Monday, June 1News That Matters

Author: पूर्णपुष्टि खबर

डेढ वर्षमा ३३ वटा विधेयक पारित

डेढ वर्षमा ३३ वटा विधेयक पारित

समाचार
साउन २३ गते । १  न. प्रदेशसभाबाट डेढ बर्षमा ३३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाबाट सरकार संचालनका लागि अति आवश्यक र महत्वपूर्ण मानिएका कानूनहरु पारित गरेको हो । अहिलेसम्म ३३ वटा विधेयक पारित भई कानूनको रुप लिई सेकेको छ । त्यस्तै ३ वटा प्रक्रियामा र ७ वटा विधेयक संसद सचिवालयमा दर्ता गरिएको छ । चारवटा संसद् अधिवेशन मध्ये सबै भन्दा बढी दोस्रो अधिवेशनबाट विधेयक पारित भएको प्रदेश संसाद सचिवालले जनाएको छ । प्रदेश संसदको पहिलो अधिवेशनमा ११ वटा र दोस्रो अधिवेशनमा १२ वटा विधेयक पारित भएको थियो । त्यस्तै तेस्रो अधिवेशनमा ६ विधेयक पारित भएको थियो । तेस्रो अधिवेशनमा एक नियमावली र विधेयक संशोधनसहित पारित भियो । प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक २०७५ र प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ पारित भएको थियो । विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण सम्बन्...
तार तान्दा करेन्ट लागेर एकको मृत्यु

तार तान्दा करेन्ट लागेर एकको मृत्यु

समाचार
झापा, साउन २३ गते । झापाको शरणार्थी शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ शरणार्थी शिविरमा बुधबार साँझ करेन्ट लागेर प्रकाश कार्कीको मृत्यु भएको हो । शरणार्थीको खाद्यन्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्किङ प्रालिले नेटको तार तान्ने क्रममा अचानक करेन्ट लागेर प्रालिको कर्मचारी २३ वर्षीय कार्की गम्भिर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारको दाम्दा अस्पताल दमक लगी उपचारको क्रममा सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
लागु औषध सहित दुई जना पक्राउ

लागु औषध सहित दुई जना पक्राउ

समाचार
उदयपुर, साउन २३ गते । उदयपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ को चुरे जंगलमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार दुई जना पक्राउ परेका हुन् । कदमाहाबाट जलजले तर्फ आउँदै गरेको स ९ प ८२५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार त्रिनपा–६ जलजले निबासी २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाको साथबाट २ सय ग्राम गाँजा लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न जग्गै घूस

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न जग्गै घूस

लिम्चुङबुङ डायरी, समाचार
साउन २३ गते । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन २० रोपनी भन्दा बढी जग्गा नै घुस लेनदेन भएको खुलेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गाउन २० रोपनी भन्दा बढी जग्गा लेनदेन भएको खुलेको हो । व्यक्तिको नाममा पुगेको सरकारी जग्गाको अनुसन्धान गरिरहेको अख्तियारले शंकास्पद जग्गाधनीहरुलाई  बयान लिइरहेको छ । तिनिहरु मध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य तथा नातेदार रहेको खुलेको छ । प्राप्त भएका सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीकाले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको छ ।...
इन्स्टाग्रामको तस्विरले साम्राज्ञी तनावमा

