Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

रौतामाई ३ मा एमालेमा खिलराज राई बागी उम्मेदवार

रौतामाई ३ मा एमालेमा खिलराज राई बागी उम्मेदवार

Breaking News 1
पूर्णपुष्टि, वैशाख १३ । रौतामाई गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेमा लामो समय काम गरेका खिलराज राईले वडाध्यक्षमा बागी उम्मेदवारी हालेका छन् । उनले पार्टीले आफुलाई अन्याय गरेकोमा आपत्ति जनाउदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको जनाएका छन् । सो वडामा एमालेले वडाध्यक्षमा दिपेन्द्र दाहाललाई टिकट दिएको छ । टिकट आफुलाई नदिएको असन्तुष्टिकासाथ राईले आप्mनो लामो समयको योगदानको कदर नभएकोले गाउँ पार्टी सचिवको पदबाट राजिनामासमेत दिएका छन् । उनले स्वतन्त्रबाट नै जनताको मत पाएर विजय हाँसिल गर्ने बताएका छन् । सो वडामा कांग्रेसको वडाध्यक्ष उम्मेदवारमाथि पनि वागी परेको छ । कांग्रेसका रत्नकुमार राईले वडामा स्व्तन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले विष्णु पौडेललाई वडाध्यक्षको टिकट दिएको छ ।...
त्रियुगाको वडा नं १० मा नगरभरिकै कान्छो वडाअध्यक्ष ज्ञानेन्द्र मगरको उम्मेदवारी दर्ता

त्रियुगाको वडा नं १० मा नगरभरिकै कान्छो वडाअध्यक्ष ज्ञानेन्द्र मगरको उम्मेदवारी दर्ता

Breaking News 1
पूर्णपुष्टि, बैशाख १३ ३१ बर्षिय ज्ञोनेन्द्र मगर सम्भवत जिल्लाकै कान्छो वडाअध्यक्षको उम्मेदवार  पनि बन्न सक्छ । त्रियुगा नगरपालिका १० बोक्सेका मगरले सोही वडामा वडाअध्यक्षको लागि सोमबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिसकेको छ । मगरले नेकपा माओवादी र नेकपा एसको तर्फबाट संयुक्त वडाअध्यक्षको उम्मेदवारी दिएका हुन् । उनि माओवादी केन्द्रका क्रियाशिल युवा नेता रहेका छन् भने वाईसियल उदयपुरका जिल्ला संयोजक समेत हुन् । मगरको दाजोँमा सोही वडामा बुढ्यौली नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले बाट किरण पाण्डे, नेपाली कांग्रेस बाट प्रकाश कुमार खड्का र राप्रपा बाट शेरजंग बस्नेतले समेत उक्त वडामा वडाअध्यक्षका लागि मनोनयन दर्ता गराएको हो । प्रकाश कुमार खड्का पूर्व वडाअध्यक्ष तथा कांग्रेसका त्रियुगा नगर सभापति समेत हुन् भने पाण्डे नेकपा एमाले १० नं वडाको पार्टी अध्यक्ष ह...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भिर घाइते

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना गम्भिर घाइते

Breaking News 3, संसार
काठमाण्डौँ, बैशाख १३ अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । टिपर र चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथ...
लिम्चुङबुङकी निवर्तमान उपाध्यक्ष रमिला राईको स्वतन्त्र उम्मेदवारी

लिम्चुङबुङकी निवर्तमान उपाध्यक्ष रमिला राईको स्वतन्त्र उम्मेदवारी

Breaking News 1
पूर्णपुष्टि, वैशाख १३ । गत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट अत्याधिक मत प्राप्त गरी लिम्चुङबुङ गाउँपालिकाको उपाध्यक्ष निर्वाचित रमिला राईले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । गत चुनावमा आफुले पाएको लोकप्रीय मत र पाँचवर्षे कार्यकालमा गरेको राम्रा कामहरुको मूल्याङ्कन नै नगरी पार्टीले वेवास्ता गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ । पार्टीले समावेशी उम्मेदवारसम्म नरहनेगरी आफुमाथि अन्तर्घात गरेको भन्दै उनले वैकल्पिक स्वतन्त्र उम्मेदवार घोषणा गरेकी हुन् । कांग्रेसबाट बागी उम्मेदवार उनी बलियो उम्मेदार हुन् । पार्टीले पुष्पलाल राईलाई उपाध्यक्ष उम्मेदवारको टिकट दिएको छ । राई गत चुनावको अध्यक्ष पदका प्रत्यासी हुन् । गतवर्ष अध्यक्षमा पराजित प्रत्यासीलाई उपाध्यक्षको टिकट दिनुले पार्टीभित्र ब्यापक असन्तुष्टि देखिएको छ । सो पालिकामा नेकपा एमालेको तर्फबाट उपाध...
प्रथम लाल चौधरीको प्रस्ट्याई, म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन् 

