जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो
पूर्णपुष्टि, असार २१ ।
निर्माणको क्रममा जग नै कमजोर पारिएकाले उदयपुरको एउटा पक्की पुल भत्किएको छ । चौदण्डीगढी नगरपालिका ५ को सिवाई र ६ नं. वडाको बेल्ही जोड्ने त्रियुगाको पक्कीपुल दुईदिन अघि वर्षातमा भत्किएको हो ।
१२ वर्षअघि देखि निर्माण थालिएको पुल भत्किएको हो । निर्माणमा ढिलाई त छदैछ, पुलको जग नै कमजोर पारिएकाले यतिबेला पुल भत्किएको प्राविधिकको भनाई छ । यसमा ठेकेदार कम्पनीको लापरवाही र प्राविधिक कमजोरी रहेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । पुल भत्किनुको खास कारण भने विज्ञटोलीले अनुसन्धान गरेपछि पत्ता लाग्ने उहाँको भनाई छ ।
पुलको दक्षिणतर्फको दुईवटा सपोर्ट स्याप भासिएर तत्किएका छन् । तीनवर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल पटक पटक म्याद थप गर्दै आउदा १२ वर्षमा सकिन लाग्दा फेरी भत्किएको हो । २८५ मिटर लम्बाई र साढे ५ मिटर चौडाई भएको पुल निर...









