Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरको तालमेल बारे प्रदेश समितिले निर्णय गर्ने

उदयपुरको तालमेल बारे प्रदेश समितिले निर्णय गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय भएपनि स्थानीय तहमा आकाङ्क्षी बड्दै गएपछि सत्तारूढ दललाइ ब्यबस्थापन गर्न सकस परेको छ । उदयपुर मा गठबंधन गर्न दलहरू सहमत भएपनी सिट बाडफाट लगायतमा सहमति नभएपछि प्रदेश समितिले गरेको निर्णय मान्न सहमत भएका छन । आज बसेको गठबन्धनको बैठकमा गठबन्धन को मोडालिटी , सिट बाडफाट लगायतमा सहमती नभएपछी प्रदेश समितिले गरेको निर्णय मान्ने सहमति गर्दै प्रदेश समिति लाई सो निर्णयको जानकारी गराएका हुन । बैठकमा सहभागी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुरेश राई हिमालले गठबन्धन गर्ने अधिकार प्रदेश समिति लाई दिएको बताए । उनले अगाडि भने” गठबन्धन आबश्यक हो भन्नेमा सबै दल सहमत भएपनी केही प्राबिधिक कुरा मा सहमति हुन नसकेकाले प्रदेश मा पठाउने निर्णय गरेका हो । उदयपुर मा केन्द्र को निर्णय अनुसार गठबन्धन गर्न दलहरू एकमत देखिएका छन् । तर द...
आफ्नै क्षेत्रमा ओलीलाई चुनाब जित्न सकस : सत्ता गठबन्धन र राप्रपा बीच चुनाबी तालमेल

आफ्नै क्षेत्रमा ओलीलाई चुनाब जित्न सकस : सत्ता गठबन्धन र राप्रपा बीच चुनाबी तालमेल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिको निर्वाचन क्षेत्र झापामा सत्ता गठबन्धन र राप्रपा बीच तालमेल गरेर अघि बढ्ने सहमती भएको छ । दुई दिन अगाडि इटहरीमा बसेको गठबन्धन दलको बैठकमा चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको हो । बैठकमा भएको निर्णयबारे जानकारी दिँदै राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ । झापामा राप्रपाको बलियो उपस्थिति छ । यो निर्णयसंगै अब झापामा एमालेलाई चुनाब जित्न कठिन हुने अनुमान गर्न सकिन्छ ।...
चितुवाको छालासहित बूढानीलकण्ठबाट चार जना पक्राउ

चितुवाको छालासहित बूढानीलकण्ठबाट चार जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौं, वैशाख ४ नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४.३ फिट ...
जीप दुर्घटनामा एकै ठाउँका पाँच जनाको मृत्यु, चालक सहित ६ जना घाईते

जीप दुर्घटनामा एकै ठाउँका पाँच जनाको मृत्यु, चालक सहित ६ जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौं, वैशाख ४ स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् । घाइतेको वालि...
पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

Breaking News 2
काठमाडौं, वैशाख ४  कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उहाँ तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्नुहुन्छ । छ वर्षदेखि नै सो काममा संलग्न उहाँले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आउनुभएको छ । “श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ”, उहाँले भन्नुभयो । ...
लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

Breaking News 3, पर्यटन, समाचार
काठमाडौं, वैशाख ४ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ । नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र यही वैशाख २६ गते प्राणप्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । घाँटीभन्दामाथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रिव भनिन्छ । ह्यग्रिव अवतार लिनुभएका भगवान् विष्णुले हरण भएको वेदको रक्षा गरेर पुनः ब्रह्मालाई दिनुभएको विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेकाले भगवान् विष्णुले ह्यग्रिव रुप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको कुरा विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रिव मन्दिरका संस्थापक रुरु पीठाधीश...
पुरस्कारका लागि अक्षय कोष स्थापना

पुरस्कारका लागि अक्षय कोष स्थापना

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ४ गते । नेपाल प्रेस युनियन सुनसरी शाखाले रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ ।शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो । अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गर्नुभएको हो । रासस...
पानीमा डुबी बालिकाको मृत्यु

पानीमा डुबी बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । पानीमा डुबेर झापाको अर्जुनधारामा एक जना बालिकाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–४ दही झोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको ज्यान गएको हो । शनिवार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३ सय मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।...
११ जना बोकेको जीप दुर्घटना : ४ जना अचेत अवस्थामा

११ जना बोकेको जीप दुर्घटना : ४ जना अचेत अवस्थामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । ११ जना बोकेको जीप दुर्घटना भएको छ । स्याङजाको वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
अझै कमी भएन लागुपदार्थ प्रयोगकर्ता, लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चार चालक पक्राउ

अझै कमी भएन लागुपदार्थ प्रयोगकर्ता, लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चार चालक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो । जाँचका क्रममा शङ्कास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–४ का ४२ वर्षीय महेश्वर श्रेष्ठ, रोतहटको गौर गाउँपालिका–१२ का ३६ वर्षीय गौरव सापकोटा, सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २४ वर्षीय राजकुमार बस्नेत र काठमाडौँको शङ्खरापुर नपा–२ का २७ वर्षीय विक्रम विष्ट रहेका छन् । उनीहरुलाई काभ्रे जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइयो । गत सा...