Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

घाँटी रेटेको अवस्थामा आमाछोरी मृतफेला

घाँटी रेटेको अवस्थामा आमाछोरी मृतफेला

समाचार
उदयपुर, असोज २५ गते । उदयपुरमा घाँटी रेटिएको अवस्थामा आमाछोरी मृत भेटिएका छन् । त्रियुगा नगरपालिका ९ राजाबास चौकीबारीकी ३० वर्षिया सारदाकुमारी चौधरी र उनको छोरी ९ वर्षिया रचना चौधरी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । घरभित्रको भर्याङ्मुनी आमाछोरीको शब रहेको उनले बताए । प्रहरीले गएराती आमाछोरीको हत्या भएको आशंका गरेको छ ।  घटनाको अनुसन्धानका लागि धरानबाट कुकुरसहितको अपराध अनुसन्धान टोली झिकाएर अनुसन्धान थालिएको एसपी मगरले बताए । विहान अबेरसम्म घरमा चालचुल नसुनेपछि छिमेकीले हेर्न जाँदा मृत देखेर प्रहरीलाई खबर गरेको थियो । खबर लगत्तै पुगेको प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखेको छ । मृतकको श्रीमान् सिताराम चौधरी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका छन् । उनको जेठी छोरी भावना चौधरी भने मावली गएकी थिइन् । घटनास्थलको भिडियो लिंक : http...
अमरत्वको सम्मान, असल कामको प्रशंसा गर्दै प्रहरी दिवस मनाइयो

अमरत्वको सम्मान, असल कामको प्रशंसा गर्दै प्रहरी दिवस मनाइयो

समाचार
उदयपुर, असोज २४ । अमर प्रहरीहरुको स्मरण र असल तथा प्रशंसनीय काम गरेकालाई सम्मान गर्दै ६४ औं प्रहरी दिवस उदयपुरमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी अमर प्रहरीको स्मरण गर्दै असल र प्रसंशनीय काम गरेका प्रहरीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो । दिवसको अवसरमा एसपी मगरको संवोधनको भिडियो लिंक https://www.facebook.com/Purnapusti420730/videos/732598143873779/ कार्यक्रममा काम र कर्तब्य पुरा गर्नेे सिलसिलामा उदयपुरमा अमरत्न प्राप्त गर्ने .प्रहरी सहयाक निरिक्षक स्वर्गिय पूर्णबहादुर गिरी, प्रहरी हवल्दारहरु स्व. गणेश पौडेल र गोरशबहादुर राई, प्रहरी जवानहरु स्व. राधाकृष्ण राई, स्व. राजन दाहाल, स्व. भक्तबहादुर वि.क. र उमेश ढकाल को स्मृति गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का लगायत उपस्थित सुरक्षाप्रमुख, राजनीतिक द...
मेयर/अध्यक्षका दशैं

मेयर/अध्यक्षका दशैं

समाचार
उदयपुर, असोज २१ गते सबैको घरघरमा दशैँ भित्रिनुका साथै आजको साडे १० बजेदेखिको साईतबाट टिका ग्रहण खुलेको छ । बर्ष दिनको यस पर्वलाई हासि खुसी र उमंगका साथ मनाई राखिएको छ । उदयपुरको स्थानीय सरकारका प्रमुखहरुले पनि यस पर्वलाई विशेषरुपमा मनाइरहेका छन् । पूर्णपुष्टिसंग आज सम्पर्क हुन सकेका स्थानीय सरकार प्रमुखहरु अधिकांशले पारिवारिक भेटघाट, इष्टमित्रसंगको जमघटका साथ दशैं मनाउने, टिका ग्रहण गर्ने बताएका छन् । कसले कसरी मनाउदै छन् त ? पूर्णपुष्टिको छोटो रिपोर्ट : स्थानीय तह : कटारी नगरपालिका, मेयर : ज्ञानेन्द्र श्रेष्ठ आज टिकाको साईट (विहान १०ः३५) मै आमा नानीमैया श्रेष्ठको हातबाट टिका ग्रहण गरेका कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पारिवारिक भेटघाटका साथ दशैं मनाइरहेका छन् । मेयर श्रेष्ठले दशैंको अवसरमा नगरबासी तथा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना ब्यक्त गर...
भोट गर्दिन विनोदको अपिल

