Sunday, June 28News That Matters

आर्थिक

उदयपुरको कृषिमा खुसीको खबर : १,८७३ मिटर उचाईको पाखोबारीमा पहिलोपटक चिनो धानको सफल उत्पादन

उदयपुरको कृषिमा खुसीको खबर : १,८७३ मिटर उचाईको पाखोबारीमा पहिलोपटक चिनो धानको सफल उत्पादन

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ । उदयपुरमा पाखोबारीमा पनि धान फल्न थालेको छ । जिल्लाको पहाडी भेगमा सफल परिक्षण नै भएको छ । पश्चिम नेपालको कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु र रोल्पा जस्ता विकट ठाउँमा रैथाने अन्नवालिको रुपमा खेती गरिने चिनो धान उदयपुरको पहाडी भेगमा पनि सफल परिक्षण भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । परिक्षणको क्रममा यो वर्ष सफल उत्पादन भएको चिनो धान जिल्लाको अन्य विभिन्न पहाडी भेगमा पनि उत्पादन हुनसक्ने देखिएको छ । जिल्लाको रौतामाई गाउँपालिका १ को ठाडोखोलामा उत्पादन परिक्षण गरिएको थियो । स्थानीय कृषक युवराज गलान तामाङ (राजु) र हितमान तामाङले आप्mनै पाखोवारीमा यसको खेती परिक्षण उत्पादन गरेका थिए । जेठ महिनामा रापिएको धान अहिले भदौमा फलेको अध्यक्ष थापाले बताउनुभयो । ठाडाखोला गाउँ १ हजार ८ सय ७३ मिटर उचाईमा पर्दछ । कृषकहरुले आफुहरु...
सरकारले २ लाख रोजगारी थप्ने

सरकारले २ लाख रोजगारी थप्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ सरकारले दुई लाख रोजगारी थप्ने तयारी थालेको छ । कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको हो । कम्तीमा दुई लाखका लागि एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएकोमा बजेट थपका लागि समेत गृहकार्य गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले यो कार्यक्रममा कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिन थालेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकामा कोरोनाले स्वदेश वा विदेशमा बेरोजगार सङ्ख्या बढाएकासँगै नयाँ रोजगारीका लागि थप बजेटको विषयमा पनि अर्थ मन्त्रालयसँग कुरा भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको...
आज सनको भाउ बढ्यो

आज सनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २५ आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । सुन तोलामा चार सय रुपैयाले बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९६ हजार ४ सय थियो । त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको संघले जनाएको छ ।...
मुस्ताङको स्याउ बजार पठाउने तयारी

मुस्ताङको स्याउ बजार पठाउने तयारी

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाक्न थालेकाले कृषकहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा लागेका छन् । गत वर्षहरुमा जिल्ला बाहिरबाट कामदार ल्याएर स्याउ टिप्ने गरिएपनि यसवर्ष कोरोना संक्रमणले गर्दा स्याउ टिप्नका लागि स्थानीय नै प्रयोग गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिमका विच स्याउको बगैचा खरिद गर्ने ठेकेदारलाई स्याउ टिप्ने कामदार ल्याउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । स्याउ पाकिसकेको र टिप्ने क्रम सुरु भएकाले टिप्नेदेखि अन्य व्यवस्थापनको काममा स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ । बैठकले स्याउ टिप्नका ल...
बैंकले भुक्तानी अवधिभर घर र गाडी कर्जाको व्याज बढाउन नपाउने

बैंकले भुक्तानी अवधिभर घर र गाडी कर्जाको व्याज बढाउन नपाउने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने नपाउने निर्देशिकामा उल्लेख छ । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए ।...
बिहीबारसम्म बैँकका सबै शाखा खुल्ने

बिहीबारसम्म बैँकका सबै शाखा खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३ बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर विहिबारसम्म खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको छ । सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई जानकारी गराएको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएकाले बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको राष्ट्र बैंकले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आज नेप्से घट्यो

आज नेप्से घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से सोमबार १२.१७ अङ्कले घटेर १४ सय ८७.८१ अङ्कमा झरेको छ । सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ ।  जीवन बीमा समूहको ९२, निर्जीवन बीमा समूहको ४६, उत्पादन र बैंकको १७ अङ्कले र विकास बैंक समूहको शेयर १५ अङ्कले घटेको छ । सोमबार दुई अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरका ५५ लाख ९५ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । समग्र नेप्से घटे पनि उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नै कमाएका छन् ।...
सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ सर्लाहीका कृषकहरुले उखुको करिब २४ करोड रुपैयाँ अझै पाएका छैनन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन  बाँकी रहेको उखु उत्पादक कृषकको गुनासो छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु कृषक र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले अझै दिएको छैन । आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको कृषकहरुको आरोप छ । मिलले उखु विक्रि गरेको पैसा नदिदा आफूहरुको घर व्यवहार चलाउन समस्या भइरहेको कृषकहरुकोे गुनासो छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १८ आज सुनको भाउ तोलाको सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।