Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा जित्ने लक्ष्य राखेका देखी उपस्थिती देखाउने दलसम्म चुनावी मैदानमा

उदयपुरमा जित्ने लक्ष्य राखेका देखी उपस्थिती देखाउने दलसम्म चुनावी मैदानमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १३ गते । उदयपुरमा उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । जिल्लाका आठ पालिकामा मुख्यगरी एमाले, कांग्रेससहितको तीन गठबन्धन साथै माओवादी एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच नै मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । त्रियुगा र चौदण्डीगढमा एमाले, कांग्रेस र माओवादी–एकिकृत समाजवादी बीच त्रीपक्षिय भिडन्त हुने छ भने बाँकी ६ पालिकामा कांग्रेस–माओवादी–एकिकृत समाजवादीको सत्तारुढ गठबन्धन र एमाले बीच मुख्य प्रतिस्प्रर्धा रहेको छ । जिल्लामा मुख्य दलबीच प्रतिस्प्रर्धा हुने भएपनि आफ्नो अस्तित्व देखाउन पार्टीको नाम जनतालाई सुनाउनसमेत उम्मेदवारी परेको छ । त्रियुगामा मैलिक जरेकिलो पार्टीले प्रमुख पदमा मनोनयन गरेको छ । यस्तै, राष्ट्रिय जनमुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जन समाजवादी पार्टी लगाएतले समेत उम्मेदवारी दिएका छन् । जिल्लाको उदयपुरगढी, चौदण्डीगढी लगाएतमा मङ्गोल नेशनल प...
१४ नं वडामा माओवादीको तर्फबाट निवर्तमान सदस्य हेम मगरको उम्मेदवारी

१४ नं वडामा माओवादीको तर्फबाट निवर्तमान सदस्य हेम मगरको उम्मेदवारी

Breaking News 1
पूर्णपुष्टि, बैशाख १३ त्रियुगा नगरपालिका १४ नं वडामा माओवादी केन्द्रबाट हेम मगर वडाअध्यक्षको उम्मेदवार बनेको छ । उनि माओवादी केन्द्र र समाजवादी पार्टीको संयुक्त उम्मेदवार बनेको हो । हालै सम्पन्न कार्यकालमा वडा सदस्य समेत रहेका मगरले यो पटकमा भने आफैले अध्यक्षको टिकट बाजी मारे । मगर जनप्रिय नेतृत्वको रुपमा गाउँसमाजमा चिनिदैँ आएको व्यक्ति हो । उनि हाल १४ नं वडाका पार्टी उपाध्यक्ष समेत हुन् । मगरले जनताका लागि सामाजिक क्षेत्रमा समेत ठुलो योगदान पुराएको छ । उनले बिभिन्न क्षेत्रमा आवद्ध भई जनता र विकासको क्षेत्रलाई प्राथामिकतामा राखेको समेत जनाए । मगर नेतृत्वमा खुल्ला सदस्य नारायण बहादुर राई ‘नारद’ र एक बहादुर कटुवाल ‘उद्धब’ रहेका छन् भने खुल्ला महिला सदस्यमा रेखा थापा मगर छिन् । यता दलित महिला सदस्यमा केसरी माया नेपाली रहेकी छिन् । मगर सहित यो पटकको चुनावमा १४ नं वडामा एमाले बाट मेघज...
लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १३ फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज यहाँ ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ । काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गर्नुभएको थियो । अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्छ ...
हलेसी तुवाचुङको प्रमुखमा जसपा बाट एन्जिल हाङ किराँतीको उम्मेदवारी

हलेसी तुवाचुङको प्रमुखमा जसपा बाट एन्जिल हाङ किराँतीको उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ जनता समाजवादी पार्टीको तर्फबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा (जसपा) का युवा नेता अन्जील हाङ किराँती राईले उम्मेदवारी दर्ता गराएका छन् । राईले जसपाको तर्फबाट पालिकाको प्रमुख पदमा सोमवार आफ्नो उम्मेदवारी दर्ता गराएको हो । राई पार्टीका क्रियाशिल युवा नेताको रुपमा परिचित छन् भने हाल समाजबादी बिद्यार्थी युनियन को १ न प्रदेस अध्यक्षको जिम्मेवारीमा छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका दुर्छिममा जन्मिएका राईले २०६३ साल देखि नेवि संघबाट आफ्नो राजनितिक यात्रा सुरुवा गरेका थिए । घर खोटाङ भएपनि अध्यानको शिलशिलामा राईले उदयपुरका मोतिगडा क्याम्पस बाट नेबि सङ्को नेतृत्व सम्हाल्दै राजनितिक यात्रा सुरु गरे । पछि २०६९ सालमा असोक राईको नेतृत्वमा एमाले नेतृत्वको संघीय समाजबादीमा प्रवेश गरे सँगै राईले बिद्यार्थी संगठन अग्रगामी बिद्यार्थी युनियनको २ कार्यकाल अध्यक्...
एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १३ सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ । सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफाको लिन सकेन । यद्यपी ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो । हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताउनु भएको छ । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गर्नु भएको छ । ...
प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १३ संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ । त्यस्तै, विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेष्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ । ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार बराबर छ । उक्त माछाको आयातबाट सरकारले रु ५९ लाख १३ हजार बराबरको राजश्व प्राप्त गरेको छ । ...
हलेसीमा गठबन्धन बहिस्कार, त्रिपक्षीय भिडन्त हुने, प्रमुख तिन दलले गरे मनोनयन दर्ता

हलेसीमा गठबन्धन बहिस्कार, त्रिपक्षीय भिडन्त हुने, प्रमुख तिन दलले गरे मनोनयन दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ बैषाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागी हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख तिन दलले मनोनयन दर्ता गराएको छ । निर्वाचनको लागी तिन ठुला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको हो । पहिलो निर्वाचनमा पनि त्यस ठाउँमा कांग्रेसले नै जितेका थिए भने य पटक पनि कांग्रेस बलियो रहेको भन्दै आफ्नै बर्चस्वमा गठबन्धन बहिस्कार गरिएका थिए । कांग्रेसबाट प्रमुखमा पुर्व उप–प्रमुख समेत रहेको विमला तिलुङ राई र उप–प्रमुखमा रमेस राउतले उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट प्रमुखमा खडेन्द्र साम्पाङ र उप– प्रमुखमा तुलसा बुढाथोकि रहेको छ । यस्तै माओवादी केन्द्रबाट प्रमुखमा अमेम्वर राईले र जसपाबाट प्रमुखमा अन्जिल राईले उम्मेदवारी दर्ता गराएको छ । प्रमुख र उप–प्रमुखमा कुनै गठवन्धन नगरेको हलेसी नगरपालिकाको वडाहरुमा भने तालमेलको सम्भावना रहेको छ । यसका ला...
भूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग

भूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग

समाचार
काठमाण्डौँ, बैशाख १३ नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो । विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो । सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ । यसमा नेरे...
नेपाली कांग्रेस नेता मल्लको घरमा आगलगी

नेपाली कांग्रेस नेता मल्लको घरमा आगलगी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १३ मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बिद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताउनुभयो । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो । स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थ...
मुस्ताङका छ वडामा एकल उम्मेदवारी

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख १३ स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् । वडा नंं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ । लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् । चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा का...