Saturday, June 6News That Matters

Author: पूर्णपुष्टि खबर

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम शरु

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम शरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २३ निर्वाचन कार्यालय उदयपुरले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन शुरु गरेको छ । उनिहरुलाई मतदानस्थल व्यवस्थापन, मतपत्र सुरक्षा, मतपेटिका प्रयोग लगाएतका विषयमा तालिम मार्फत जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । यस्तै कसरी मतदान गर्ने भनेर नमुना मतदानमार्फत जानकारी गराएको छ । बोक्सेस्थित बालमन्दिर स्कुलमा गरिएको नमुना मतदानमा २० जनाले भाग लिएका थिए । निर्वाचन अधिकारी कोईरालाको अनुसार मतदान अधिकृत र सहायक अधिकृतलाई बैशाख २४ र २५ गतेसम्म दिईने छ । साथै तालिम सकेका कर्मचारीलाई निर्वाचन केन्द्र र स्थलमा पठाउन शुरु गरेको छ ।...
यसपालिको मनसुनमा धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा

यसपालिको मनसुनमा धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २३ यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ । विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ । आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी ...
जेठ ४ बाट आवेदन दिएको १५ दिनभित्रै लाइसेन्सको ट्रायल दिने व्यवस्था

जेठ ४ बाट आवेदन दिएको १५ दिनभित्रै लाइसेन्सको ट्रायल दिने व्यवस्था

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । आउदो जेठ ४ गतेबाट लाइसेन्सको आवेदन दिएकाले १५ दिन भित्रै ट्रायल दिन मिल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाई छ । महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ । गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ । विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो । सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ । कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन ग...
विद्यालयको निर्माणाधिन भवनबाट लडी १ को मृत्यु

विद्यालयको निर्माणाधिन भवनबाट लडी १ को मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । ईलामको सुर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणधिन भवनबाट लडी एक जनाको मृत्यु भएको छ । जिल्लाको वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीको मृत्यु भएको हो । हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।...
फरक पार्टीका वाँगालाई चुनावको मुखैमा सांसद किरातीको शुभकामना

फरक पार्टीका वाँगालाई चुनावको मुखैमा सांसद किरातीको शुभकामना

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २३ ‘‘हाम्रो रक्त सम्वन्ध एउटै हो तर हामी विचारमा नितान्त फरक हौ, सामाजिक सम्वन्ध र सद्ध्भाव सधै कायम रहने छ । ‘वाँगा’ (काका) लाई शुभकामना छ । आज अचानक चु्नावी अभियानमा भेट ।’’ यो भनाई जस्ताको तस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नेता तथा सांसद सुदन किरातीले फेसवुक वालबाट साभार गरेको छ । रक्त सम्वन्ध एउटै भएपनि फरक पार्टीका भएका कारण किरातीले काका साइनोका बलराम राईलाई शुभकामना दिएको हो । राई एमाले बाट रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष उम्मेदवार छन् । विचार नितान्त फरक तै पनि एकापसमा सद्भाव सधै कायम रहने भन्दै एक तास फोटो सहित फेसबुकको वालमा वाँगालाई किराँतीले सुभकामना दिएको हो । सो पालिकामा एमाले बाट बलराम राई र गठबन्धन बाट माओवादीका थाम वहादुर राईले चुनाव लड्ने छन् । किराती माओवादि केन्द्रको केन्द्रीय नेता तथा सांसद हुन् । रामप्रसाद राई गाँउपालिका...
आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते

आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन् । बिहिवार बेलुका ७ बजे स्थानीय खेममणी तामाङको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको हो । मृतक बालिकाको बुवा खेममणी र आमा मिना तामाङ भने घाईते भएका हुन् । तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पूर्णरुपमा जली नष्ट हुँदा निजको छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही आगलागीमा परि खेममणी र मीना घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भए...
भरुवा बन्दुकसहित युवक पक्राउ

भरुवा बन्दुकसहित युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २३ भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले महतोलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिनुभयो । सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ । गोली प्रहार गर्नुको यकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो । पक्र...
निर्वाचनको दिन सार्वजकिक बिदा, यातायत पनि ठप्प

निर्वाचनको दिन सार्वजकिक बिदा, यातायत पनि ठप्प

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । वैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ, भने सार्वजनिक यातायात पनि ठप्प रहने छ । यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ । आयोगको बिहीवारको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् । सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौंको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ । सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साध...
खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।...
मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २३ धनकुटाको साँघुरीगढी गाउँपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखा रहेका छन् । हिजो राती पौने १२ बजे साँघुरीगढी–३ कुशेटारबाट घर फर्कदै गरेका याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याखाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।...