Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि खबर

भरतपुर महानगर : बेरुजु शून्य, राजस्व उच्च

भरतपुर महानगर : बेरुजु शून्य, राजस्व उच्च

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । चितवनको भरतपुर महानगरपालिकाले वित्तीय व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेको छ। लगातार तीन आर्थिक वर्षमा महानगरले बेरुजु शून्य बराबर राख्न सफल भएको छ। यो उपलब्धि ऐन नियमको कडा पालना, दबाबमुक्त कार्य वातावरण, र बेरुजु फर्स्यौटमा विशेष ध्यान दिएर हासिल गरिएको हो। महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार महानगरले आन्तरिक नियन्त्रण निर्देशिका तयार पारी निश्चित मापदण्डका आधारमा काम गर्दै आएको छ। यसले गैरकानुनी भुक्तानी र अनियमित कार्यहरूलाई रोक्न मद्दत गरेको छ। राजस्व संकलनमा पनि महानगरले उल्लेखनीय प्रगति गरेको छ। चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखिएको छ। यसका लागि सबै २९ वडालाई राजस्व संकलनको लक्ष्य तोकिएको छ र ठूला करदाताहरूसँग नियमित संवाद गरिँदैछ। महानगरले नवीन पहलका रूपमा वडाहरूलाई सूत्रका आधारमा बजेट विनियोजन गरेको छ। राजस...
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । झापामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. ३ धिमाल टोलका १९ वर्षीय मौषम राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आज दिउँसो २ बजे तिर स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर माछा मार्ने प्रयास गर्दा उनलाई करेन्ट लागेको थियो। घटनापछि गम्भीर घाइते भएका राईलाई तत्काल दमक आम्दा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मूल घर इलाम भएका राई हाल झापाको दमकमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।...
नयाँ मापदण्ड मिच्दै जथाभावी सरुवा गर्दै संघीय मामिला मन्त्रालय

नयाँ मापदण्ड मिच्दै जथाभावी सरुवा गर्दै संघीय मामिला मन्त्रालय

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको ‘सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड–२०८१’ लाई मिच्दै जथाभावी सरुवा गर्न थालेको छ। गत २५ असारमा स्वीकृत भएको मापदण्डको कार्यान्वयन नहुँदै राजनीतिक दबाब र प्रभावका आधारमा स्थानीय तहमा सरुवाहरू सुरु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादमा परेको छ। नयाँ मन्त्री राजकुमार गुप्ताको दबाबमा नियमविपरीत सरुवा गरिएको आरोप लागेको छ। मापदण्ड अनुसार कम्तीमा २ वर्ष नपुगी प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्ने व्यवस्था छ। उपमहानगरपालिकाले यो सरुवा कानुनविपरीत भएको भन्दै विरोध गरेको छ। मेयर राजन पौडेलले मन्त्रालयलाई पत्र लेख्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन्। राजनीतिक प्रतिशोध साँध्नकै लागि कानून मिचेर सरुवा गरिएको उनको आरोप छ। यो घटनाले मन्त्रालयले आफैंले बनाएका मापदण्...
नेपाल प्रहरीका ८०२ युनिट शौचालयविहीन, प्रहरी कर्मचारीलाई दैनिक सास्ती

नेपाल प्रहरीका ८०२ युनिट शौचालयविहीन, प्रहरी कर्मचारीलाई दैनिक सास्ती

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । नेपाल प्रहरीका कार्यालयहरूमा आधारभूत सुविधाको अभाव रहेको खुलासा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको अध्ययन अनुसार देशभरका २,६६० प्रहरी इकाई तथा कार्यालयहरूमध्ये ८०२ वटामा शौचालय नै छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार शौचालय नहुँदा प्रहरी कर्मचारीहरूलाई दैनिक कामकाजमा समस्या परेको छ। विशेषगरी दुर्गम क्षेत्रका प्रहरी चौकीहरू र व्यक्तिको घरमा अस्थायी रूपमा बसेका चौकीहरूमा यो समस्या बढी देखिएको छ। शौचालय नहुँदा प्रहरीहरू छिमेकीको शौचालय प्रयोग गर्न बाध्य छन्। यसका साथै ८३३ प्रहरी इकाईहरूमा मेस ९खाना पकाउने र खाने ठाउँ० को पनि अभाव रहेको पाइएको छ। १,०४२ प्रहरी इकाई जग्गाविहीन छन् भने ७९१ इकाईको आफ्नै कार्यालय भवन छैन। ८४३ प्रहरी कार्यालयमा ब्यारेक छैन। ३७० प्रहरी कार्यालयहरू भाडाको भवनमा सञ्चालन भइरहेका छन् भने ४२१ कार्यालय ...
नेपाल–भारत सीमा विवाद : वार्ता र कूटनीतिमार्फत समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

नेपाल–भारत सीमा विवाद : वार्ता र कूटनीतिमार्फत समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री ओलीले सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने सरकारको निरन्तर अडान र प्रतिबद्धता रहेको बताए। उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको भएको कुरामा सरकार दृढ र स्पष्ट रहेको जानकारी दिए। नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने समझदारी भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे। यसैगरी, हालै सम्पन्न परराष्ट्रमन्त्रीस्तर...
चोरीको मोटरसाइकल सहित युवक पक्राउ

चोरीको मोटरसाइकल सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । झापामा चोरीको मोटरसाईकल सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका(४ का २६ वर्षीय अमिर दनुवार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार असार ४ गते अर्जुनधारा–४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त मोटरसाइकल फेला पारेको प्रवक्त्ता दाहालले बताए। दनुवारको घरबाट मोटरसाईकल बरामद भएसँगै उनलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का ३२ बर्षीय जीवन राई, २५ बर्षीय मनिष लिम्बु, झापाको मेचीनगर नगरपालिका–६ बाट १९ वर्षीय निर्दोश डाँगी, विराटनगर–१६ का २० वर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी–४ का ३३ वर्षीय सबिन बुढाथोकी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार साँझ सुनसरीको जीवन राई र मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी मेचीनगर नगरपालिका–६ स्थितमा भारतबाट नेपाल आउदै गरेका निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने विराटनगर–१६ स्थितबाट जिवछ खत्वे र सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔष...
खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारकी ७ वर्षीया छोरी बिबिशा परियार र मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवका ९ वर्षीय छोरा अमन रिषिदेव रहेको छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको र अमन रिषिदेव मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । सर्लाहीको रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ। उनको आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार रायको टाउकोमा घरेलु हतियारले प्रहार गरी हत्या गरिएको छ। घरकै छेउको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद भएको र सोही हतियारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएका थिए र उनीहरू रायसँगै सुतेका थिए। हत्यापश्चात ती व्यक्तिहरू फरार रहेको बताइएको छ। राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। उनी राप्रपाको हालैको महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार समेत थिए। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लग...
यातायात कार्यालयहरूद्वारा ट्रायल फेल भएकालाई अवैध रूपमा लाइसेन्स वितरण

यातायात कार्यालयहरूद्वारा ट्रायल फेल भएकालाई अवैध रूपमा लाइसेन्स वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ७ । पछिल्लो एक वर्षमा नेपालका विभिन्न यातायात व्यवस्था कार्यालयहरूले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल परीक्षामा फेल भएका १,८९९ जनालाई अवैध रूपमा पास गराएको खुलासा भएको छ। यातायात व्यवस्था विभाग स्रोतका अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका कार्यालयहरूले यस्तो गैरकानूनी कार्य गरेका हुन्। विभागको तथ्यांक अनुसार ललितपुरको एकान्तकुनामा सबैभन्दा बढी ५२० जनालाई अवैध रूपमा पास गराइएको छ। त्यसपछि क्रमशः इटहरी, ठूलोभर्याङ, चाबहिल, बुटवल, कास्की र जगाती भक्तपुरका कार्यालयहरूले पनि यस्तो काम गरेको पाइएको छ। विभाग स्रोतका अनुसार यो काम ट्रायल सञ्चालक, ट्राफिक प्रहरी र यातायात कार्यालयका कर्मचारीहरूको मिलेमतोमा हुने गरेको छ। आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराइने गरेको बताइएको छ। यसैबीच, २०७२ सालयता जारी भएका मध्ये १ लाख २ हजार ७११ लाइसेन्स नक्कली रहेको आशंकामा प...