Saturday, June 6News That Matters

Author: पूर्णपुष्टि खबर

पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र ८ उदयपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको विवरण कार्यालयमा उपलब्ध गराईदिन अनुरोध गरेको छ । बिभिन्न खेलहरुमा पदक पाएका खेलाडीहरुको विवरण उपलब्ध गराईदिन उदयपुर जिल्ला खेलकुद विकास समिति कार्यालयले बिभिन्न सम्बन्धित निकायहरुलाई सूचना मार्फत आग्रह गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला कार्यालय, संघ संस्था, खेल प्रशिक्षक तथा खेलाडीहरुलाई सूचना गर्दै यथा सिघ्र विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । कार्यालय प्रमुख प्रकाश राम राईको हस्ताक्षर पत्र मार्फत खेलाडी विवरण उपलब्ध गराईदिन अनुरोध सहित सूचना प्रकाशन गर्दै विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । पत्रमा सबै खेलका राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक पाएका र राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा उप–राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक पाएकाहरुको विवरण उपलब्ध गराउन अनुरोध गर...
अनुकूलन कार्यक्रमले हराभरा हुँदै काभ्रेका पाखा

अनुकूलन कार्यक्रमले हराभरा हुँदै काभ्रेका पाखा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ८ काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ भागवतेमा भूकम्पपछि पानीको मूल सुक्यो । झण्डै २५ धुरीले पानी खाँदै आएको मुहानबाट थोपो आउन छाडेपछि स्थानीयवासी चिन्तित थिए । झण्डै छ वर्षसम्म काकाकूल बनेको उक्त गाउँको पाखापखेरामा वातावरण अनुकूलन कार्यक्रम लागू भएपछि ओसिलो हुन थालेको छ । सुकेका मूलमा पानी देखिन थालेको छ । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र ९सिप्रेड०, इसिमोडलगायतका संस्थाका प्रतिनिधिको प्राविधिक सहयोगमा उक्त सुक्खा पाखामा स्थानीयवासी आफैँले पोखरी खन्ने, ड्याम कस्ने, बिरुवा रोप्ने, स्थानीयस्तरमै उत्पादन भएका बाँसलगायत सामग्रीका साथै तारजालीसमेत लगाएर खोल्छा छेक्ने तथा पोखरीमा पानी जमाउने गर्दा जमिनमा पानी सिञ्चित भएर सुक्खायाममा समेत मूल पलाउन थालेको छ । उक्त कार्यक्रम लिएर सुरुमा प्राविधिक सहयोगका लागि भित्रिएको एउटा संस्थाले मुल पुन...
लेटाङमा मारिएकी महिला प्रहरी जवान श्रेष्ठको गृहजिल्ला उदयपुरमा दाहसंस्कार

लेटाङमा मारिएकी महिला प्रहरी जवान श्रेष्ठको गृहजिल्ला उदयपुरमा दाहसंस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), चैत ८ । मोरङको लेटाङमा कर्तब्यपालनको सिलसिलामा मारिएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको गृहजिल्ला उदयपुरमा मङ्गलबार अन्तिम दाहसंस्कार भएको छ । मृतक श्रेष्ठको घरमै शब लगेर दाहसंस्कार गरिएको जिल्ला प्रहरीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । त्रियुगा नगरपालिका १६ को डिहिटार गाउँस्थित घरमै शब लगेर अन्तिम दाहसंस्कार आज भएको हो । अन्त्यष्टिको भिडियो https://youtu.be/b4qay2m3jQ4 दाह संस्कारको क्रममा मृतक प्रहरीप्रती नेपाल प्रहरीले शोक सलामी दिएको छ । प्रनाउ गौतमको नेतृत्वमा रहेको प्रहरी टोलीले शोक सलामी दिएको हो । खोटाङ जिल्ला माइती भई उदयपुर घर भएकी महिला प्रहरी जवान श्रेष्ठको मृत्युले गाउँनै शोकमा परेको छ । शोकमा परेका परिवारजन, आफन्त, छिमेकी र परसम्मका गाउँलेहरु उनको मलामीमा सहभागि बनेका थिए । घटनास्थलबाट उदयपुर ल्याइएको शब...
उदयपुरको अधेँरी खोलाम झोलुङ्गे पुल बन्ने, प्रदेशसभा सदस्य मगरद्धारा शिलान्यास

