सांसद राईको दशै जनतासंगै
उदयपुर, असोज २९ गते ।
उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)ले यसवर्षको दशै जनताहरुका साथ मनाउनु भएको छ । उहाँले असोज १२ गते घटनास्थापनाको दिन उदयपुर–काठमाडौं सम्पर्क मञ्चसंग शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरी दशैंभर नै आप्mनो निर्वाचन क्षेत्रका जनताहरुका साथ दशैं मनाएको उहाँको सचिवालयले जनाएको छ ।
१५ गते कटारीमा संघीय, प्रदेश र नगरका जनप्रतिनिधिहरुसंग संयुक्त चियापान तथा शुभकामना आदानप्रदान गर्नुभएको सांसद राईले १६ गते कटारी गाउँपालिकाको तिम्नाई, चोखाल, कालिखोला, बेलसोत, गराँस, खोक्सा, ताराघारी, खैरेनी लगायतकाजनतासंग भेटघाट तगा शुभकामना आदान प्रदान गर्नुभएको थियो । कटारीकै वकपति, गैया, रामदुवाली, सोमबारेका जनतासंग पनि भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
१८ गते उदयपुरगढी गाउँपालिकाको को तावाश्री, कुरकुरनटार, जुरुवामा जनतासंगको भेटघाट तथा शुभकामना आदानप्रदान...








