Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड

Breaking News 3, राजनीति, समाचार
कमाठमाण्डौँ, बैशाख ५ सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले एक÷एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उहाँले जानकारी दिनुभयो । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।...
निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
कामाठमाण्डौँ, बैशाख ५ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ । “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो रु भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।” नेकपा(माओवादी केन्द्र) द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी रु भन्ने प्रश्नको जिज्ञासामा भन्नुभयो, “विप्लब समूहलाई निर्वाचनमा कसरी सह...
बेलकाको २ नम्बर वडामा काङ्ग्रेसका सार्कीले बागी उम्मेदवार दिने

बेलकाको २ नम्बर वडामा काङ्ग्रेसका सार्कीले बागी उम्मेदवार दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । उदयपुरको बेलका नगरपालिका–२ भगलपुरका खड्ग बहादुर सार्की पुराना काङ्ग्रेसका स्थानीय नेता हुन । उनलाई गाउका सबैले काङ्ग्रेसको नेता भनेर नै चिन्छ्न । उनले पनि नेपाली काङ्ग्रेसको लागि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेका छन । उनलाई नेपालको लागि केही गर्ने पार्टी नेपाली काङ्ग्रेस नै हो भन्ने विश्वास लागेको थियो । उनले त्यति धेरै विश्वास गरेको पार्टीले नै उनलाई अहिले धोका दिएको छ । सार्कीले स्थानीय चुनाव घोषणा हुनुभन्दा अघिदेखि नै वडा अध्यक्षमा आफ्नो दाबी रहेको स्थानीय तहका नेतालाई जानकारी गराएका थिए । नेताहरुले पनि उनलाई नै टिकट दिने आश्वासन दिएका थिए । आफुले विश्वास गरेर लागेको पार्टीका नेताबाट ग्रीन सिग्नल पाएपछि उनी चुनाबमा आफुलाई जिताउनु पर्छ भन्दै जनता सग भोट माग्न दिनरात खटेका थिए । तर सिफारिस गर्ने बेलामा उनको नाम नराखी मिश्रीलाल चौधरी र ज्ञाननाथ कट्टेलको नाम स...
विसं २०७८ : प्राकृतिक विपत्तिले सताएको वर्ष

विसं २०७८ : प्राकृतिक विपत्तिले सताएको वर्ष

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ५ मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत वर्ष काठमाडौँसम्म आइ त आइपुग्यो तर लामो समय रहन भने सकेन । मनसुन सुरु भएकै दिन गत असार १ गते सिन्धुपाल्चोकमा भिषण बाढी आयो । वर्षाको आगमन नहुँदै त्यसरी भिषण बाढी आउला भन्ने कल्पनासम्म पनि थिएन स्थानीयको । त्यस दिनको बाढीले यति बिपत्ति ल्याइदियो कि यहाँका कैयौँ स्थानीयको ज्यान लियो र भौतिक सम्पत्ति नष्ट गरिदियो । यी स्थानीयको सपनासँगै काठमाडौँवासीको सपना पनि त्यो बाढीले बगाइदियो । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका केही संरचना नै बगाइदियो । त्यसदिन हेलम्बु र मेलम्चीवासी कहालीलाग्दो विपद्मा परे । ठूलो जनधनको क्षति भयो । कैयौँका थातथलो मेलम्ची नदीको बगरभित्रै विलाएर गयो भने केहीको ब...
सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

Breaking News 2, समाचार
काठामण्डौँ, बैशाख ५ नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी ९इभी० साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौँ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । विद्युतीय सवारी साधन प्रयोग गर्दा वार्षिक रुपमा रु एक करोड बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः विद्युतीय सवारी साधन प्रयोग गरून् भन्ने ध्येयका साथ प्राधिकरणले विद्युतीय सवारीतर्फको यात्रा अगाडि बढाएको हो । प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा ३१२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा २१६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । सो सवारीमा ३...
विराटनगरबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

विराटनगरबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको २० प ५०१० नम्बरको मोटरसाइकल चारी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डललाई प्रहरीले पक्राउ गरको हो । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । यही वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा विप्लब पक्षबाट पनि निर्वाचन लड्ने भएको छ । एकीकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजबादी व्यवस्था स्थापना गर्ने दाबी गर्दै विप्लब पक्ष चुनाब लड्ने मैदानमा उत्रिएको हो । पूर्णपुष्टि खबरको कार्यक्रम चुनाबी सम्बादमा यो पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले जिल्लामा पनि पार्टी चुनाबमा सरिक हुने बताएका छन । पार्टीले स्वतन्त्र उम्मेदवार खडा गर्ने बताउदैँ उनले भने “ हाम्रो पार्टीले चुनाबमा देशभक्त उम्मेदवार खडा गर्नुका साथै : एमसीसी बिरोधि उम्मेदवार लाई सहयोग गर्छ ।” उक्त कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी पौडेलले राजनीतिक दल दलालको कब्जामा गैसकेको आरोप लगाउदैँ इमानदार कार्यक्रताले चुनाब जित्ने अवस्था नरहेको आरोप लगाएका थिए । साथै उनले यस जिल्लामा स्थानीय चुनाबमा कुनै पनि हालतमा : एमसीसी पक्षध...
आसाममा चट्याङ लागेर १४ को मृत्यु

आसाममा चट्याङ लागेर १४ को मृत्यु

Breaking News 3, समाचार, संसार
काठामण्डौँ, बैशाख ५ भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो । आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ । (रासस)...
बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

Breaking News 3, पर्यटन, समाचार
काठामण्डौँ, बैशाख ५ अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताउनुभयो । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भन्नुभयो । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । “चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमे...
उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

उदयपुरमा २८ दलले स्थानीय निर्वाचमा प्रतिस्पर्धा गर्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । जिल्ला निर्वाचन कार्यालय उदपुरमा स्थानीय तहको निर्वाचन लागि २८ दलले नाम दर्ता गराएका छन् । जिल्लाको आठ वटै स्थानीय तहबाट २८ दलले चुनाब जित्न लक्ष्यसहित नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनसार स्थानीय निर्वाचन प्रयोजनका लागि २२ दल दर्ता भएका छन, भने रास्ट्रीय मान्यता प्राप्त दलले जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुनु पर्दैन । जस अनुसार जिल्लामा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र , नेकपा एस , जनता समाजबादी पार्टी , र लोकतान्त्रिक समाजबादी पार्टीसहित जनमोर्चा नेपाल, रा. प्र. पा., मौलिक जरोकिलो पार्टी , मङ्गोल नेशनल अर्गनाइजेसन , जनमत पार्टी , नेकपा माले, सचेत नेपाली पार्टी लगायतका दल चुनाबमा सहभागी हुने छन । जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले दर्ता भएका दलले मात्र चुनाबमा भाग लिन पाउने भएकाले अब जिल्लामा २८ दलले मात्र भाग ...