प्रथम लाल चौधरीको प्रस्ट्याई, म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन् 

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट त्रियुगा नगरपालिका १२ बाट वडा सदस्यको उम्मेदबार बनेको निवर्तमान वडा सदस्य प्रथम लाल चौधरीले एक विज्ञप्ती मार्फत जनाएको छ । सोमबार चौधरीले एक विज्ञप्तीमार्फत आफु नेकपा एमालेबाट नभएर नेकपा एसबाट वडा सदस्यको उम्मेदबार भएको जनाएको छ । उनको विज्ञप्तीमा, ‘मेरो नाम उल्लेख गरी सामाजिक संजालमा मेरो प्यारो पार्टी नेकपा एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको भनी जारी विज्ञप्ती निराधार र भ्रामक हो । म पार्टीमा विचलित नभई पार्टी प्रति इमान्दार रहि नेकपा एसबाट वडा नं. १२ को वडा सदस्यमा उम्मेदबार पनि रहेको हुनाले उक्त भ्रामक प्रचारको पछाडि नलाग्नु हुन सम्पूर्ण शुभेच्छुक तथा पार्टीको कमरेडहरुलाई हार्दिक अपिल गर्दछु ।’...
११ नं मा गठबन्धनको तर्फबाट कालिदास राई (किसन) को नेतृत्वमा उम्मेदवारी दर्ता

११ नं मा गठबन्धनको तर्फबाट कालिदास राई (किसन) को नेतृत्वमा उम्मेदवारी दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ त्रियुगा नगरपालिका वडा नं ११ वडाअध्यक्षका लागि माओवादी र नेकपा एसको संयुक्त गठबन्धनबाट कालिदास राई (किसान) को नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । राई सहित खुल्ला वडा सदस्यमामा जित बहादुर कार्की, खुल्ला वडा सदस्य बल बहादुर विश्वकर्मा, खुल्ला महिला वडा सदस्य देवीमाया कटुवाल र दलित महिला वडा सदस्यमा सकुन्तला विश्वकर्माले मनोनयन दर्ता गराएको हो । राईको पछिल्लो समय राजनितिकमा बढ्दो चर्चा छ । नेकापा एसको महत्वपूर्ण पात्रका रुपमा स्थापित राईले राजनितिको छोटो समयमै लोकप्रियताका साथ डाअध्यक्षको टिक पाउन सफल बनेका हुन् । राई गाईघाटका समाजसेवी तथा सफल व्यापारी हुँदै राजनितिकमा फड्को मारेको व्यक्ति पनि हुन् । हाल उनी नेकपा एसको त्रियुगा नगर सचिवालय सदस्य समेत रहेका छन् ।...
१६ नं वडा अध्यक्षका लागि गठबन्धन बाट जनप्रिय नेता मान वहादुर राईको नेतृत्वमा उम्मेदवारी दर्ता

