Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

म्याग्दीमा एमाले बाट निर्बाचित वडाध्यक्ष माओबादी प्रबेश

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष माओबादी केन्द्र प्रबेश गरेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिव भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् । पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए । (रासस)...
उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ७ उदयपुरको गाइघाटमा पत्रकारलाई निर्बाचन आचारसंहिता सम्बन्धि जानकारी दिइएको छ । निर्बाचन कार्यलय उदयपुरद्दारा आयोजना गरिएको उक्त कार्यक्रममा ३० भन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो । कर्मचारी मिलनकेन्द्रको सभाहल बोक्सेमा भएको कार्यक्रमको अध्यक्षता मुख्य निर्बाचन अधिकृत दिपक खनालले गरेका थिए । सो कार्यक्रम मा मुख्य निर्वाचन अधिकृत खनालले निर्बाचन लाई स्वच्छ र निश्पक्ष बनाउन पत्रकारीता क्षेत्रको भुमिका हुने उल्लेख गर्दै निर्बाचन मर्यादित बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादब लगायत जिल्लाका सबै सुरक्षा प्रमुख को उपास्थिती मा भएको कार्यक्रम मा आचारसंहितालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिसयमा समेत छलफल भएको थियो। यस्तै भोलि बैशाख ८ गते उदयपुरका सबै पालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना हुँदै छ भने त्रीयुगा नगरको हकमा भने म...
अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ७ नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो । विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताउनुभयो । “हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रुपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ”, उहाँले भ...
मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु, एक घाईते

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ७ मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो । (रासस)...
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

Breaking News 3, समाचार, साहित्य
काठमाण्डौँ, बैशाख ७ वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण यो...
बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ७ राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् । विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने शर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन् । स्थानीय जोगी किसानले भन्नुभयो, “हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ ।” किसान समुदायले मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु ग...
लिम्चुङबुङमा व्यक्तिगत घटनादर्ता सप्ताह भव्य

लिम्चुङबुङमा व्यक्तिगत घटनादर्ता सप्ताह भव्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ७ लिम्चुङबुङमा व्यक्तिगत घटनादर्ता सप्ताह अभियान भव्य भएको छ । देशैभर रहेको पालिकाहरुले हरेक वर्षको वैशाख १ गते देखि ७ गते सम्म हप्ताभरी मनाउने सप्ताह, लिम्चुङबुङ गाउँपालिकाले पनि बिभिन्न कार्याक्रमको आयोजना गरी मनाएको हो । यस सप्ताहमा बिषेशगरी व्यक्तिगत घटनादर्ता, जन्म, मृत्यु, विवाह, बसाईसराई तथा सम्बन्ध विच्छेद घटनालाई बिषेश प्राथामिकतामा राखेर काम गरिन्छ । व्यक्तिगत घटना तर्दा छुटेको ३५ दिन भित्र निशूल्क रुपमा आफ्नो वडा कार्यालयमा दर्ता गरौँ भन्ने मूल सन्देश तथा सचेतना फैलाउनको लागि सप्ताह कार्यक्रम मनाएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा लिम्चुङबुङ गाउँपालिकाका प्रमुख रुपा राईले बताईन् । सप्ताह अबधिभर पालिकामा बिभिन्न कार्यक्रमहरु रेडियो अन्तरवार्ता, प्रभातफेरी, विद्यार्थीहरुलाई फ्लेक्स मार्फत शन्देस जस्ता महत्वपूर्ण कार्यक्रम गरेकोे राईले बताईन् ।...
लिमचुङबुङ अध्यक्ष बैठक पुस्तिकसहित बेपत्ताको भएको आरोप

लिमचुङबुङ अध्यक्ष बैठक पुस्तिकसहित बेपत्ताको भएको आरोप

राजनीति, समाचार
बराहा, वैशाख ६ लिम्चुमबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बैठक पुस्तिकसहित फरार भएको आरोप छ। नेकपा (माओबादी केन्द्र) को गाउँ कमिटी अध्यक्ष समेत रहेका राई बैठक चलिरहेको बेला माईन्युटसहित हिडेर बेपत्ता रहेको उपाध्यक्ष दिनेश राईको आरोप छ । आसन्न स्थानीयतह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत उम्मेदवार छानेर नाम सिफारिस गर्न सोमबार दिउसो बसेको पार्टी बैठकबाट उठेर हिडेका उनी मंगलबार दिउसो साढे ३ बजेसम्म सम्पर्कविहीन भएको उनले बताए । उनले उम्मेदवार चुन्ने विषय छिनोफानो नगरी कार्यक्रमस्थलबाट हिडेको र पटकपटक बैठकमा आउँन आग्रह गरे पनि नआएको बताए । उम्मेदवारको नाम चयन विषयमा छलफल हुँदा अध्यक्षका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका थिए । सहमति नभएपछि छलफलस्थलबाटै हिडेका उनले बैठकस्थलमा माईन्युट लेख्दै गरेको सहसचिव नन्द राईलाई बोलाएर माईन्युट बुक लिएर हिडेको प्रत्यक्षदर्शी कार्यकर्ताले...
भरतपुर माओबादी र पोखरा समाजबादी लाई

भरतपुर माओबादी र पोखरा समाजबादी लाई

Breaking News 2
पूर्णपुष्टि, बैशाख ६ आज बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबन्डा मिलाएको छ । सहमती अनुसार चितवनको भरतपुर महानगर पालिका माओवादीले पाएको छ । कास्की को पोखरा महानगर पालिका एकीकृत समाज बादीको भागमा परेको छ भने पर्साको बिरगंज महानगर पालिका जनता समाजबादी पार्टीको भागमा परेको छ । यस्तै तीन वटा महानगर काठमाडौ , ललितपुर र बिराटनगर नेपाली काङ्ग्रेसको भागमा परेको छ । महानगरको बाडफाट नमिल्दा गठबन्धन नै भत्किने हो कि भन्ने आशङ्का थियो । तर आजको निर्णय सगै गठबन्धन झन बलियो भएर जाने देखिन्छ । तर गठबन्धन प्रती पार्टीका कार्यक्रता कति इमान्दार हुन्छन त्यसले जितलाइ त्यस्ले जित हारलाइ तय गर्ने देखिन्छ ।...
राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ । रोशन अधिकारी क्षेत्रीको अध्यक्षतामा राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन भएको छ । भु.पु. मन्त्री एवम् राप्रपाका बरिष्ठ नेता हरीबहादुर बस्नेतको संरक्षकत्वमा समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा तारा बस्नेत, उपाध्यक्ष राजन गिरी, सचिव चन्द्रप्रसाद भट्टराई, सहसचिव सरस्वती थापा, कोषाध्यक्ष तारा झा र सहकोषाध्यक्ष विष्णुकुमार अधिकारी रहेका छन् । सदस्यहरुमा रामकुमार राई, विमल पौडेल, दिलबहादुर तामाङ, निगम अधिकारी, महेन्द्र ओझा, देविलाल गिरी, लोकेन्द्र खत्री, गजेन्द्र कार्की, देवराज आचार्य, मन्दीप राई, इ सुशि चौधरी केतमाउा कार्की रहेका छन् । सल्लाहकार समितिमा डा. भरत राउत, समृधी राणा बस्नेत, हरिबहादुर राउत, मानव विष्ट र देव पोखरेल रहेका छन् ।...