Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

गोदाममा आगलागी हुँदा करोडौँको सामान जलेर नष्ट

गोदाममा आगलागी हुँदा करोडौँको सामान जलेर नष्ट

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १२ मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उहाँले प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको बताउनुभयो । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उहाँले जानकारी दिनुभयो । (रासस)  ...
गठबन्धनबाट त्रिगुगा -११ मा कालिदास राई (किसन) काे टिकट निश्चित

गठबन्धनबाट त्रिगुगा -११ मा कालिदास राई (किसन) काे टिकट निश्चित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ । गठबन्धनकाे तर्फबाट त्रियुगा - ११ वडामा नेकपा (एस) काे नगर सचिवालय सदस्य  कालिदास राई (किसन) काे वडाध्यक्ष पदमा निश्चित भएकाे छ । गठबन्धनकाे तर्फबाट निर्णय टुङ्गाे लगाउदै आज ११ नं. वडा नेकपा एसकाे भागमा परेकाे हाे । नेकपा एसले  युवा समाजसेवी तथा पार्टिका नगर सचिवालय सदस्य राईलाई टिकट दिएकाे हाे । पार्टिप्रति ईमान्दार तथा समाजसेवामा समर्पित युवा उनले आफ्नाे देश-विदेशसम्मकाे कार्य अनुभवलाई वडाबासीकाे हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् । वडाकाे नेतृत्व गर्न पाएमा गाईघाट बजारकाे सरसफाई, बजार ब्यवस्थापनसंगै सिङ्गाे वडाकाे शिक्षा, स्वास्थ्य, युवा राेजगार, कृषि, पर्यटनमा जाेड दिने उनले बताए । साथै खेलकुद, साहित्य, मनाेरञ्जनकाे क्षेत्रमा विशिष्ट ढंगले काम गर्ने बताए । गाईघाटबजार सिङ्गाे जिल्लाकाे मुटु, कन्द्र रहेकाे र याे सिङ्गाे जिल्लाकै मानिसकाे भावनासंग जाेडिएकाेले...
सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

Breaking News 2, समाचार
काठमाडौं, वैशाख १२ गते । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो । अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुग...
लिम्चुङबुङकाे अध्यक्ष उम्मेदवारमा मेजर राई निश्चित

लिम्चुङबुङकाे अध्यक्ष उम्मेदवारमा मेजर राई निश्चित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ । उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाकाे अध्यक्ष उम्मेदवारमा मेजर राई (मिजास) काे टिकट निश्चित भएकाे छ । गठबनणधनकाे तर्फबाट राईकाे अध्यक्ष उम्मेद्वार निश्चित भएकाे हाे । गठबन्धनकाे हिजाेकाे जिल्ला बैठकले सबै पालिकाकाे भागबण्डा मिलाएसंगै लिम्चुङबुङ मुख्य पद नेकपा माओवादी केन्द्रकाे परेसंगै पार्टीकाे निर्णयले मेजर अध्यक्षमा निश्चित भएका हुन् । जनताबीच विकासका कारण लाेकप्रिय उनी निबर्तमान अध्यक्ष हुन् । पार्टि पद्धतीमा केही आलाेचित बनेपनि जनता र जन्मभुमिप्रतिकाे प्रतिबद्धता र लाेकप्रियताकाे कारण उनैले टिकट पाएका हुन् । उनकाे टिकटकाे विषयलाई लिएर पालिकादेखि देश विदेशसम्मबाट जनदवाव थियाे । लिम्चुङबुङ र लिम्चसङबसङबासीकाे उज्यालाे भविष्यका लागि आधारस्तम्भ खडा गरि एक कदम अघि बढिसकेका उनलाई एक पटक पालिकाकाे नेतृत्व दाेहाेर्याउन दिनु पर्ने माग र बाैद्धिक टिप्पणीहरु सामाजिक सञ्जालम...
कांग्रेस घोषणा पत्रमा विसं २०७४ देखि २०७९ सम्मको मूल्याङ्कन

