Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

Breaking News 3, समाचार
काठमाडौँ, चैत १८ । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । रासस
निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत्र १८ आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ । बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिनुभयो । “अहिले नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबा...
विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो

Breaking News 2, शिक्षा, समाचार
काठमाण्डौँ, चैत १७ मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगँैचा खन्दै थिए । एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या । सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा १ देखि ९ कक्षाका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्दै थिए भने कक्षा १० का १५ छात्रा बारीमा किबी गोड्दै थिए । उनीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत झन्डै तीन रोपनी क्षेत्रमा लगाइएका किबीका बिरुवा गोड्...
भोलि राप्रपा अध्यक्ष लिङ्देन, नायिका रेखा थापा उदयपुर आउदै

भोलि राप्रपा अध्यक्ष लिङ्देन, नायिका रेखा थापा उदयपुर आउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १७ गते । भोलि चैत्र १८ गते गते राप्रपाको सभालाइ सम्बोधन गर्न पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन गाइघाट आउने भएका छन् । स्थानीय चुनाब घोषणा भएसगै यो पार्टीले चुनावी सभालाइ तीब्रता दिदै आएको छ । उदयपुरको गाइघाटमा हुने सभालाइ सम्बोधन गर्न अध्यक्ष लिङ्गेनका साथै वरिष्ठ नेता बिक्रम पाण्डे, प्रबक्ता ग्यानेन्द्र शाही, अभिनेत्री रेखा थापा लगायत आउने तय भएको छ । सभामा धेरै जनता उतार्ने भन्दै राप्रपा उदयपुरले प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टीका शीर्ष नेता सहभागी हुने भएकाले पार्टीले गाइघाट बजार आसपाससम्मै पार्टीका झन्डा राखेर बजारलाई सिगारेको छ ।...
उदयपुर अस्पतालमा संगिता सदाले जन्माइन तिम्ल्याहा बच्चा, बाहिर अस्पताल लैजानुपर्ने कुराले परिवारमा चिन्ता

उदयपुर अस्पतालमा संगिता सदाले जन्माइन तिम्ल्याहा बच्चा, बाहिर अस्पताल लैजानुपर्ने कुराले परिवारमा चिन्ता

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १७ गते । त्रियुगा नगरपालिका १ जोगिदहकी २२ वर्षिया संगिता सदाले आज उदयपुर अस्पतालमा एकैसाथ तीन बच्चालाई जन्म दिएकी छिन् । उनले दुई छोरा र एक छोरीलाई सामान्य प्रसुती सेवाबाट नै जन्म दिएकी हुन् । अस्पतालका प्रमुख डाक्टर मेडिकल सुपरिटेनडेन्ट मेकश झाका अनुसार बच्चाहरुको तौल भने तुलनात्मक हिसावले कमी रहेको छ । बच्चाहरु मध्ये एकजना १ किलो चारसय ग्राम र दुईजना १ किलो एकसय ग्राम तौल रहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । तोकिएको मिति भन्दा केही अगाडी नै बच्चाहरुको जन्म भएको हो । यस्तो अवस्थामा बच्चाहरुको स्वस्थ्यमा समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै बाहिर रेफर गरिने अस्पतालले जनाएको छ । आमाले नियमित गर्भजाँच नगराएको र बच्चाहरुको तौल कमी रहेको पाइएपछि तीनैजना बच्चाहरुलाई एनआइसियु (साना बच्चाको सघन उपचार कक्ष)मै उपचार गर्नुपर्ने अवस्था रहेको अस्तालले जनाएको छ । ...
चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्यो

Breaking News 3, समाचार
काठमाडौँ, चैत १७ । चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा एक हजार ३७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योगहरु दर्ता भएका छन् । सो अवधिमा जिल्लामा ९३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६४९ महिला र ३४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खना...
करणी र ठगी मुद्दाका प्रतिवादी अस्पतालको शौचालयबाटै फरार

करणी र ठगी मुद्दाका प्रतिवादी अस्पतालको शौचालयबाटै फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १७ । करणी र ठगी मुद्दाका प्रतिवादी अस्पतालको शौचालयबाटै फरार भएका छन् । जुम्लाका ३८ वर्षीय हरिमान कामी आज बिहान बाँकेको भेरी अस्पताल नेपालगञ्जको शौचालयबाट फरार भएका थिए । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले कामीलाई पक्राउ गरेको हो । जबरजस्ती करणी र ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका कामीले बुधबार आफू बिरामी भएको बताउँदै आएको हुँदा प्रहरीले बिहीबार बिहान साढे ८ बजेतिर भेरी अस्पताल पु¥याएको थियो । अस्पताल पुगेपछि कामीले आफू शौच लागेको भन्दै शौचालय पसेका थिए । नेपाल–भारत सीमाना क्षेत्रको जंगलतर्फ प्रवेश गर्ने क्रममा उनी पक्राउ परेको एसपी अधिकारीले बताए ।...
मन्त्री चौधरीबाट क्षमा पूजा

मन्त्री चौधरीबाट क्षमा पूजा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो । मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन । मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पु¥याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो । सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ । उह...
पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हिजोको सो बैठकले फेवातालको मापदण्ड ३० मिटरकायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार २३ गते खगेन्द्र सुवेदीलगायतले सर्वोच्चमा रिट हालेका थिए । सो रिट उपर सर्वोच्चले २०७५ वैशाख १६ गते तिनै वटा तहको सरकारलाई निर्देशनात्मक आदेश दिएर विवादलाई टुङ्गो लगाउन भने पनि यसको विवाद टङ्गिन सकेको थिएन । सर्वोच्चको आदेशअनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्दा खेप्दै आएको पोखरा महानगरले ढिलै भए पनि मापदण्ड तोकेको छ । मापदण्ड ६५ मिटर र ३० मिटर व...
म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने युवक पक्राउ

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...