१६ नं वडा अध्यक्षका लागि गठबन्धन बाट जनप्रिय नेता मान वहादुर राईको नेतृत्वमा उम्मेदवारी दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १३ त्रियुगा नगरपालिका वडा नं १६ का लागि नेकपा माओवादी केन्द्र र नेकपा एसको संयुक्त गठबन्धनबाट मान वहादुर राईको नृतृत्वमा उम्मेदवारी दर्ता भएको छ । सोमवार गाईघाट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । राई पुराना तथा अनुभवी जनताको लोकप्रिय जनप्रतिनिधि नेता समेत मानिन्छ । त्रियुगा नगरपालिका भरीकै उत्कृष्ट मध्ये एक जनप्रतिनिधको रुपमा स्थापीत राईले पून : वडाअध्यक्षका लागि टिकट पाए सँगै मनोनयन दर्ताको काम समेत सकिएको हो । राई ७४ सालको चुनावमा पनि माओवादीको तर्फबाट जनप्रिय मतका साथ बिजयी बनेका थिए । राई सहित खुल्ला वडा सदस्यमा घमान सिंह राई, खुल्ला सदस्य राम नारायण श्रेष्ठ, खुल्ला महिला वडा सदस्य गोमा कार्की र दलित महिला सदस्यमा कुन्ती परियार सहितले उम्मेदवारी दर्ता गराएको हो । उम्मेदवारी राई सहितको टिम निकै मजवुद मानिएको छ । हालको राम श्...
लिम्चुङबुङ अध्यक्षमा मेजर राईसहित ५ जनाकाे उम्मेदवार

लिम्चुङबुङ अध्यक्षमा मेजर राईसहित ५ जनाकाे उम्मेदवार

Breaking News 1
पूर्णपुष्टि, वैशाख  १२ । लिम्चुङबुङ गाउपालिकाकाे अध्यक्ष पदमा गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रका मेजर राईले उम्मेदवारी दर्ता गराएका छन् । साे पालिकामा मेजरसहित पाँचजनाले अध्यक्षमा उम्मेदवारि दिएका छन् । नेकपा एमालेबाट राजकुमार राईले दर्ता गराएका छन् । तीन जनाले स्वतन्त्र उम्म्दवारकाे रुपमा अध्यक्षमा दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वार भलराज राई र यादवकुमार राईले नेकपा एकरमाले विरुद्ध बागी लगाएका हुन् भने हाेम किरातीले माओवादि केन्द्रमा वागि दिएका हुन् ।...
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मध्यरातसम्म पनि उम्मेद्वार दर्ताकाे काम

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मध्यरातसम्म पनि उम्मेद्वार दर्ताकाे काम

Breaking News 1
पूर्णपुष्टि, वैशाख १२ । उदयपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा अहिले मध्यरातसम्म पनि उम्मेदवार दर्ताकाे काम भयाे । बाेक्से स्थित कार्यालयमा उम्मेदवार दर्ता गराउनेेकाे संख्या बढि भएकाले मध्येरातसम्म काम भएकाे हाे । साे कार्यालयमा ३८० जनाले उम्मेद्वर दर्ता गराएका छन् ।
चाैदण्डिगढीमा ३ स्वतन्त्रसहित ८ जनाकाे मेयरमा उम्मेदवारी, उपमेयरमा ५ जना

चाैदण्डिगढीमा ३ स्वतन्त्रसहित ८ जनाकाे मेयरमा उम्मेदवारी, उपमेयरमा ५ जना

Breaking News 1
पूर्णपुष्टि, वैशाख १२ । चाैदण्डिगढी नगरपालिकाकाे मेयर पदका लागि ८ जनाकाे उम्मदवारी परेकाे छ । प्रमुख प्रतिष्पर्धा भने तीन जनाबीच हुने देखिन्छ । नेपाली कांग्रेसकाे खगेन्द्र राई, नेकपा  माओवादीकाे नरेन्द्रकुमार राउत र नेकपा एमालेका कालुमान लामा मेयरमा प्रमुख प्रतिष्पर्धि  छन् । मेयरमा उम्मेदवारी दिने अन्यमा मंगाेल नेशनल अर्गनाईजेशनका भुमिराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट  रामप्रसाद आचार्य र तीन जना स्वतन्त्र छन् । स्वतन्त्रहरुमा अम्बरबहादुर विष्ट, कमलध्वज राई र प्रशान्त राई रहेका छन् । उपमेयरहरुमा पाँचजनाकाे उम्मेदवारी परेकाे छ । नेकपा एमालेबाट मणिकादेवी दुलाल, नेेपाली काङ्ग्रेसबाट रिताकुमारी चाैधरी, नेकपा (माओवादी केन्द्र) बाट हिरा थापा (तिम्सिना), मंगाेल नेशनल अर्गनाईजेशनबाट सरिता राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखाकुमारी ठाकुर रहेका छन् ।...