कांग्रेस घोषणा पत्रमा विसं २०७४ देखि २०७९ सम्मको मूल्याङ्कन

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख ११ गते । नेपाली कांग्रेसले विसं २०७४ मा भएको स्थानीय सरकारको निर्वाचनदेखि विसं २०७९ सम्मको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दाको पाँच वर्षको अवधिको मूल्याङ्कन गरी अघि बढ्नुपर्ने जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा राजनीति कुन ठाउँमा थियो र कसरी यहाँसम्म आइपुगेको भन्ने सम्बन्धमा कुन पार्टीले कस्तो भूमिका निर्वाह ग¥यो भन्ने वस्तुनिष्ठ विश्लेषण गर्न सकियो भने मात्र मतदानको सही निर्णय गरेर मुलुकलाई समुन्नति र विकासको बाटोमा अगाडि बढाउन सकिने उल्लेख छ । निर्वाचनमा कुनै पनि दललाई छनौट गर्ने धेरै आधार हुन्छन् तर मुख्य आधार उसले अघिल्लो निर्वाचनमा पाएको जिम्मेवारी र आफ्नो संवैधानिक दायित्वलाई कसरी पूरा ग¥यो भन्ने मूल्याङ्कन हुनुपर्छ । विसं २०७४ मा भएक...
फरार महिला पक्राउपछि कारागार चलान

फरार महिला पक्राउपछि कारागार चलान

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ११ गते । बैंकिङ कसूर मुद्दाका फरार एक महिलालाई प्रहरीले पक्राउ गरी आज जिल्ला कारागार चलान गरेको छ । मस्र्याङ्दी गाउँपालिका–७ सिम्पानी घर रहेका ४१ वर्षीय विमला बर्दियालाई जिल्ला कारागार लमजुङमा चलान गरेको हो । ललितपुर जिल्लामा लुकीछिपी बसेको छ भन्ने सूचनाका आधारमा उक्त स्थानीय प्रहरीको समन्वयमा बर्दियालाई शनिबार उक्त जिल्लाबाट पक्राउ गरी लमजुङमा ल्याई आज जिल्ला अदालतमा लगेपछि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार बर्दियालाई उच्च अदालत पाटनले विसं २०७८ पुस २६ गते र विसं २०७७ फागुन १७ गतेको फैसलानुसार पक्राउ गरेको हो । “जेल चलाउन भएका महिलाले रु ४४ लाख ९१ हजार ९०० र सात दिन कैद सजाय भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, “सात दिन कारागारमा बसेपछि उक्त रकम त...
एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

एसईई परीक्षा : ८० विद्यार्थी निष्कासित

Breaking News 3, शिक्षा, समाचार
काठमाडौं, वैशाख ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिठ, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो । सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिनुभयो । यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एका...
युवाको हत्या आरोपमा तीन पक्राउ

युवाको हत्या आरोपमा तीन पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ११ गते । नहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आज...
त्रियुगामा मेयर पदका लागि आज ककस्ले गराए उम्मेदवारी मनोनयन दर्ता

त्रियुगामा मेयर पदका लागि आज ककस्ले गराए उम्मेदवारी मनोनयन दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ त्रियुगा नगरपालिकामा आज मेयर पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका छन् । एकजना पार्टीबाट र दुई जना स्वतन्त्र गरी ३ जनाले उम्मेदावरी मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालय उदयपुरका अनुसार आईतबार बलदेव चौधरी सहित ३ जनाले मेयर पदका लागि उम्मेदावरी मनोनयन दर्ता गराएका छन् । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा मनोनयन दर्ता गराएका हुन् । एकीकृत समाजवादी पार्टीबाट वलदे चौधरीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य दुई जना चित्र कुमार कार्की र नारायण बहादुर खड्काले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनिहरुले मनोनयनको पहिलो दिननै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।...
कटारीमा एमाले बाट भिम कुमारी राउतले दिईन् बागी उम्मेदारी

कटारीमा एमाले बाट भिम कुमारी राउतले दिईन् बागी उम्मेदारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ११ कटारी नगरपालिकाकी उपमेयर समेत रहेकी भिम कुमारी राउतले एमाले बाट बागी उम्मेदवारी दिएकी छिन् । राउतले आजै निर्वाचन कार्यालयमा मनोनयन दर्ता समेत गराएकी छिन् । एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई टिकट दिएपछि असन्तुष्ट रहेकी राउतले महिलालाई पार्टीले उपेक्षा गरेको भन्दै विद्रोह स्वरुप बागी उम्मेदवारी दिएको जनाईन् । पार्टीमा लामो समय लगानी र योगदान रहेपनि एमालेले महिलाहरुलाई अगाडी बढाउन नचाहेकाले आफ्नै निर्णय बाट जनतामा जाने निर्णय गरेकी जनाईन् । उनले आफ्नो विद्रोहले पार्टीमा रहेकी अन्य महिलाहरुलाई पनि अगाडी बढ्न हौसालो मिल्ने जनाईन् । उनले आफुलाई जति असहयोग भएपनि पार्टी नछाड्ने त्यस्ता कार्यको विरोध गर्दै अगाढी बढ्ने जनाईन् । राउत नेकपा एमालेका पुराना नेतृ पनि हुन् ।...