इन्स्टाग्रामको तस्विरले साम्राज्ञी तनावमा

मनोरञ्जन
नायिका साम्राज्ञीले बालीमा खिचेका केहि तस्विरहरु भाईरल भएपछि दर्शकको लागि वर्षीरहेका छन् । तस्विर भाईलसँगै नराम्रो प्रतिकृया आएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तनावमा परेकी छिन् । तरस्विर सार्वजनिक भएपछि आएका नराम्रो प्रतिकृयालाई लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै इन्स्टाग्राममा लेखिन् । त्यस कुराले दर्शकको हेर्ने नजर बदलिएको छ । चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएसँगै प्रशंसा भैरहेको छ । नायक पुष्प खड्काको पनि दर्शकले तारिफ गरिरहेका छन् । तर, साम्राज्ञीले भने दर्शकको गाली मात्रै सहनुपरेको छ । यो सव कुराले नायिका साम्राज्ञीको करिअरमा नै असर परेको विश्लेषण समेत गरेको छ । उनले सवै कुरा नियाली सकेपछि इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै ‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गरेकी छिन् । राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म ...
टोरोन्टो प्लेअफमा सन्दीपको टिम

टोरोन्टो प्लेअफमा सन्दीपको टिम

खेलकुद, समाचार
साउन २३ गते ।  टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेको टिम प्रवेश गरेको छ । क्यानाडामा जारी प्रतियोगिताको गतराति भएको खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पछि पार्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । १ सय ९० रनको लक्ष्यका साथ ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पारेको थियो । म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा हार ब्यहोरेको थियो । टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिएका थिए । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्िचएर एक विकेट हात पारे । टस हारेर ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ स...
सरकारी गाडीको दुरुपयोग बढ्दो

सरकारी गाडीको दुरुपयोग बढ्दो

बिचार
गएको शनिबार प्रहरीले एक प्रशंसनीय काम नै गर्यो । उसले छाडारुपले गुडिरहेको सरकारी गाडीलाई नियन्त्रणमा लियो । प्रशासन कार्यालयको पास नै नलिई आफुखुसी विदाका दिन प्रयोग गर्ने ९ वटा सवारी साधन प्रहरी नियन्त्रणमा पर्यो । यसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने कुनै पनि कर्मचारीलाई छुट छैन । यो कानून, नियम विपरित कार्य हो तर, नियमन निकायले यसको निगरानी र कडाई गर्न सकिरहेको छैन । उसले कडाई गर्न नसकेको प्रतिफल नै यसरी छाडारुपमा सरकारी सवारी साधनहरु विदाका दिन पनि आफुखुसी चलिरहेको ।  सरकारी निकाय जो आफैले नियमको खिलाफ चल्नु सामान्य कुरो हैन । त्यस्तालाई कडाइ गर्नु र दण्ड सजाय भोगाउनु पर्ने काम पनि नियमन निकायकै हो । तर, यस्ता काम भईरहेको छैन । उदयपुर जिल्लामा नयाँ सिडियोको आगमन, नयाँ सुरक्षा प्रमुखहरुको आगमन जस्ता कुराले पनि यो केही सक्रियता देखिएको वा देखाइएको हुनसक्छ । सुरुमा केही सक्रियता देखा...
लागू औषध दूब्र्यसन रोक्न, मनैदेखिको प्रतिबद्धताको खाँचो

लागू औषध दूब्र्यसन रोक्न, मनैदेखिको प्रतिबद्धताको खाँचो

बिचार
यतिबेला जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेकाहरु मध्ये अधिकांश लागू औषधमा संलग्न छन् । यसले उदयपुरमो लागूऔषध दूब्र्यसनको अवस्था जटिल बन्दै गईरहेको संकेत गर्दछ । यसमा बढिजसो किशोराअवस्था र युवाअवस्थाका छन् । सेवन गर्ने वा कारोवार गर्ने दुबै यिनै उमेर समुहका छन् । यसले समाजमा एकतिर विकृति, विसंगती, हिंसा बढाउदैछ भने अर्कोतिर भविष्यका राष्ट्र हाक्ने पुस्ता कतातिर लाग्दैछ भन्ने प्रश्न उठाएको छ । भविष्यका भरोसा युवाहरुले लागूऔषधमा जिन्दगी बेकार फाल्दैछन् । लागू औषधमा फसिसकेपछि उकास्न ज्यादै मुस्किलको कुरो हो । त्यसैले सकेसम्म युवाहरुलाई फस्नबाट जोगाउनु नै बेस् । यो बुभ्mनु जरुरी छ । खासगरी गलत साथीको संगतले दुब्र्यसनमा फस्ने गरेको पाईन्छ । साथीको लैलैमा लागेर रमाईलो गर्ने, अरुलाई तामझाम देखाउने वा अनावश्यकरुपले तनाव, झमेला व्यवस्थापनको नाममा लागू औषध सेवन गरिदिने र त्यसैमा गहिरो ...
फेसबुकमा फोटो कम गर्ने हो की, नेता तथा जनप्रतिनिधी ज्यूहरु

फेसबुकमा फोटो कम गर्ने हो की, नेता तथा जनप्रतिनिधी ज्यूहरु

बिचार
पहरा कान्छा बेलाबेलामै निकै रोचक प्रशंग चर्चा हुने गर्छ । “काम भन्दा प्रचार बढी”, “राहत भन्दा सेल्फी बढी” यस्तै यस्तै । हुन पनि कतिपय ठाउँमा अचाक्कलीरुपमा फेसबुके प्रचार अस्वभाविकरुपले भईरहेको पाईन्छ । यतिबेला “फेसबुके जनप्रतिनिधिहरु”को जो चर्चा छ । कहिले काँही चाहिदो र भएको भन्दा बढि नै पोष्ट गरेको भन्दै टिकाटिप्पणी हुने गरेको छ । भरखरै राहतकै सिलसिलामा सांसदबृत्तमा यो राम्रै चर्चा चल्यो । भिषण वर्षाले धनजनको क्षती पुर्यायो । उदयपुरको दुई पहाडी पालिकाहरु लिम्चुङबुङ र ताप्लीमा खाद्य्य संकट पर्यो । जनप्रतिनिधि र जनप्रतिनिधिको पहलमा ती पालिकाहरुमा प्रदेश सरकारले राहतस्वरुप खाद्यान्न उपलब्ध गरायो । खाद्यान्न सडक अवरुद्धका कारण हेलिबाट ढुवानी गर्ने प्रवन्ध पनि मिलाईयो । नेपाली सेनाको हेलीले राहत पालिकाहरुमा पुर्यायो तर, सरकारले छुट्याएको सबै राहत पुर्याउन भने सकेन । ढुवानी महंगो परेको भन...
सामान्य पानीले भत्कायो रेलवेको पर्खाल

सामान्य पानीले भत्कायो रेलवेको पर्खाल

समाचार
साउन २३ गते । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको निर्माणाधीन रेलवे परियोजनाको पर्खाल भत्किएको छ । निर्माणाधिन परियोजना अन्तर्गत विराटनगर कस्टम यार्डमा बनाइएको २ सय मिटर पर्खाल वर्षाले भत्किएको हो । विराटनगर बथनाह रेल्वेलाइन भारतीय इरकोण कम्पनीले निर्माण गरेको थियो । भारत सरकारको लगानी रहेको परियोजनामा ठेकदारको लाप्रवाहीले सामान्य वर्षाले पर्खाल भत्किएको छ । गत बैशखाको असिना पानीले नै एक सय ५० मिटर कस्टम यार्डको नाला भासिदा पर्खालमा क्षति पुगेको थियो । भासिएका नाला पूनर्निर्माण गरेपनि साउन पहिलो साता परेको पानीले कस्टम यार्डको उत्तरपटी ५० मिटर र दक्षिण पटी १ सय ५० मिटर पर्खाल भत्किएको हो । भारतको बथनाहदेखि नेपालको कटहरी गाउँपालिकासम्म रेल्वेलाइन निर्माण गर्ने इरकोण इन्टरनेशनल लिमिटेडले ठेक्का लिएको थियो । यस कम्पनीले नेपालका दुई ठाउँमा कस्टम यार्ड बनाउने जिम्मेवारी पाएको छ । ...