४६ औँ पुष्पलाल स्मृति दिवसमा बृक्षारोपन
पूर्णपुष्टि, ७ साउन ।
४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बृक्षारोपन गरिएको छ । एमाले त्रियुगा नगर कमिटी र युवा संघको आयोजनामा ७ नं वडा पुष्पबाटिका परिसरमा बृक्षारोपन गरिएको हो । कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार र महेश्वरी राई सहितको उपस्थितिमा बृक्षारोपन गरिएको हो । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराष्त गरौँ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने उदेश्य सहित हरेक बर्षको यहि दिन पुष्पलाल दिवस मनाईन्छ । बृक्षारोपन सँगै उपसभामुख दनुवारले पुष्पलालको बाटोमा हिड्न अनुरोध गरिन् । देश र जनता रक्षा गर्नुमा पुष्पलालको ठुलो भुमिका रहेको भन्दै यसको पालना सबैले गर्नु पर्ने उनले बताईन् ।...









