नयाँ नेतृत्वको खोजी
गोठकृष्ण ठकुरी
पूर्णपुष्टि, चैत्र ७
म एक नेपाली नागरिक हुँ । म एक मतदाता हुँ । म अहिले नेतृत्व गरिरहनु भएको सम्पुर्ण दलका तमाम नेता कार्यकर्ताज्युहरुलाई धन्यवाद दिन चाहान्छु । किनकी उहाँहरुले खुनपसिना एक गरेर यो देशको उज्जल भविष्यको सपना देख्नुभयो । सफलता पुर्वक देशलाई लोकतान्त्रिक गणतन्त्रमा अवतरण गराउनु भयो । नेपाली जनतालाई आफुभन्दा पनि सुसुचित गराउनु भयो । अहिले हरेक नेपालीले नागरिकता ग्रहण गरेको छ । हरेक नेपालीले मतदाता परिचय पत्र बनाएको छ । राज्यको नितिनियम अनुसार प्रत्येक व्यक्तिले राजस्व बुझाएको छ । यो देश मेरो हो, मैले नगरे कल्ले गर्छ भन्ने भावना प्रत्येक युवा पुस्तामा जागृत भएको छ । देश भलै प्रविधिमैत्रि नहोला तर प्रत्येक युवापुस्ता आज प्रविधिमैत्रि बनिसकेको छ । युवाहरुले देशको लागि पराई भुमिमा पसिना बगाएर रेमिट्यान्स भित्राएर देशको विकासमा अहम भुमिका निर्वाह गर्नु भएको छ । ...









