पूर्णपुष्टि, भदौ २३
आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पूर्णपुष्टि, भदौ २२
आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से सोमबार १२.१७ अङ्कले घटेर १४ सय ८७.८१ अङ्कमा झरेको छ ।
सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको ९२, निर्जीवन बीमा समूहको ४६, उत्पादन र बैंकको १७ अङ्कले र विकास बैंक समूहको शेयर १५ अङ्कले घटेको छ ।
सोमबार दुई अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरका ५५ लाख ९५ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । समग्र नेप्से घटे पनि उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नै कमाएका छन् ।...
पूर्णपुष्टि, भदौ २२
सर्लाहीका कृषकहरुले उखुको करिब २४ करोड रुपैयाँ अझै पाएका छैनन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक कृषकको गुनासो छ ।
उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु कृषक र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो ।
गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले अझै दिएको छैन । आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको कृषकहरुको आरोप छ ।
मिलले उखु विक्रि गरेको पैसा नदिदा आफूहरुको घर व्यवहार चलाउन समस्या भइरहेको कृषकहरुकोे गुनासो छ ।...
पूर्णपुष्टि, भदौ १८
आज सुनको भाउ तोलाको सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पूर्णपुष्टि, भदाै १८ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासे गाउँका लागि लिफ्टीङ खानेपानी योजना बरदान सावित भएको छ । कुनै पनि पानी मुहानले नभेट्ने र पालिकाको ८ वडाहरु मध्येकै सबैभन्दा बढि खानेपानीको समस्या रहेको बतासे गाउँमा विद्युत प्रयोग गरी लिफ्टीङ प्रणालीबाट बतासे खानेपानी योजना सफल भएको हो । योजना सफल भएपछि गाउँका लागि बरदान सावित भएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । “यो ठाउँमा पानीको ठूलो समस्या थियो, अब हल भयो । यो खुसीको कुरा हो ।” उहाँले भन्नुभयो ।
उदयपुरको निर्वाचन क्षेत्र नं. २ को संघीय सांसद सुरेशकुमार राई निर्वाचन क्षेत्र विकास कोषबाट निर्मित सम्पन्न खानेपानी योजना गतवर्षको फागुनदेखि सुरु भई चार महिनाभित्रमै सम्पन्न भएको हो । निर्वाचन क्षेत्र विकास कोषबाट ४३ लाख २५ हजार ७ सय १५ रुपैया र जनश्रमदान ३ लाख, ५२ हजार ३ सय ८१ रुपैया गरी कुल ४६ लाख, ७८ हजार ९६...
पूर्णपुष्टि, भदौ १७
कोरोना भाइरसको कारण अष्ट्रेलियामा तीन दशक यताकै पहिलो पटक आर्थिक वृद्धि घटेको छ ।
सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । त्यस्तै पहिलो तीन महिनामा ०.३ प्रतिशतले गिरावट आएको थियो ।
अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो । लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो ।
यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।...
पूर्णपुष्टि, भदौ १६
जंगलमा पाईने एक वनस्पती तितेपातीको तेल एक लिटरकै आठ हजार पर्दछ ।
यसको लमजुङमा व्यावसायीक तेल उत्पादन सुरु भएको छ । क्वहोलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।
गत वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरले जनाएको छ । गाउँघरमा बाझिदो जग्गामा फुलेको तितेपातीलाई प्रशोधन गरेर तेल उत्पादन सुरु गरेको जनाईएको छ । यसको लागी गतवर्ष परीक्षण गरिएको थियो । यही भदौदेखि भने उत्पादन सुरु गरेको सेन्टरले जनाएको छ ।
एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको जनाईएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने जनाईएको छ । तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्र...
पूर्णपुष्टि, भदौ १५
आज नेप्से परिसूचक २२.३१ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक बढेर १४ सय ८४.९९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई अङ्कभन्दा धेरैले बढेको छ । होटल समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २ सय ६०.३३ अङ्कले बढेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको उपसूचक २ सय ३३.७ अङ्कले बढेको छ ।
तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका ७७ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सोमबार सबैभन्दा धेरै पाँच प्रतिशत कमाएका छन् । अरुण काबेली पावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे चार प्रतिशतभन्दा धेरै...
पूर्णपुष्टि, भदौ १५
आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
पूर्णपुष्टि, भदौ ११
आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।