Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढ्यो

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । सरकारले सातको दुई दिन बिदा दिने निर्णय गरेसंगै कार्यालय समय बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको हो । जेठ १ गतेबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरेस मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १ गतेबाट साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि ल...
हप्तामा दुईदिन बिदा दिने निर्णय

हप्तामा दुईदिन बिदा दिने निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ सरकारले हप्तामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रीपरिषदको बैठकले सनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । यो निर्णय जेष्ठ १ गतेबाट लागू हुने जानकारी सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएका छन । यस्तै जेष्ठ १ गतेबाट सरकारी कार्यालय बिहान ९:३० बजेदेखी ५ बजेसम्म खुल्ने निर्णय समेत सरकारले गरेको छ ।...
नेपालबाटनै सौर्यमण्डलका ४ वटा ग्रह, खाली आखाँले देखिने

नेपालबाटनै सौर्यमण्डलका ४ वटा ग्रह, खाली आखाँले देखिने

Breaking News 3, रोचक
पूर्णपुष्टि, वैशाख १४ गते । सौर्यमण्डलका चार वटा ग्रह एकैसाथ आकाशमा देखिन थालेका छन् । वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् । विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका आनुसार नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिन्छ । समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्मालेका अनुसार यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन शर्माले बताउनुभयो । उहाँका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।...
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय कृष्ण मुखिया रहेका छन् । हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई मुखिया घाईते भएका थिए । घाईतेको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।...
बागी उम्मेदवारी फिर्ता  लिन कांग्रेस उदयपुरको आग्रह

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस उदयपुरको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस उदयपुरले आग्रह गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले एक विज्ञप्ती जारीगर्दै बागी उम्मेदवारी दिएकालाई वैशाख १६ गते सम्म उम्मेदवारी फिर्ता गर्न अग्रह गरेको हो । उदयपुरमा पार्टीले आफूलाई बागी चौदण्डीगढीको टिकट नदिएको भन्दै नेता प्रसान्त कुमार राईले बागी उम्मेदवारी दिएका छन् । सो नगरमा कांग्रेसले खगेन्द्र राईलाई प्रमुखमा टिकट दिएको छ । यस्तै, जिल्लाका अन्य पालिका र वडाहरुमा समेत नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।...
लागुऔषध ब्राउनसुगर सहित एक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका –४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवालको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।...
बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा वृद्धको मृत्यु

बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा वृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १४ सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७० बर्षीय जयराम सार्की रहेका छन् । हिजो दिउँसो साँढे ११ बजे सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए । घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरीरहेको छ ।...
कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
र्णपुष्टि, बैशाख १४ मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा कारले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी रहेका छन् । हिजो दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७- च २२६६ नम्बरको कारले पुर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा राजवंशी घाइृते भएका थिए । घाईतेलाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
२ नक्कली चिकित्सक पक्राउ

२ नक्कली चिकित्सक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना भारतीय नक्कली चिकित्सक पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–१ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका–३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल पक्राउ परेका हुन् । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका व्यक्तिहरूले क्लिनिक संचालन गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वैशाख १२ गते दुवैलाई पक्राउ गरेको हो । उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएका थिए । यसरी अबैध रुपमा क्लिनिक ...
सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

Breaking News 3, समाचार, संसार
काठमाडौं, वैशाख १४ गते । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ । यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उहाँको भनाई छ । मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ । सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघर्षश गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभू...