Saturday, June 6News That Matters

Author: पूर्णपुष्टि खबर

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

Breaking News 2, समाचार
काठमाडौँ, चैत ८ । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् । गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही मह...
चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

Breaking News 3, समाचार
काठमाडौँ, चैत ८ । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताउनुभयो । कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो । निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उहाँले बताउनुभयो ।् कार...
११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ८ नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा संञ्चालित आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको ५ ओटै वडाहरुमा चैत्र १ देखि सुरु भएको कार्यक्रम सोमवार सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकार र स्वतन्त्रताको बारेमा सचेत गराउन प्रशिक्षणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको अध्यक्ष फडिन्द्रि राईले जानकारी गराए । प्रशिक्षण सँगै ताप्ली गाउँपालिकाको ५ ओटै वडाहरुमा रहेका २९ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रममा पालिकाको ४ नं वडा ठानागाउँमा रहेकी ११० बर्षिया जेष्ठ नागरिक थुप्रिमाया सुनुवार सहित २९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष राईले जनाए । आफ्नो छोराबुहारी सँगै बृद्ध भत्ता खाँदै आएकी सुनुवारलाई कार्यक्र...
हत्या योजना बनाएको अभियोगमा एक जना पक्राउ

हत्या योजना बनाएको अभियोगमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ८ । हत्याको योजना बनाएको अभियोग सर्लाहीका एक युवकलाई प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ बस्ने विश्वराज पोखरेललाई अपराधिक षड्यन्त्र गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए । दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेका पोखरेल पटक–पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइ...
स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

Breaking News 3, समाचार
जनकपुर, चैत ८ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका हुन् । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बने...
गैँडा स्थानान्तरण गर्न अध्ययन

गैँडा स्थानान्तरण गर्न अध्ययन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ८ दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको सङ्ख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो । विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचा...
विश्व पानी दिवस मनाइँदै

विश्व पानी दिवस मनाइँदै

Breaking News 2, समाचार, संसार
काठमाडौँ, चैत ८ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पृथ्वीको दुईतिहा...
नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ८ नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो । दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ । त्यस अवसरमा दु...
मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण

मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवानको श्रद्धाञ्जली अर्पण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ८ मोरङको बिराटनगर–७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ–५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।...
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ८ चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताउनुभयो । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उहाँले बताउनुभयो । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उहाँको जोड छ । वि.सं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताउनुभयो । नेपाल आइपु...