Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच

Breaking News 3, समाचार
काठामण्डौँ, बैशाख ५ साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली ९साविक वडा नं ६० सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए ।दुई घन्टाभन्दा बढी समय बलेकोे दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो । त्यसपछि सेतो, पहेँलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घ...
जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

Breaking News 1, समाचार
काठामण्डौँ, बैशाख ५ स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । (रासस)...
रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ५        बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिनुभएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको छ । भट्टद्धय र साउद झारफुकको काम गर्छन् । यसैगरी स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगअन्र्तगत उजुरी परेको छ । जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडी बढाएको छ । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ । ...
विश्वमा वीणा उल्का वर्षा आजदेखि :  नेपालमा ९ गते राति देखिने

विश्वमा वीणा उल्का वर्षा आजदेखि : नेपालमा ९ गते राति देखिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ५ सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उहाँले बताउनुभयो । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन...
त्रियुगा उद्याेग वाणिज्य संघकाे केन्द्रमा आधिकारिक सहभागिता

त्रियुगा उद्याेग वाणिज्य संघकाे केन्द्रमा आधिकारिक सहभागिता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख ४ । त्रियुगा उद्याेग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली नेपाल उद्याेग वाणिज्य महासंघकाे वाणिज्य दिवस तथा साधारणसभामा आधिकारिक प्रतिनिधीकाे रुपमा भाग लिएर जिल्ला फर्किएका छन् । चैत्र २८ र २९ गते काठमाडाैमा सम्पन्न कार्यक्रममा संघकाे तर्फबाट मुख्य प्रतिनिधीकाे रुपमा सहभागी भएका हुन् । प्रतिनिधिकाे रुपमा प्रथम उपाध्यक्ष नवीन बस्नेत र सचिव रुपम अनुराग गुप्ता सहभागी थिए । महासंघ केन्द्रले आधिकारिकता दिईसकेकाे रसाईली नेतृत्वकाे संघले महासंघकाे सबैजसाे कार्यक्रमहरुमा भाग लिदै आएकाे छ भने त्रियुगा नगर क्षेत्रमा बजार, उद्याेग, व्यापारसंग सम्बन्धित कार्यक्रमहरु अगाडि बढाउदै आएकाे छ । हाल १० दिने कर सम्बन्धी तालिम सञ्चालन गरिरहेकाे संघले गाईघाट क्षेत्रमा विग्रेका सिसि क्यामेराहरु सञ्चालनकाे पहलमा जुटेकाे जनाएकाे छ । अध्यक्ष रसाईलीका अनुसार सिसि क्यामेरा मर्मत, सम्भारसमेत ...
राससकर्मी दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयको ‘स्वर्ण पदक’

राससकर्मी दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयको ‘स्वर्ण पदक’

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ (स्वर्ण पदक) प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०० मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन एन्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा प्रथम भएबापत सो पदक प्रदान गरेको हो । विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)मा पत्रकारिता गर्दै आउनुभएका उहाँलाई विश्वविद्यायद्वारा यहाँ आज आयोजित ‘दसौँ दीक्षान्त समारोह’मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौँका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रूइतले पदक प्रदान गर्नुभयो । रैनादेवी छहरा–५, मुझुङ्ग, पाल्पामा जन्मिनुभएका दर्नालले सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएबापत ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्का...
नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा

नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ सुदूरपश्चिम प्र्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले डडेल्धुरा पुगेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुदूरपश्चिमका नौवटै जिल्लामा नमूना कार्य गरेर देखाउने बाचा गर्नुभयो । सुदूरपश्चिम अझै पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि रहेको बताउँदै उहाँले जनतामुखी बजेट ल्याउन सबै क्षेत्रका विज्ञ व्यक्तिसँग छलफल गरिरहेको जानकारी दिनुभयो । जिल्ला सदरमुुकाम पुगेका सामाजिक विकासमन्त्री बोहराको जिल्लावासीले अभिनन्दनसमेत गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका अमरगढी–३ चमसाल घर भएका गोविन्दराज बोहरा पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन् । स्वास्थ्यका क्षेत्रमा आफ...
चुनाबमा गठबन्धन खिचडी सरह : हृदयेश त्रिपाठी

चुनाबमा गठबन्धन खिचडी सरह : हृदयेश त्रिपाठी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ४ । जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्बमन्त्री हृदयेश त्रीपाठीले स्थानीय चुनाबलाई संवैधानिक कर्तब्यको रुपमा स्विकार गरेको बताएका छन् । उनले स्थानीय चुनावलाई आवधिक चुनावको रुपमा लिदै संविधानलाई बचाउन भाग लिएको बताए । उनी चुनावमा हुने गठबन्धनको बिपक्षमा देखिएका छन् । गाइघाटमा आज पत्रकार सम्मेलनमा बोल्दै त्रीपाठीले गठबन्धन खिचडी सरह हुने दाबी गरे । उनले आफ्नो पार्टीले कोहिसँग पनि चुनावी तालमेल नगरेको बताए । उनले थपे – कसैले गठबन्धन गर्छ भने त्यसमा हाम्रो कुनै आपत्ति छैन । पत्रकारले सोधेको प्रश्नको जबाफ दिने क्रममा उनले पार्टीले चुनाबमा आशातित परिणाम नल्याए पनि चुनाबमा जाने बताएका थिए । उनले खेलमा सहभागी भैसके पछि हारजित स्वीकार गर्नुपर्ने भन्दै चुनाबमा जित मात्रै नहुने धारणा राखेका थिए । मधेस राजनीतिमा राम्रो पकड भएका त्रीपाठी अघिल्लो चुनाबमा सुर्य चुनाब ...
बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, बैशाख ४ नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । “नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिस...
भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो । आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो । उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो । सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ । “कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले ...