Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा बिप्लब समूह पनि निर्वाचनमा सहभागी

उदयपुरमा बिप्लब समूह पनि निर्वाचनमा सहभागी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । बैज्ञानिक समाजबाद स्थापनार्थ संघर्षरत नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह उदयपुरमा स्थानीय चुनावमा औपचारिक रुपमा सरिक भएको छ । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सम्ममा यो पार्टीले जिल्लामा विभिन्न पालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छ । यो पार्टीले उदयपुरगढीको प्रमुखमा जित बहादुर पुलामी मगरलाई उठाएको छ । यता सो गा पा को वडा नं.५ मा केशव श्रेष्ठ , ६ मा ढक ब. राउत र ८ मा रेबती श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यो पार्टीले त्रियुगा नगरको उपप्रमुखमा रामकृष्ण सदालाई उम्मेदवार बनाउदा वडा नं. ७ मा मान ब दनुवारलाई वडाध्यक्षमा अगाडि बढाएको छ । साथै यो पार्टीले कटारी नगरपालिका को वडा नं.४ मा पुराना कम्युनिस्ट नेता पुर्ण बहादुर कटुवाललाई वडाध्यक्षमा उठाएको छ भने, बेलका नगरपालिको वडा नं. ९ को वडाध्यक्षमा मन कुमारी राई घिमिरेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट ...
त्रियुगामा तीन दल बिच भिडन्त

त्रियुगामा तीन दल बिच भिडन्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । उदयपुरको त्रियुगा नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि तीन ठूला दल बिच भिडन्त हुने देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र गठबन्धन दल बिच भिडन्त हुने देखिएको छ । नेकपा एमालेबाट भागवत राउत प्रमुख र महेश्वरी राईले उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यता नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको नगर प्रमुखको लागि बसन्तकुमार बस्नेत उप–प्रमुखको लागि सरिता राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी र एकिकृत समाजवादीको गठबन्धनबाट नगर प्रमुख बलदेव चौधरीले र उप– प्रमुखमा गिता खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्रियुगा नगरपालिकामा अन्य दल तथा स्वतन्त्रबाट पनि प्रमुख उपप्रमुख तथा वडा अध्यक्ष वडा सदस्यको लागि उम्मेदवारी दर्ता भएका छन् । तर प्रमुख र उप–प्रमुख पदमा भने एमाले, नेपाली कांग्रेस र माओवादी र नेकपा एस गठबन्धन विच मुख्य प्रतिस्पर्धा ...
मुख्य निर्वाचन कार्यालय उदयपुरमा अझै सकिएन मनोनयन

मुख्य निर्वाचन कार्यालय उदयपुरमा अझै सकिएन मनोनयन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । मुख्य निर्वाचन कार्यालय उदयपुरमा अझै मनोनयनको क्रम चलिरहेको छ । अहिले एमाले , दुई दलिय गठबन्धन र राप्रपाका उम्मेदवार को मनोनयनको क्रम चलिरहेको छ । धेरै उम्मेदवारको मनोनयन चलिरहेकाले भिडभाड रहेको छ । उम्मेदवारी दिनेहरु लाइनमा लागेर पालो पर्खिरहेका छन् । निर्वाचन कार्यालयले दललाई उम्मेदवारी दर्ता गर्न आउने समय दिएपनि दर्ता प्रकृया झन्झटिलो भएकाले ढिलो हुँदै गएको हो । उम्मेदवारको लाइन हेर्दा आठबजे सम्ममा उम्मेदवारी दर्ताको काम सकिने देखिन्छ ।...
त्रियुगामा राप्रपाका हरी ब. राउत प्रमुखका उम्मेदवार

त्रियुगामा राप्रपाका हरी ब. राउत प्रमुखका उम्मेदवार

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । त्रियुगा नगरपालिकाको प्रमुखमा राप्रपाले हरीबहादुर राउतलाई उठाउने भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यलयमा जुलुशसहित पुगेर राप्रपाले प्रमुख ,उपप्रमुखसहित १६ वटै वडाको लागी मनोनयन गरेको छ । त्रीयुगाको प्रमुखमा राउतलाई उठाएको छ भने, उप–प्रमुखमा रामबती चौधरी लाई उठाएको हो । त्रियुगाको सबै वडामा यो पार्टीले उम्मेदवार खडा गरेको छ । प्रमुखका उम्मेदवार राउतले समुन्न्त नगर बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन् ।...
त्रियुगामा गठबन्धनले गर्यो मनोनयन

त्रियुगामा गठबन्धनले गर्यो मनोनयन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । त्रियुगा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजबादीको सन्युत्रक्त गठबन्धनले उम्मेदवारी दर्ता गएका छन् । गठबन्धनबाट नगर प्रमुखमा एकीकृत सवाजबादीका बलदेब चौधरी र उप–प्रमुखमा आओवादीकी गिता खड्का उम्मेदवार हुन् । गठबन्धनले गाईघाट बजारबाट जुलुशसहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर मनोनयन गराएको हो । मनोनयन दर्तापछि गठबन्धनबाट यो नगरका प्रमुखका उम्मेदवार बलदेब चौधरीले सम्मृद त्रियुगा नगरका लागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए । बलदेव चैधरी त्रियुगा नगरका निवर्तमान मेयर हुन । उनले ०७४ को चुनावमा काङ्ग्रेसका वसन्त बस्नेतलाई हराएका थिए । गठबन्धनले वडा नं. १ मा उमाकान्त चौधरी ,२ मा राम चौधरी , ३ मा अबधेश चौधरी,४ मा सुनबिर तामाङ , ५ मा राधा रमण भट्टराई , ६ मा राकेश चौधरी ,७ मा मनोज पौडेल ,८ मा कुल ब. कटुवाल,९ मा धन ब. श्रेष्ठ , १० मा ज्ञानेन्द्र श्रेष्ठ ,११ मा...
इन्जिनियर अन्जारुल अलिद्दारा स्वतन्त्र उम्मेदवारी दर्ता

