शिविरमा एघार सयको स्वास्थ्य जाँच
काठमाडौँ, चैत ९ ।
इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिनुभएको हो ।
इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो ।
दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो ।
इलाम–७ ले गएको व...









