Sunday, June 28News That Matters

आर्थिक

४ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न बोलकबोल

४ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न बोलकबोल

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ८ नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।...
आज नेप्से परिसूचक बढ्यो

आज नेप्से परिसूचक बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ७ आज शेयरबजार परिसूचक नेप्से बढेको छ । नेप्से १२.७७ अङ्कले बढेर १४ सय १०.३४ अङ्कमा पुगेको छ । आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ । निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अङ्कले बढेको छ । आज एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् । आज सम्बृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका शेयरधनीले भने झण्डै पाँच प्रतिशत गुमाएका छन् ।...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ४ आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।
आज नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

आज नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ३ आज नेप्से परिसूचक साढे १६ अङ्कले घटेको छ । बुधबार परिसूचक १६.६ अङ्कले घटेर १३ सय ९१.२९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १ सय ३६.५९ अङ्कले घटेको छ । दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् । प्रुडेन्टियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै चार प्रतिशत गुमाएका छन् ।...
ट्राफिक कार्यालय उदयपुरले १ करोड ९४ हजार रजश्व संकलन गर्यो

ट्राफिक कार्यालय उदयपुरले १ करोड ९४ हजार रजश्व संकलन गर्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, भदौ २ गत आर्थीक वर्ष २०७६/०७७ मा ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटले १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यलयले गत श्रावन देखि असार सम्म १ करोड ९४ हजार राजश्व संकलन गरेको हो । लापर्वाही तरिकाले सवारी चलाउने साना तथा ठूला सवारी साधन कारबाहीबाट गत आवमा १ करोड ९४ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनालले बताउनुभयो । गत बर्ष ट्रक, बस, जिप, कार, भेन, ट्याक्टर, मोटरसाईकल, सिटी आटो लगायत १५ हजार ७ सय ५० वटा सवारी साधन कारबाहीमा परेका थिए । सबै भन्दा बढी लाईसेन्स नभएका, लापर्वाही सवारी चलाउने र मापासे गर्नेहरु कार्वाहीमा परेको खनालले बताउनुभयो । बाँकि अन्य हिसावले पनि सवारीहरु कार्वाहीमा परेको उहाँले  बताउनुभयो । करिब ५ महिना लकडाउन भएको अवस्थामा पनि आर्थिक बर्ष २०७५/०७६ भन्दा बढी राजश्व संकलन भएको ट्राफिक इन्चार्ज खनालले...
साउनमा निर्यातमा सुधार, आयात घट्यो

साउनमा निर्यातमा सुधार, आयात घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना निर्यात सुधार भएको छ भने विदेशबाट वस्तु आयात घटेको छ । साउन महिनामा वस्तु आयात १९.६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो । गत वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । तर यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो गतको वर्षको साउनको तुलनामा आयात ११.५१ प्रतिशतले घटेको छ । यस वर्षको साउन महिनामा निर्यात व्यापार गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको छ । साउन महिनामा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको साउनमा ८ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यो वर्ष निर्यात ८.८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । सुरुको महिनामा व्यापार घाटा ९७ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ९७ अर्ब ९५ कर...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको जनाएको छ ।
आज नेप्से १०.७५ अङ्कले बढ्यो

आज नेप्से १०.७५ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १ आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.७५ अंकले बढेको छ । हिजो १७.३३ अंकले घटेको परिसूचक आज झण्डै ११ अंकले बढेर १४ सय २.२१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । हिजो परिसूचक १७.३३ अंकले घटेको थियो । जलविद्युतबाहेक सबै समूहको उप–सूचक बढेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ६२.१३ अंकले बढेको छ । दिनभर १ सय ८४ कम्पनीका १ अर्ब रुपैयाँभन्दा धेरैका ३५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम हिजोको तुलनामा कम हो । हिजो १ अर्ब २५ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । चाँदनी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ४ प्रत...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १ आज सुनचाँदीको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
विद्युत् प्राधिकरणको नाफा ११ अर्ब भन्दा बढी

विद्युत् प्राधिकरणको नाफा ११ अर्ब भन्दा बढी

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ३२ गत आर्थीक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गत आव २०७६/०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आव २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो । आव २०७२/०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले...