एमाले उदयपुरको नवौँ अधिवेशनको तयारी तिव्र
पूर्णपुष्टि, १० फागुन ।
नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र बनाइएको छ । चैत १३ र १४ गते हुने अधिवेशनका लागि आठ पालिका, ७५ वडा, सल्लाहकार कमिटी र २३ वटा जनसंगठनबाट प्रतिनिधि चयन भईसकेका छन् ।
प्रतिनिधि चयन भएसँगै एमालेले तयारीलाई तिव्र बनाएको हो । अधिवेशनलाई भव्य बनाउन जिम्वेवारी वाँडफाँट अन्र्तगत १२ वटा उपसमिति निर्माण गरी परिचालन गरिएको अध्यक्ष परमेश्वर घिमिरेले बताए । सबै समितिले जिम्वेवारी अनुसार बैठक बसी तयारी थालेको उनले बताए ।
पार्टी अध्यक्ष केपीशर्मा ओलीले उदघाट्न गर्ने अधिवेशनमा सबै क्षेत्रबाट ६०३ जना प्रतिनिधिले सहागिता रहने उनले बताए । उनका अनुसार जिम्वेवारी वाँडफाँट अन्र्तगत राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष परमेश्वर घिमिरे रहेको चार सदस्य, आर्थिक उपसमितिमा उपसचिव भरतबहादुर थापा, प्रतिनिधि व्यवस्थापन उपसमितिमा उपसचिब टेकबहादुर राउत, प्र...









