Sunday, June 28News That Matters

आर्थिक

आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १३ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२ महिनामै १४ अर्बको खाद्यान्न आयात

२ महिनामै १४ अर्बको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १२ चालु आर्थिक वर्षको दुई महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । त्यस्तै दुई महिनामा छ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ । त्यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको जनाईएको छ ।...
उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

उसिउलीमा थप चर्कियो मजदुर आन्दोलन

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ । उदयपुर सिमेन्ट उद्योग, जलजलेले लकडाउनसंगै कामबाट विदा दिएका मजदुरहरुले पुनः नियुक्तिको माग राख्दै आन्दालित बनेका छन् । गत २ देखि ८ गतेसम्म उद्योगको गेटमा धर्ना बसेका उनीहरुले आज विभिन्न माग राख्दै उद्योग अगाडी नाराजुलुस गरे । मजदुरहरुलाई काममा लगाउनु पर्ने, मजदुर ल्याउनेमा ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्ने र उद्योग घाटामा जानुको कारण छानविन गर्नुपर्ने माग राखेका छन् । उनीहरुको आन्दोलनमा नागरिक समाज तथा उद्योगको प्रदुर्षण क्षेत्रका नागरिकहरुले पनि एकता जनाएका छन् । लकडाउनपछि काममा लगाउने भनेको उद्योगले छ महिना वित्दा पनि काम नदिए पछि खान लाउन समस्या परेको भन्दै मजदुरहरुले पुनः काममा राख्न माग गरेका छन् । “हामी उद्योगकै लागि खटिरहेको मान्छे, लकडाउनको निहु पारेर उद्योगले विदा गर्यो । छ महिना वित्यो, फेरी काममा राख्न उद्योग तयार छैन” मजदुर विष्णु खड्काले भन्नुभयो ...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ११ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १०  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । कोरोना महामारीले ठूलो असर पारेपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो । विप्रेषण आप्रवाहमा २३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणले देखाएको छ । सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स...
आयात २२ प्रतिशतले घट्यो

आयात २२ प्रतिशतले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ९  चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयातमा घटेको छ । भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको हो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो । यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अ...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ९ आज सुनको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।...
लकडाउनमा निकालिएका उदयपुर सिमेन्टका मजदुरहरू पुनः नियुक्तीकाे माग गर्दै आन्दोलित

लकडाउनमा निकालिएका उदयपुर सिमेन्टका मजदुरहरू पुनः नियुक्तीकाे माग गर्दै आन्दोलित

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ६ । देशकै ठूलो सरकारी स्वमित्वको उद्योग, उदयपुर सिमेन्ट उद्योग जलजलेमा छ दिनदेखि निरन्तर मजदुर आन्दोलन चलिरहेको छ । लकडाउनको बेला उद्योगबाट निकालिएका करारका ज्यालादारी मजदुरहरुको आन्दोलन पुनः नियुक्तीको माग गर्दै चलिरहेको हो । उनीहरुले जलजलेस्थित उद्योगको मुख्य गेटमा धर्ना दिदै आएका छन् । गएको चैत ११ गते लकडाउन सुरु भएसंगै करारका एकसय तीन जना मजदुरहरु कामबाट निकालिएका थिए । पुनः नियुक्तीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मजदुर सन्तोष खड्काको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति नै गठन गरेर आन्दोलन अगाडी बढाएका छन् । गत असोज २ गतेदेखि धर्ना कार्यक्रमका साथ आन्दोलनमा उत्रिएका उनीहरुले दैनिकरुपले धर्नाको समय बढाउदै गएका छन् । २ गते विहान १०ः ०० देखि ११ ः ०० बजेसम्म एकघण्टा धर्ना बसेका उनीहरु हरेकदिन आधाघण्टा थप्दै आएका छन् । आज दिउसो २ ः ०० बजेसम्म धर्ना कार्यक्...
कृषि ज्ञान केन्द्र उदयपुरको कार्यक्रम सार्बजनिकिकरण गोष्ठि सम्पन्न

कृषि ज्ञान केन्द्र उदयपुरको कार्यक्रम सार्बजनिकिकरण गोष्ठि सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ४ । कृषि ज्ञान केन्द्र उदयपुरले आज वार्षिक कार्यक्रम सार्बजनिकिकरण गोष्ठीको आयोजना गरी आर्थिक वर्ष २०७७/०७८ को अनुदान प्रवाह हुने मुख्य–मुख्य आयोजना र क्रियाकलापहरुको विवरण सार्बजनिक गरेको छ । केन्द्रले उपभोग तथा प्रशासनिक खर्चसमेत २० बुँदामा समेटि विभिन्न शिर्षकमा ५ करोड ८५ लाख ८९ हजार बजेटको चालु आर्थिक वर्षको कार्यक्रम तथा खर्च सार्बजनिक गरेको हो । केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश विश्वकर्माले गतवर्षको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्दै आगामी कार्यक्रम प्रस्तुत गर्नुभयो । बजेटको हिसावले केन्द्रको प्राथमिकतामा प्राङ्गारिक खेती प्रवद्र्धन अभियान कार्यक्रम, कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्धन कार्यक्रम, व्यवासायिक फलफुल वगैचा स्थापना सहयोग, युवा लक्षीत च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, कृषि बजार तथा संकलन निर्माण, प्राथमिकतामा परेका छन्...
समुन्द्रदेखि सगरमाथा जोड्ने महत्वको सुनकोशी पुलको टेन्डर आह्वान, तराईबाट हलेसीधाम सबैभन्दा छोटो दुरीमा जोडिने

समुन्द्रदेखि सगरमाथा जोड्ने महत्वको सुनकोशी पुलको टेन्डर आह्वान, तराईबाट हलेसीधाम सबैभन्दा छोटो दुरीमा जोडिने

आर्थिक, समाचार
लिम्चुङबुङ भदौ, २८ उदयपुरको सदरमुकाम गाईघाट र खोटाङको हलेसीमा पर्ने पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी धाम सबै भन्दा छोटो दुरीमा जोड्ने सडक अन्तर्गतको सुनकोसीमा पूलको टेन्डर आह्वान आज भएको छ । लिम्चुङबुङ गाउँपालिकाले समुन्द्रदेखि सगरमाथासम्म जोड्ने सडकको नाम दिइएको ( गाईघाट– लिम्चुङबुङ– हलेसी सडक अन्तर्गत लिम्चुङबुङ १ बाँसबोटेको कुनाही र खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको गणेशटार जोडिने सुनकोसी पुलको टेन्डर आह्वान भएको हो । पूर्वाधार मन्त्रालय अन्तर्गत सडक बिभागको पुल माहाशाखाले आजको राजधानी दैनिकमा टेन्डर आह्वानको सूचना प्रकाशन गरेको छ । अध्यक्ष मेजर कुमार राईका अनुसार बहुवर्षिय योजना अन्तर्गत यसबर्ष.२ करोड बजेट सरकारले विनियोजन गरेको थियो । सोहि अनुरुप आज टेन्डर आह्वान भएको हो । दोहोरो सवारीसाधन संञ्चालन हुने २ सयमिटिर लामो पुल निर्माण हुने र तीन बर्षभित्र निर्माण सम्...