Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

काङ्ग्रेसले त्रियुगामा गर्यो मनोनयन

काङ्ग्रेसले त्रियुगामा गर्यो मनोनयन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख सहितका पदमा मनोनयन गरेको छ । आज बिहान ११ बजे जुलुस सहित मुख्य निर्बाचन कार्यालय पुगरे मनोनयन गरेको हो । उक्त जुलुसको नेतृत्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले गरेका थिए । त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राइ लगायत १६ वटै वडाका अध्यक्ष सहित सम्पुर्ण सदस्य उपस्थित भै मनोनयन गरेका छन । मनोनयन पछि बोल्दै मेयरका उम्मेदवार बसन्त बस्नेतले त्रियुगाका जनतालार्इ खुसी राख्न उम्मेदवारी दिएको बताएका थिए । नेपाली काङ्ग्रेसले १ मा मनोज चौधरी २ मा टीकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल , ४ मा बद्री बस्नेत, ५ मा उद्दब थापा ६ मा कृष्ण बुढाथोकी , ७ मा गम्भीर दनुवार, ८ मा राज कुमार राउत,९ मा राज कुमार दनुवार १० मा प्रकाश् खड्का ११ मा सुमन्त कोइराला , १२ चुडा काफ्ले,१३ मानबिन चौधरी १४ मा गिता मगर,१५ नीर...
करेन्ट लागरेर थापाको मृत्यु

करेन्ट लागरेर थापाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको करेन्ट लागेर मृत्यु भएको हो । थापा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा लागूऔषध सहित राई पक्राउ

उदयपुरमा लागूऔषध सहित राई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १२ उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थानका ३० बर्षीय रेगन राई रहेका छन् । हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ रुपैँया सहित पक्राउ गरेको हो । साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेको राईको थप आनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुई जना र मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट एक जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० स्थित राजमार्गमा डब्लु बी ७४ वाई ७७८२ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गरेका थिए । चेक जाँच गर्ने क्रममा स्कुटर चालक मेचीनगर–६ का ३२ वर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ वर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध निट्रोसन–टेन ९५–चक्की र फिभोन स्पास प्लस–२०८ क्याप्सुल फेला परेको हो । यसैगरी, आज बिहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नग...
अबैध भन्सार छलिका सामान बरामद

अबैध भन्सार छलिका सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० रुपैयाँ बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लागुऔषध मुद्दामा कैद तथा जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दामा कैद तथा जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख १२ । सुनसरीको धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सोहि स्थानका ४६ वर्षीय यज्ञ बहादुर खडकालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ वर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैयाँ जरीवाना तोकिएकोमा खडका फरार रहेको थिए । फरार खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह आर.आइ.टी.बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १२ जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ । नेपालको कूल गार्हस्थ उत्पादन ९जिडिपी०मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७÷०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात ...
झापामा युवालाई स्वरोजगार अनुदान

झापामा युवालाई स्वरोजगार अनुदान

Breaking News 3, समाचार
काठमाडौं, वैशाख १२ । कृषि ज्ञान केन्द्र झापाले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन ३० युवालाई प्रोत्साहन गर्ने उद्देश्यले रु एक लाखका दरले अनुदान दिने भएको छ । वैदेशिक रोजगारबाट स्वदेशी फर्किएका र बेरोजगार अवस्थामा रहेका जिल्लाका १८ वर्षदेखि ५० वर्षसम्मकालाई स्वरोजगार बनाउन सो रकम अनुदान दिने भएको हो । प्रदेश नम्बर १ को सरकारले च्याउ, मह र तरकारी खेतीका लागि सो रकम कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराएको छ । केन्द्रले जिल्लास्तरीय लाभग्राही छनोट समितिमार्फत धमाधम युवाले भरेको फार्मको आधारमा बेरोजगारको पहिचान गरी आइतबार छनोट गरेको छ । छनोटमा परेका युवालाई सो रकम प्रदान गरेर कृषिमा प्रोत्साहन गर्न लागेको ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जानकारी दिनुभयो । ज्ञान केन्द्रका प्रमुख सागर विष्ट अध्यक्ष रहेको समितिमा आन्तरिक कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, जिल्ला भेटनरी अस्पाल...
साढे ६ लाख नगदसहित ७ जुवाडे पक्राउ

साढे ६ लाख नगदसहित ७ जुवाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । ६ लाख ४१ हजार नगदसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । आइतवार मोरङको ग्रामथान गाउँपालिका–४ कटहराबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका हुन् । सो स्थानमा एक वर्षदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि यसअघि पटक–पटक प्रयास गर्दा प्रहरी असफल भएको थियो । पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको ...
नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १२ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गर्नुभएको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो । द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली स...