इन्जिनियर अन्जारुल अलिद्दारा स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ नेपाली काङ्ग्रेस वडा नं ६ का नेता अन्जारुल अलिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । नेपाली काङ्ग्रेस वडा समितिले उनको नाम वडाअध्यक्षमा सिफारिस गरेपनि पार्टीले टिकट नदिएपछी स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनी कम्प्युटर इन्जिनियर हुन । नेपाली काङ्ग्रेसले युबालाई नेतृत्वको अबसर नदिएकाले आफुले उम्मेदवारी दिएको बताए । उनले थपे मैले युबाको नेतृत्व गर्छु । नेपाली काङ्ग्रेसले त्रि.न.पा. ६ मा कृष्ण बुडाथोकीलाई टिकट दिएसँगै सो वडामा नेपाली काङ्ग्रेसका दुइजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।...
जिल्लाभर उम्मेदवारी दर्ता धमाधम

जिल्लाभर उम्मेदवारी दर्ता धमाधम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । उदयपुरमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ताको काम आज धमाधम गरिरहेका छन् । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित आठैवटा निर्वाचन अधिकृतको कार्यालयमा धमाधम उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाईघाटमा विहान ११ ः ०० बजे नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरायो भने दिउसो १ बजे नेकपा एमालेले दर्ता गरायो । दिउसो ३ बजेदेखि गठबन्धनको उम्मेदवारी दर्ता गरिएको छ भने अन्तिम समयमा राप्रपा नेपालको उम्मेदवारी दर्ताको तालिका रहेको छ । गठबन्धनको तर्फबाट त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका बलदेव चौधरी, उपमेयरमा नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट मेत्रीपूर्ण प्रतिष्पर्धाका साथ छुट्टै उत्रेको नेपाली कांग्रेसले मेयरमा बसन...
त्रियुगामा दुई दलिय गठबन्धनले उम्मेदवारी दर्ता गर्यो

त्रियुगामा दुई दलिय गठबन्धनले उम्मेदवारी दर्ता गर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ त्रियुगा नगरपालिकामा माओवादी र एकीकृत समाजबादीको सन्युक्त गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । यो गठबन्धनबाट प्रमुखमा एकीकृत समाजबादीका बलदेव चौधरी र उपप्रमुखमा माओवादी कि गिता खड्का उम्मेदवार छन । गठबन्धनले गार्इघाट बजारबाट जुलुश सहित मुख्य निर्बाचन अधिकृतको कार्यलय पुगेर मनोनयन गराएको हो । मनोनयन दर्ता पछि गठबन्धनबाट यो नगरका प्रमुखका उम्मेदवार बलदेब चौधरीले सम्मृद त्रियुगा नगरकालागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए । बलदेव चैधरी त्रियुगा नगरका निबर्तमान मेयर हुन । उनले ०७४ को चुनाबमा काङ्ग्रेसका वसन्त बस्नेतलाई हराएका थिए । गठबन्धनले वार्ड न १ मा उमाकान्त चौधरी ,२ मा राम चौधरी , ३ मा अबधेश चौधरी,४ मा सुनबिर तामाङ , ५ मा राधा रमण भट्टराई , ६ मा राकेश चौधरी ,७ मा मनोज पौडेल ,८ मा कुल ब. कटुवाल,९ मा धन ब. श्रेष्ठ , १० मा ज्ञानेन्द्र श्रेष्ठ ,११ मा किशन राई,१२ मा...
माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख १२ स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा९माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे । स्वतन्त्ररुपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ आफ्ना घोषणापत्र सार्वजनिक गरे । सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन भनेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, “हामीले स्थानीयस्तरमा नै घोषणापत्र बनाएका छाँै, स्थानीय तहमा नै ती सार्वजनिक भएका छन् ।” पार्टीका तर्फबाट घोषणापत्रका लागि ७५३ वटै स्थानीय तहलाई सामान्य रुपरेखा पठाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो ध्येय र प्रमुख नीति नै स्थानीय तहलाई बलियो ...
उदयपुरमा एमालेले गर्यो मनोनयन

उदयपुरमा एमालेले गर्यो मनोनयन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ उदयपुरको त्रियुगा नगरपालिकामा एमालेले उम्मेदवारी दर्ता गराएको छ । दिउसो १ बजे जुलुस सहित आएको एमाले मुख्य निर्बाचन अधिकृतको कार्यलयमा पुगेर मनोनयन गरेको छ । एमालेले त्रियुगा नगरमा प्रमुखमा भागबत राउत र उपप्रमुखमा महेश्वरी रार्इलार्इ टिकट दिएको छ । आज प्रमुख ,उपप्रमुख सहित सबै १६ वडाका अध्यक्ष, वडासदस्री उपस्थिति भएर उम्मेदवारी दर्ता गराएका छन । पार्टीको नगरकार्यालय बाट शुरु भएको एमालेको जुलस बजार परिक्रमा गरि निर्बाचन कार्यालय पुगेको थियो। मनोनयन पछि बोल्दै एमालेका त्रियुगा नगरका प्रमुखका उम्मेदवार भागबत राउतले सुशासनका लागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए । एमालेले वडा १ मा दिलिप चौधरी ,२मा घमानसिन्ह बस्नेत,३मा धर्म ब. तामाङ, ४ मा सुभास निरौला, ५ मा चुडामणिा चौधरी , ६ मा योगेन्द्र दहाल, ७ मा अम्बर दनुवार ,८ मा नबराज कार्की, १० मा किरण पाण्डे, ११ मा दिल ब ताम...