भोट गर्दिन विनोदको अपिल

मनोरञ्जन
गाईघाट/असोज, २० आइ. एम. ई. . नेपाल लोक स्टार  सिजन 1 को टप 5 मा पर्न सफल उदयपुरका विनोद दनुवारले सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको छ । सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आइपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगाएत सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको हो । देश विदेशमा रहेका नेपाली दर्शकहरुको माया र जर्जहरुको राम्रो मुल्याङकनले गर्दा आफु टप 5 मा पर्न सफल भएको दनुवारले बताए । अब आईएमइ नेपाल लोक स्टार बिजेताको लागि अझै धरै दर्शकहरुको साथ माया र जर्जहरुको राम्रो मुल्याङकनको आशा गरेको उनले बताए ।  दनुवारले सबैको साथ सहयोग भएमा आइ. एम. ई. नेपाल लोकस्टार बनेर उदयपुरको शान राख्दै नेपाली लोक गित संगितको सधैव संरक्षण गर्ने बताए । लोप हुदै गईरहेको नेपाली लोक संगितलाई युवा पुस्ताले संरक्षण गर्नु पर्ने भन्दै यसको सधै संरक्षण संबद्र्धनको लागि आफु लागि पर्ने उ...
दशैँमा बत्ति बलेपछि वडावासी उत्साहित

दशैँमा बत्ति बलेपछि वडावासी उत्साहित

Breaking News 1, समाचार
उदयपुर/असोज, २० दशैँमा बत्ति बलेपछि उदयपुरगढी गाउँपालिका वडा नं ७ का वडावासीहरु खुसि भएका छन् । बत्ति बलेर उत्साहित बनेका वाडवासीहरुले विकास र जनप्रतिनिधिहरुको महसुस भएको बताए । शनिबार १ नं प्रदेश साम्सद नारायण बुर्जामगरले बत्ति बालेर बत्तिको उद्घाटन गरेको गर्यो । १३ बर्ष अगाडी नै बत्ति बाल्ने प्रयासमा रहेको भएपनि बिभिन्न कारण बत्ति बाल्न नसकेको स्थानीयहरुले बताए । १ नं प्रदेशका साम्सद नारायण बुर्जा मगरको पहलमा १ करोड २० लाखको योजना परेपछि मैनाटार कोल्टे विद्युत विस्तार समितिले काम सुरु गरेको थियो । आकाश गंगा सामुदियिक बन उपोभोक्ता समितिले तार र राष्ट्रिय बिद्युत प्रधिकरण प्रशारणले पोलको व्यवस्था गरेपछि बाँकी सामानहरु सबै स्थानीयहरु कै लगानीमा बत्ति बाल्न सफल भएको समितिको सचिव मेघ बहादुर कार्कीले बताए ।स्थानीयहरुले यो बर्षदेखिको चाँडबाड झिलिमिलि हुने बताए । साथै बत्तिबाट बिभिन्न प...
रानिटार–वालङ्खा सडक कष्टपूर्ण

रानिटार–वालङ्खा सडक कष्टपूर्ण

समाचार
भोजपुर, असोज १७ गते । वर्षाले सडक क्षती पु¥याएपछि भोजपुरको वालङ्खा–रानीटार सडक खण्डको यात्रा कष्टपूर्ण बनेको छ । दशैँको मुखमा परेको वर्षातले सडकमा क्षती पु¥याउदा सवारी आवागमन कष्टपूर्ण बनेको हो । उदयपुरको चौदण्डिगढी हुदै रानिटारबाट भोजपुर प्रवेश गर्ने उक्त सडक वर्षाले क्षती गरेपछि आमचोक गाउँपालिका र उक्त पालिका हुदै हतुवागढी, जिल्ला सदरमुकामसम्म यात्रा गर्न कठिन बनेको हो । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार पालिकाले सडक मर्मत कार्य गरिरहे पनि निरन्तर परेको वर्षाले पुन सडक भत्काउने गरेपछि मर्मत कार्यमासमेत कठिनाई भईरहेको छ । “विहान सडक मर्मत ग¥यो बेलुका भत्किहाल्छ ।” अध्यक्ष राईले भने “तल सडक मर्मत गरेर अवरोध हटायो माथिबाट खसिहाल्छ ।” सडकको यस्तो समस्याले दशैँ, तिहार मनाउन जिल्ला भित्रिने यात्रुहरुलाई कष्टपूर्ण यात्रा बनेको छ । करिब २५ किलोमिटर लामो रानिटार–वालङ्खा सडक मर्मत...
छुरा प्रहारबाट १ जना घाईते

छुरा प्रहारबाट १ जना घाईते

समाचार
मोरङ/असोज १६ गते ।  मोरङको विराटनगरमा छुरा प्रहारबाट एक जना घाईते भएको छ । विराटनगर महानगरपालिका–१० सोमबारेमा  दिउँसो १२ बजे वादविवाद हुदा मेघनाथ मण्डलले माया मण्डललाई छुरा प्रहार गरी घाईते बनाएको हो । सिटि चार्जरको विषयमा बावविवाद हुदा स्थानीय पुर्णिमा मण्डल र उनको छोरा २० वर्षीय मेघनाथले ३४ बर्षिय मायालाई सब्जी काट्ने छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते मायाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा/ असोज १६ गते । झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–५ संगम टोल निबासी चिन्टु माझीको मृत्यु भएको हो । मंगलबार राती १० बजे घर अगाडीको नालिमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी चिप्लिएर पानीमा लड्दा करेन्ट लागेर ४० बर्षीय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएको माझिको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
धनकुटा /असोज १६ गते । धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको मृत्यु भएको हो । गढिगाउँको भित्री सडक खण्डमा तमोर नदीबाट बालुवा बोकी मुढेतर्फ जाँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर  मंगलवार राती ८ बजे लडेर घाईते भएका तामाङको धरानको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा  राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
दिवसमा बेलका नगरपालका सम्मानित

दिवसमा बेलका नगरपालका सम्मानित

समाचार
असोज १६ गते । अन्तराष्ट्रिय पशु पन्छि दिवस र पशु सेवा विभाग स्थापना दिवसको अवसरमा उदयपुरको बेलका नगरपालिका सम्मानीत भएको छ । पशु पन्छिको विकासका क्षेत्रमा उल्लेखनिय काम गरेको मुल्याङ्कन गर्दै कृषि मन्त्रालय पशु सेवा विभागले सम्मान गरेको हो । पशु शेवा बिभागका माहानिर्देशक डा. बन्सी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशु पन्छी मन्त्रालयका सचिब युबकधोज जिसिले सम्मान पत्रका साथ सम्मान गरेको थियो । बेलकामा बन्दै गरेको बोका बाख्रा सन्कलन केन्द्र, ४० वटा पशु पन्छी फर्म अनुदानमा स्थापना भएको, ६ वटा मासु पसल स्थापना, घासको बिउमा नौ सय पाँच आत्मनिर्भर भएको, गाई र भैसिमा कृतिम गर्भाधान कार्यक्रम सन्चालन गरेको, सिकाई केन्द्र स्थापना गरेको, पशु स्वास्थ सिबिर सन्चालन गरेको, आफ्नै श्रोत बाट पशु चिकित्सक ब्यबस्थापन गरेको, दुईवटा बाख्राको श्रोत केन्द्र स्थापनाको तयारी गरेको लगाएतका कामहरु ...