उदयपुरको अधेँरी खोलाम झोलुङ्गे पुल बन्ने, प्रदेशसभा सदस्य मगरद्धारा शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा पर्ने अधेँरी खोलामा झोलुङ्गे पुलको शिलान्यास भएको छ । प्रदेशसभा १ का सदस्य नारायण बुर्जामगरले पुलको शिलान्यास गर्नुभएको हो । झोलुङ पुलले अधेँरी, नाङराङे, कौवाई राजावास, कटरबारी, नाम्जे र रमितेलाई मदन भण्डारी राजमार्गसँग जोड्ने छ । उक्त स्थानमा झोलुङ्गे पुल नहुँदा वर्खायाममा अधेँरी खोला पारी रहेका गाउँहरुमा आवत जावत गर्नसमेत समस्य हुँदै आएको थियो । पुल बन्ने भएपछि स्थानीयले छोटो दुरीबाट गाउँ पुग्न पाउने अधेँरी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शोभा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्खायाममा वारी पारी गर्नसमेत समस्या थियो, अब बन्ने झोलुङ्गे पुलबाट मोटरसाइकल समेत आवतजावत गर्न सकिने छ ।’ झोलुङ्गे पुलका प्राविधिक योगेन्द्र श्रेष्ठले प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेटमा ४५ लाख ६४ हजार ४५० रुपैँया विनियोजन गरेक...
इन्डक्सन चुलोेले बदलेका बस्तीका कथा

इन्डक्सन चुलोेले बदलेका बस्तीका कथा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ८ “विद्युतीय चुलोेको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग¥यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ” काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाउनुभयो । तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोेको प्रयोग बढाउने उद्देश्यले गत वर्ष ६०० वटा विद्युतीय चुलोे वितरण गरेको सुनाउँदै लामाले यही चैत १० गते थप एक हजार विद्युतीय चुलोे उपलब्ध गराउने तयारी गरिएको जानकारी दिनुभयो । लामा तेमलालाई धुवाँमुक्त बनाउने अभियानका स्वयंसेवी हुनुहुन्छ । विद्युतीय चुलोेले गृहिणीलाई धेरै राहत दिएको लामाको अनुभव छ । उहाँको मत छ ‘‘नाराले होइन कामले अभियान साकार पार्नुपर्छ ।’’ मासिकरुपमा अधिकतम रु ६४० बराबरको बिजुली मात्रै खर्च भएको आफ्नै अनुभव पनि छ उहाँको । तेमालमा कूल पाँच हजार ५०० घरधुरी छन् । सबैले विद्युतीय चुलोे प्रयोग गर्ने इच्...
महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको प्रशंसा

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको प्रशंसा

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत ८ महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक लिसा शाननले महिलालाई नेपाल र नेपालीले दिएको उच्च सम्मान र उनीहरूको सुरक्षाका निम्ति दर्र्शाएको सद्भाव र प्रतिबद्धता विश्वमै अनुकरणीय भएको बताउनुभएको हो । महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धिको लागि विश्वव्यापी अभियानमा लाग्नुभएका लिजाले ‘विश्वमा दक्षिण एसियाको प्रतिध्वनिः महिला र बालिकाविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मान्यता’ विषयको दक्षिण एसियाल...
दमक गोल्डकपको तयारी पूरा

दमक गोल्डकपको तयारी पूरा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ८ दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने मोफसलकै सर्वाधिक राशिको फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको हो । प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन अर्मी, मनाङ मस्र्याङ्दी, आयोजक दमक–११, बागमती युथ क्लवका साथै भारतस्थित गोर्खा ब्वाइज पुलिस, दार्जलिङको मानेभञ्ज्याङ फुटबल, कोलाकाताको दुर्गापुर सन्डे र क्यामरुनको एमिनियर फुटबल क्लबको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो । बुधबारदेखि सुरु हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लबबीच खेल हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईका अनुसार खेल मैदा...
छात्रामाथि यौन दुव्र्यवहारको विरोध

छात्रामाथि यौन दुव्र्यवहारको विरोध

Breaking News 3, समाचार
कामाडौँ, चैत ८ । मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्र्सना गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गर्नुभयो । सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ÷सङ्घठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसमेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिनसमेत माग गरिएको छ । रासस...
साढे २ करोड ठगी गरी फरार रहेकी एक महिला काठमाडौँबाट पक्राउ

साढे २ करोड ठगी गरी फरार रहेकी एक महिला काठमाडौँबाट पक्राउ

Breaking News Video, समाचार
पूर्णपुष्टि, चैत ८ । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो । श्रेष्ठले पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेको प्रहरी उपरीक्षक मैनालीले बताए । श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन् । श्रेष्ठले पीडितलाई झुक्यानमा पारेर ठगी गरेको आरोप छ । पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन् । श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ ।...
नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत ८ नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् । गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही मह...