प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाउने
काठमाण्डौँ, बैशाख ६
प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ । त्यस्तै छ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खु...









