“मिलन स्मारिका” लोकार्पण
उदयपुर, असोज १५ गते ।
कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ ।
केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए ।
जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ ।
मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि ब...








