Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

चितवनको नारायणगढ कमलनगर चोकमा आगलागी हु्ँदा ६ पसलमा क्षती

चितवनको नारायणगढ कमलनगर चोकमा आगलागी हु्ँदा ६ पसलमा क्षती

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १५ नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो । प्रहरीले आगो लागेको जानकारी आज बिहान २ बजेमात्रै थाहा पाएको होे । त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो । आयो निभाउन भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाका दुई दमकल र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो । प्रहरीका अनुसार विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलम...
ताप्लीका अग्नी पिडितलाई पालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले गरे राहत सहयोग

ताप्लीका अग्नी पिडितलाई पालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले गरे राहत सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १५ ताप्ली गाउँपालिकाका अग्नी पिडितलाई ऐमाले नेता बाबुराम राईले राहत सहयोग गरेको छ । आकाशबाट खसेको आगोको मुस्लोले ताप्ली गाउँपालिका १ पिपलभञ्याङका टंक बहादुर हमालको घरमा आगलागी भई सबै जलेर नष्ट भएको थियो । मंगलबार करिब ५ बजेको समयमा भएको आगलागीले हमाल परिवारमा बिचल्ली भएको थियो । घरको लत्ता कपडा, अन्नपात र भाडावर्तन सबै जल्दा हमालको करिब ६ लाख बढीको क्षती पुगेको स्थानीय समिप राईले जानकारी दिए । सबै कुरा आगोले सकाएपछि विचल्ली बनेका हमाल परिवारलाई एमाले नेता राईले खाद्यन्न, सहयो गरेको हो । उक्त परिवारलाई राईको व्यक्तिगत सहयोगमा २ बोरा चामल, ३ पोका तेल लगायत चिनी, दाल, नुन जस्ताा सामाग्रीहरु सहयोग गरेको हो । राईले यो तत्कालीन व्यवस्थाको लागि मात्र सहयोग गरेको र अन्य समयमा थप सामाग्रीहरु उपलब्ध गराउने समेत जनाए । यो अवस्थामा मानवीय सहयोगको अत्यादिक आवश्यक पर्न...
त्रिनपा ११ मा गठबन्धनका वडाअध्यक्ष उम्मेदवार राईको प्रतिवद्धता : सरकारी सेवा सुविधा नलिने

त्रिनपा ११ मा गठबन्धनका वडाअध्यक्ष उम्मेदवार राईको प्रतिवद्धता : सरकारी सेवा सुविधा नलिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १५ त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका कालिदास राई (किसन) ले आफु वडाअध्यक्षमा जिते सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता जनाएको छ । राईले कुनै लोप लालचका लागि आफुले वडाअध्यक्षको उम्मेदवारी नदिएको प्रष्ट पार्दै वडाको नेतृत्वमा पुगेमा सरकारी कुनै पनि सेवा सुविधा नलिने बाचा गरे । राईले भने,” मलाई सम्पूर्ण खान लाउन पुग्छ । मेरो उम्मेदवारी जनताको निष्पक्ष काम र योजनाको लागि हो, आफ्नो सेवा सुविधाको लागि हैन । राईले आफ्नो सेवा वापतको कुनै पनि आर्थिक तथा भौतिक वस्तुहरु आकस्मीक काममा खर्च गर्ने जनाए । राईले त्यस्तो सेवा लिएर जनताको सेवा गर्न कुनै पनि हालतमा धर्म नहुने भन्दै सेवा सुविधालाई गरिब र दुखीहरुको निम्ती खर्च गर्ने जनाए । राई आफैमा गाईघाटका प्रतिष्ठित व्यपारी र समाज सेवी पनि हो । आफ्नो स्वास्र्थमा डुव्ने कुनै पनि जनप्रतिनिधिहर...
उदयपुरमा पूर्व एसएसपी काकीं वडा सदस्यमा भिड्दै

उदयपुरमा पूर्व एसएसपी काकीं वडा सदस्यमा भिड्दै

Breaking News 1
पूर्णपुष्टि, बैशाख १५ उदयपुरमा एक जना पूर्व एसएसपी नेकापा एमालेबाट वडा सदस्यको लागि उम्मेदवार वनेका छन् । करिब ३० बर्ष सम्म सरकारी सेवामा रहेर जनतालाई सुरक्षा दिएको उदयपुरका त्रियुगा नगरपालिका ८ का इन्द्रराज कार्की आउँदो स्थानीय चुनवाका लागि वडा सदस्यमा उम्मेदवारी वनेको हो । सशस्त्र प्रहरीका पुर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कार्की सोही वडाका पार्टी उपसचिव समेत हुन् । पार्टीको वडा कमिटीमा रहँदा जनतासँगको सामिप्यता र सामाजिक अभियानमा अब्बल देखिएकाले वडासदस्यको उमेदवारी बनाएको उनले बताए । एसएसपी कार्कीले प्रहरी सेवा सकिएलगत्तै राजनीति गर्न काठमाण्डौँको बसाईलाई अन्त्यगरी गाउँ फर्किएको बताए । उनले सरकारी सेवा र राजनीति फरक बिषय भएपनि कतै न कतै जोडिने भएकाले, राजनीतिक संस्कार सानै देखि बुझेको बताए । सानै उमेरदेखि नेकपा एमाले प्रति सामाप्यिता रहेपनि सेवाकालिन अवधि सबैसँगको समझदारी...
विद्यालय र क्याम्पस पनि दुवै दिन विद्या हुने

विद्यालय र क्याम्पस पनि दुवै दिन विद्या हुने

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशख १४ सरकारले लागु गरेको दुई दिने सार्वजानिक विद्या विद्यालयमा पनि लागु भएको छ । सार्वजानिक विदाको रुपमा पर्ने विषेश गरी सरकारी काम कार्वाही सँगै विद्यालयहरु बारे खासै जानकारी आएका थिएन् । तर शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ स् ३० बजेदेखि साँझ ४स् ३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् । ‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई ...
आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ उदयपुरका प्रमुख निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन आचारसंहिता पालना गर्न आनुरोध गरेका छन् । पूर्णपुष्टि खबरसँगै कुरागर्दै उनले जिल्लाका राजनितिक दल, उम्मेदवार, मतदाता लगाएत सबैमा निर्वाचन आचारसंहिता पालना गर्न अपिल गरेका थिए । उनले भने” सबैले आचारसंहिता पालना गरी निर्वाचनलाई सफल पारौं । उदयपुरमा शान्तीपूर्वक मनोनयन भएको र केही पालिकमा उम्मेदवार विरुद्ध उजुरी परेपनि उम्मेदवारी खारेज हुने खालका उजुरी नपरेको समेत बताए ।...
सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ मानिसहरु सरकारी जागरि भनेपछि हुरुक्कै हुन्छन् । सरकारी जागिरकै लागि धेरै मेहनत र सपनाले बल्ल तल्ल जागिर खाएका मानिसहरु जिवनभरी खुसी हुने प्रयास गर्छन् । सरकारी जागिर भनेको मानिसहरुको निकै फलदायीक र बाँच्नका लागि सुखदायीक जिवन पनि हो । तर सबै कुराले सम्पन्नता हुँदा हुँदै पनि कुनै व्यक्तिहरुमा भने जनताहरुको प्रत्यक्ष सेवक बन्ने इच्छा हुन्छ । यसै इच्छा बोकेर आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रबाट गोपाल चन्द्र राईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षको लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन् । राईले जागिरबाट तत्कालै राजिनामा दिएर पालिका अध्यक्षको लागि तयारी गरिरहेको छ । राजनितिमा प्रवेश सँगै गाउँपालिकाको अध्यक्षका लागि आफ्नो तयारी हुँदै गर्दा उनले जनतामाझ लोक प्रिय बचनहरु दिँदै आएको छ । राईले गरिब अनि भोको समाजमा आफु धनी हुने कुनै सपना नरहेक...
म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १४ म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ । पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई...
बिहेमा डिजेको विषयमा विवाद हुँदा झडप : एक जनाको मृत्य, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

बिहेमा डिजेको विषयमा विवाद हुँदा झडप : एक जनाको मृत्य, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । बिवाहमा डिजेको विषयलाई लिएर विवाद हुँदा सप्तरीमा एक जनाको ज्यान गएको छ । सोमवार भएको झडपमा घाइते भएका खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको हो । रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जना...
कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १४ सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न...