Tuesday, August 25News That Matters

Author: पूर्णपुष्टि खबर

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाई सुरु

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाई सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ८ । सर्वोच्च अदालतमा नेकपा एमालेले कोशी प्रदेश सरकार विरुद्ध दिएको रिटको सुनुवाई सुरु भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ सुरु भएको हो । कोशी सरकारमा असंवैधानिक रुपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च असार २२ गते रिट निवेदन दर्ता गराएका थिए । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् चार दलको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । सभामुखको हस्ताक्षर प्रयोग ग...
एक हप्ता सम्म रोएर विश्व किर्तिमान बनाउने प्रयास, तर असफल

एक हप्ता सम्म रोएर विश्व किर्तिमान बनाउने प्रयास, तर असफल

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । विश्वमा मानिसहरुले यस्ता यस्ता किर्तिमान कायम गरेका छन् कि हामिलाई पत्याउन गाह्रो हुने गर्छ । त्यस्तै, मानिसहरु चर्चामा आउन जे पनि गर्न तयार हुन्छन् । अझ गिनिज बुकमा नाम लेखाउन त मानिसहरुले आफ्नो ज्यानको बाजी समेत लगाउने गर्छन् । यस्तै, एक घटना नाईजेरियामा घटेको छ । एक नाईजेरियाली युवकले एक हप्ता सम्म रोएर विश्व किर्तिमान बनाउने प्रयास गरेका छन् । नाईजेरियाका टेम्बू एबेरेले सबैभन्दा लामो समयसम्म आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरेतापनि यसको लागी आवेदन नदिएको कारण गिनिज वर्ल्ड रेकर्डको किताबमा उनको नाम दर्ता भएन् । सात दिन सम्म लगातार रोएको कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए । उनले स्थानिय मिडियामा बल्दै भनेका छन् ‘मैले आँस...
पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु, तिन घाईते

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु, तिन घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । बैतडीको पुर्चौडी नगरपालिका २ को भैरुवामा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । प्रहरी प्रमुख चौधरीका अनुसार घाईते हुनेमा मृतक अन्जुका ४५ बर्षीया सासुआमा राइमती, १७ बर्षीय देवर गोब्बर जागरी र पाहुन बस्न आएकी ६० बर्षीय छिमेकी जस्मा बोहरा रहेका छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् । मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले घर पुरिएको पुर्चौडी–२ का वडाध्यक्ष चक्रबहादुर बमले बताए । केही महिना अगाडी खनिएको उक्त सडकको माटो किनारमै रहेको र वर्षाले थुपरिएको माटोसहित सडक नै भासिएर पहिरो झरेको उनले बताए । मृत आमाछोराको शव पोष्टमर्टमका लागि अस्पताल पठ...
युरोपको बिभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख लिएर फरार

युरोपको बिभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख लिएर फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ असार । यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, माल्टा, पोर्चुगल, पाराग्वे, सर्बिया लगायतका देशमा रोजगारीका लागि पठाई दिने भन्दै २ करोड ५८ लाख भन्दा बढी ठगी गरेर गिरोह फरार भएको हो । बानेश्वरमा एक घर भाडामा लिएर कनेक्टियर बर्ड कन्सल्टेन्सी खोलेका अजित तामाङ, सागर कुमाल लगायतका व्यक्तिहरू फरार भएका हुन् । उनीहरूकै समूहकी कमलादेवी सुवेदी भने यतिबेला पुपक्र्षका लागि थुनामा छिन् । वैदेशिक रोजगार विभागको पत्रको आधारमा प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्रियता नदेखाएको पीडितहरूको गुनासो छ । पीडितहरूले उक्त कन्सल्टेन्सीले रोमानिया पठाई दिने भन्दै साढे ५ लाख रूपैयाँ मागेको थियो । त्यसमध्ये साढे तीन लाख रूपैयाँ उनीहरुले दिएका थिए । ...
ट्राफिक कार्यालय उदयपुरले १ करोड ८० लाख ९ हजार ७ सय ५० रुपैया राजश्व संकलन ग¥यो

ट्राफिक कार्यालय उदयपुरले १ करोड ८० लाख ९ हजार ७ सय ५० रुपैया राजश्व संकलन ग¥यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक बर्ष २०८०÷२०८१ मा एक करोड ८० लाख नौ हजार ७ सय ५० रुपैया राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष भन्दा २८ लाख बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक लोक बहादुर दियालीले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्ष २०७९÷२०८० मा १ करोड ५२ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । गत बर्षभन्दा चालु बर्षमा बढी सवारी कारवाहीमा परेको प्रमुख दियालीलले बताए । उहाँका अनुसार गत बर्ष २३ हजार ६ सय ५० वटा सवारीलाई कारवाही गरिएको थियो भने यसवर्ष २६ हजार चार सय ५० सवारीलाई कारवाहि गरिएको छ । ट्राफिक प्रहरी उदयपुरको सक्रियता बढे संगै गत बर्षको तुलनामा यस बर्ष सडक दुर्घटनामा पनि कमी आएको छ । गत बर्ष ३५७ वटा सवारी दुर्घटना भएको थियो भने यस वर्ष २४० वटा सवारी दुर्घटना भएको छ । दुर्घट...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने सत्य नारायण चौधरीको १८ बर्षीय छोरा आयुस चौधरी र सोही ठाउँ बस्ने बलिराम चौधरीको १९ बर्षीय छोरा दिपेश चौधरी रहेका छन् । शनिबार अन्दाजी ११ बजेको समयमा त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा खटिएको विशेष प्रहरी टोली र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनिहरुलाई लागुऔषध फेनार्गन–४१ एम्पुल, डाईजेपाम–४३ एम्पुल र ब्रुपिनोर्फिन–४४ एम्पुल गरि जम्मा १२८ एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुस...
चितवन राष्ट्रिय निकुञ्जमा एक बर्षको अवधिमा ११७ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक बर्षको अवधिमा ११७ वन्यजन्तुको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ११७ वटा वन्यजन्तुको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९÷२०८० मा मृत्यु भएको ११७ वटा वन्यजन्तुहरु मध्ये सबैभन्दा बढी ५५ वटा चित्तल रहेको निकुञ्जले जानकारी दिएको छ । ५५ वटा चित्तलमध्ये २८ वटाको प्राकिृतिक र २५ वटाको कुकुरको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्जका अनुसार दोस्रो बढी मृत्यु हुनेमा गैंडा रहेको छ । यसअवधिमा २२ वटा गैंडाको मृत्यु भएको छ । २२ वटा मध्ये १७ वटा गैँडाको प्राकृतिक मृत्यु हुँदा २ वटा विद्युतीय करेन्टबाट तथा जुधेर, चोरी सिकारी र बाढीले बगाएर १–१ वटाको मृत्यु भएको थियो । यसैगरी ३ वटा अर्ना, १ वटा चितुवा, २ वटा हात्ती, ३ वटा बाघ, ३ वटा गौरीगाई, ७ वटा जरायो, २ वटा बँदेल, २ वटा कछुवा, १ वटा लगुना, १ वटा धनेश, ९ वटा घडियाल गोही, २ वटा मगर गोही, २ वटा रतुवा, १ वटा दुम्सी र १ वटा स्यालको मृत्यु भएको छ ।...
सुन प्रकरण : अघि बढेन तैलने प्रकिृया

सुन प्रकरण : अघि बढेन तैलने प्रकिृया

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन तौलीने प्रकिृया अघि बढेको छैन । हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत नेपाल भित्रिएको सुन बुधबार राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याएको ‘सुन’ को तौल करिब ८० देखी १०० किलो रहको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले दाबी गरेका छन् । विभागले बरामद गरेको ८ पोका सुन तौलिन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाईसकेको छ । तर, विभागले पत्र नपठाउँदा राष्ट्र बैङ्कले सुन गाल्ने र यकिन परिमाण निकाल्ने काम रोकिएको छ । सुन गालेपछि मात्र सुनको परिणाम तौलिन मिल्ने र उक्त प्रकिृया अघि बढाउन राजश्व अनुसन्धान विभागले पत्राचार गर्नुपर्ने राष्ट्र बैङ्कको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले बताए । विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढ्छ ‘निर्देशक ...
बाली छोडेर फलफुलमा लागेकी मधुकुमारीलाई सडकको अभाव

बाली छोडेर फलफुलमा लागेकी मधुकुमारीलाई सडकको अभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ साउन । त्रियुगा नगरपालिका वडा नं १५ की गहते साल्थुम्कीकी मधुकुमारी राईले बाली लगाउन छाडेको झण्डै ५ बर्ष हुन लाग्यो । राईले अन्नवाली उत्पादन हुने ठाउँमा फलफुल र बोटविरुवा लगाएकी छिन् । साहसी र मेहनती राईले बाँझो र नाँगो बारीमा फल फुल र बोटविरुवाले हरावरा बनाएकी छिन् । बाँदर आतंक र काम गर्ने मान्छे नभएको झोकमा बाली छाडेर फलफुल तिर लागेकी राईलाई अहिले मुख्यगरी सडकको समस्या रहेको छ । बालीनाली लगाउन धेरै जन र कडा मेहनत चाहिने मधुकुमारी बताउँछीन् । तर फलफुलका लागि बाली जस्तो कडा मेहन गर्नु नपर्ने राईको बुझाई छ । एक छाक खान बाली नालीनै सबैथोक नरहेको उनि बताउँछीन । एक पटक कडा मेहनत गर्दा बर्षभरी खान नपुग्ने बालीले फलफुल उत्पादन गर्दा खानमा उत्ति असहज नहुने बताउँछनी । राईको परिवारले उत्पादित फलफुल बेचेरै खान लाउन जोहो गर्ने गरेको उनी बताउँछनीन । उनले सरकार तथा सम्बन्ध...
जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव महोत्तरीमा कुटिए

जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव महोत्तरीमा कुटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । महोत्तरीमा प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्देश्वर यादव कुटिएका छन् । कुटपिटबाट डिएसपी यादव घाइते भएको प्रहरीले जनाएको छ । शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाईते अवस्थामा फेला परेका डिएसपी यादवलाई उपचारको लागी अस्पताल पु¥याईएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको र हाल उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन। यस घटनाको छानबिन गर्न तिन सदस्य समिति गठन गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिले अनुसन्धान गरिरहेको छ । ‘अज्ञात व्यक्तिहरुले कुटपिट गरेको भन्ने आएको छ ‘प्रदेश प्रह...