Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । त्रियुगा नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट ६ जना उमेदवार सिफारीस भएको छ । स्थानीय तहको चुनावमा वसन्त बस्नेत, प्रकाश खड्का ,सरोज बस्नेत, देबी चौधरी, भिमचन्द्र राई र राकेश खत्रीको नाम सिफारीस गरिएको हो । वैशाख ४ गते बसेको नगर समितिको बैठकले उनीहरु ६ जनालाई मेयर पदको लागि सिफारीस गरिएको नेपाली काङ्ग्रेस नगर सचिब केशव पौडेलले जानकारी दिए । नगरप्रमुखमा सिफारिस भएका मध्ये वसन्त बस्नेत ०७४ को चुनाबमा झिनो मतले मेयरमा पराजित भएका थिए । यस्तै, देबी चौधरी त्रियुगा नगरपालिकाको बहालवाला उप–प्रमुख हुन भने प्रकाश खड्का नेपाली काङ्ग्रेसको त्रियुगा नगरसभापती तथा १० न. वडाका वडाध्यक्ष हुन् । सरोज बस्नेत पुर्ब नगर सभापती हुन भने भिमचन्द्र राई जिल्ला उपसभापति हुन । राकेश खत्री नेबिसङ्घका पूर्ब केन्द्रीय सदस्य हुन् । जिल्लामा सत्तारुढ दलले चुनाबी तालमेल गरेर जाने तय...
४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए । स्थानीय निर्वाचनको लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको छ ।...
विराटनगरमा आगलागीहुँदा चार पसल जलेर पूर्णरूपमा नष्ट

विराटनगरमा आगलागीहुँदा चार पसल जलेर पूर्णरूपमा नष्ट

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ६ विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिनुभयो । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ । (रासस)...
उदयपुरमा आजबाट कृषिगणना सुरु

उदयपुरमा आजबाट कृषिगणना सुरु

Breaking News 1, समाचार
पुजा राजधामी उदयपुर, वैशाख ६ गते । आजबाट देशैभर साँतौ राष्ट्रि कृषि जनगणना सुरु भएसंगै उदयपुरमा पनि गणना आरम्भ भएको छ । जिल्लाको आठवटै पालिकामा १६ सुपरिपेक्षक र ६० जना गणकबाट कृषिगणना सुरु गरिएको हो । २०७९ वैशाख ६ गतेबाट सुरु भएको गणना जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषीगणना अधिकृत शिवनारायन महतोले बताउनु भयो । उहाँका अनुसार प्रत्येक दश/दश वर्षमा हुने कृषिगणना स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने छ । देशमा ३ लाख ५० हजार कृषक परिवारसँग अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीव...
देशैभरका वालवालिकाहरुलाई आज बाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँईदै

देशैभरका वालवालिकाहरुलाई आज बाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँईदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ आज बाट वालवालिकाहरुलाई दोस्रो चरणको भिटामिन (ए) खुवाँईदैछ । देशैभरी रहेका ७७ ओटै जिल्लाका वालावालिकाहरुलाई उक्त भिटामिन खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने माहाशाखाले जनाएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन अन्तर्गत उक्त भिटामिन र जुकाको औषधी खुवाउन लागिएको हो । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयको योजना छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विक...
कृषि जनगणना आज बाट देशैभर सुरु

कृषि जनगणना आज बाट देशैभर सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ६ आज बाट देशैभर साँतौ राष्ट्रिय कृषि जनगणना हुँदैछ । मंगलबार देखी देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने जनाईएको छ । वैशाख ६ देखि १९ सम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक...
४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ५ स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्बाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए । स्थानीय निर्वाचन को लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाईको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको हो ।...
धरानबाट खुकुरी प्रहार गर्ने २ पक्राउ, १ अझै फरार

धरानबाट खुकुरी प्रहार गर्ने २ पक्राउ, १ अझै फरार

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । सुनसरीको धरानमा खुकुरी प्रहार गरी घाइते बनाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१३ का २८ वर्षीया जीवन श्रेष्ठ र धरान–१५ मिलन चोक बस्ने १९ वर्षीया आशिष मुजेललाई प्रहरीले पक्राउ गरेको हो । गत बैशाख १ र २ गते २ अलग अलग खुकुरी प्रहारका घटनामा संलग्न भएको अभियोगमा निजहरूलाई प्रकाउ गरिएको धरानका इन्स्पेक्टर गजेन्द्र रायमाझीले बताएका छन् । जीवनले धरान–१३ कै २७ वर्षका लोकन राईलाई खुकुरी प्रहार गरेका थिए भने आषिशले बसन्त राईलाई खुकुरी प्रहार गरि घाइते बनाएका थिए । प्रहरीले दुई जनालाई ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । त्यस्तै, २ गते धरान–१४ का अर्जुन तामाङलाई धरानका धिरेन लिम्बुले तँ बिशाल हो भन्दै दन्तकाली मन्दिर परिसरमा खुकुरी प्रहार गरेका थिए । उनी हालसम्म फरार रहेका छन् ।...
घरको शिलान्यास गर्ने क्रममा पहिरोले पुरिएर एकको मृत्यु

घरको शिलान्यास गर्ने क्रममा पहिरोले पुरिएर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ५ गते । घर शिलान्यास गर्ने क्रममा पहिरोले पुरिएर पाँचथरमा एकजनाको ज्यान गएको छ । जिल्लाको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा पहिरो झरेर पुरिँदा गोपाल ढुङ्गानाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा ढुङ्गाना पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।...
समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

Breaking News 3, समाचार
कामाठमाण्डौँ, बैशाख ५ समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो । विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार...