हलेसीमा पन्ध्रदिने रामनवमी मेला
खोटाङ, चैत २७ गते ।
रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व...









