उदयपुरमा नयाँ ट्राफिक इन्चार्ज
पूर्णपुष्टि, साउन ८ ।
उदयपुरमा नयाँ ट्राफिक इन्चार्जको आगमन भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका लागि नयाँ ट्राफिक इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक दधिराम दाहालको आगमन भएको हो ।
दाहालले साउन ७ गतेबाट उदयपुरमा नेतृत्व सम्हालेको छ । दाहाल इटहरी ट्राफिक कार्यालयबाट उदयपुर सरुवा भएको हो । उदयपुरका इन्चार्ज सुन्दर श्याम पोखरेलको बिराटनगर सरुवा भएपछि दाहाल उदयपुर आएको हो । दाहालले उदयपुरको ट्राफिक समस्या हल गर्न लागि पर्ने जनाए । यहाँको सडक दुर्घटना न्युनिकरण तथा पार्किङ व्यवस्थाहरुमा आफ्नो नेतृत्व टोली परिचालन गर्ने दाहालको भनाई छ ।...









