथा बुद्धिजिवि अमरबहादुर रायमाझीले स्वास्थ्य चौकी मुर्कुचीलाई एकथान अक्सिजन मेसिन बुधबार प्रदान गर्नुभएको छ । स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा रायमाझी परिवारका सदस्यहरुका साथ उपस्थित भई उहाँले अक्सिजन मेसिन प्रदान गर्नुभएको हो । रौतामाई गाउँपालिकाको प्रमुख सल्लाहकारसमेत रहनु भएका रायमाझीले गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका अध्यक्ष खड्काले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ७ नं. वडाध्यक्ष उत्तरकुमार मगरलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त मेसिनको बजार मूल्य एकलाख बढि रहेको जनाइएको छ । उक्त मेसिन दमका रोगी बृद्धबृद्धाका लागि अति उपयुक्त हो भने स्वास्थ्य चौकीमा अतिआवश्यक रहेको थियो । प्रमुख सल्लाहकार एवम् समाजसेवी रायमाझीको स्व. आमा सावित्रा रायमाझी दमको रोगी ह...
ब्राउन सुगरसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
झापा, असोज २९ गते । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको अर्जुनधारा नगरपालिका–६ निबासी १५ वर्षीय दिपेश विक, १६ वर्षीय पदम राई १७ वर्षीय सुजन भुजेल र भारत बतासे निबासी २१ वर्षीय सुभशंकर दासलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट बट्टा भित्र लुकाई छिपाई ल्याउँदै गरेको एक ग्राम ५ सस मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहारीले जनाएको छ । लागु औषध ब्राउन सुगरसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
१५ जना तासे पक्राउ

१५ जना तासे पक्राउ

समाचार
मोरङ, असोज २९ गते ।  मोरङको सुन्दरहरैचाबाट तास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट मंगलबार साँझ ६ बजे पक्राउ गरेको हुन् । स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले तास खालबाट ९७ हजार नौ सय नगद सहित पक्राउ गररेको प्रहरीले जनाएको छ । सुन्दरहरैचा–७ निबासी टेकबहादुर विक, भुपाल पौडेल, रेवत रायमाझी, कुलप्रसाद लुईटेल, हिरण्यप्रसाद कोईराला, हिरा भट्टराई, प्रतिपकुमार शाह, विनोद चौधरी, उमेशबहादुर थापा मागर, सुन्दरहरैचा–९ निबासी सजाद मिया, सुन्दरहरैचा–११ निबासी जयप्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत, र मधुकुमार घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत कानूनी कारवाही प्रकृया अगाडी बडाएको ईप्रकाले जनाएको छ ।...
पोखरीमा डुबेर १ बालिकाको मृत्यु

पोखरीमा डुबेर १ बालिकाको मृत्यु

समाचार
सुनसरी, असोज २९ गते । सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दुहवी नगपालिका–१२ भोटेपुल निबासी लखन उरावको छोरी १५ वर्षीय छोरी अम्बी उरावको मृत्यु भएको हो । घर नजिकैको माछा पोखरीमा मंगलबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुले अम्बी पोखरीमा डुबेको देखेपछि आफन्तलाई खबर गरी तत्काल उद्धार गरेर उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेपनि उपचारको क्रममा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, असोज २९ गते ।  उदयपुरको कालि खोलामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–७ को कालि खोलामा मंगलबार बेलुकी मोटरसाईकल दुर्घटना हुदा दिपेन्द्र राना मगरको मृत्यु भएको हो भने पछाडी सवार शुशिल थापा घाईते भएका हुन् । मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ५ प ९५३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बेलुकी ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका त्रिनपा–५ देउरी निबासी २५ वर्षीय मगरको विराटनगरको न्यूरो अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाईकलमा पछाडी सवार २२ वर्षीय थापाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...

दुर्घटनामा घाइतेको मृत्यु

समाचार
उदयपुर, असोज २९ गते । मोटरसाईकल दुर्घटनामा घाईते भएका उदयपुरका एक युवाको मृत्यु भएको छ  । दुर्घटनामा गम्भिर घाइते भएका त्रियुगा नगरपालिका–५ देउरी का २५ बर्षिय दिपेन्द्र रानामगरको उदयपुरको क्रममा मंगलबार राती मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरका अनुसार मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाटतर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक त्रियुगा नगरपालिका ७ कालीखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार सोही ठाउँका २२ बर्षीय शुशिल थापा बिराटनगरको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । तिव्रगतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...

बलात्कारको आरोपमा युवा पक्राउ

समाचार
उदयपुर, असोज २९ गते । एक बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवा मंगलबार पक्राउ परेका छन् । असोज २५ गते राती विभिन्न प्रलोभनमा पारी १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका ८ का २७ बर्षीय सत्य सदालाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आमाले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा फरार रहेका सदालाई पक्राउ गरिएको एसपी विरबहादुर बुढामगरले जानकारी दिनुभयो । पक्राउ परेका सदालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।  ...