Saturday, June 6News That Matters

आर्थिक

५ अर्वको नक्कली चेक

५ अर्वको नक्कली चेक

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ २० गते ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हातहतियार कारोबारको अभियोगमा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । धनगढी–४ चटकपुरबाट दुईजना सहकर्मीसहित पक्राउ परेका राणाको डेराबाट पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार थान पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो । पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
फौजी किराले अन्नबाली सखाप, कृषक चिन्तित

फौजी किराले अन्नबाली सखाप, कृषक चिन्तित

आर्थिक, समाचार
उदयपुर, भदौ १९ गते । फौजी किराले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उदयपुरका पहाडी भेगमा कृषकहरु चिन्तित बनेका छन् । लामो खडेरीपछि फौजी किराले बारीमा लाएको हिउँदे बाली खाएर सखाप पारेपछि कृषकहरु चिन्तित भएका हुन् । जिल्लाको पहाडी रौतामाई, लिम्चुङ्बुङ, ताप्लि गाउँपालिकाको तल्लो भेग बेँसी खण्ड र कटारी नगरपालिकाको पहाडी भेगका बेँसी क्षेत्रमा किराको प्रकोप बढेको छ । दुध कोशी (पञ्चकोशी) किनारा आपासदेखि लेखको तल्लो भेग कछाँडसम्मको क्षेत्रमा किराले अन्नबाली, बोट विरुवा खाएको स्थानीयबासीले बताएका छन् । रौतामाईको तल्लो गुराँसे, फोक्सिन्टार, कटहरे, हातिपाईले, भोर्लेनी, पाकाना, आदामारा, चण्ढौटे, बेलबोटे, विमिरे, लिम्चुङ्बुङको लाकु, बलम्ता, ताम्लिछा, ताप्लिको थुम्कि, रामपुर, रुपाटार र कटारीको लेखानी आसपासको क्षेत्रमा किराले मकै, जुनेलोको विरुवा, अदुवा खाए सखाप पारेको हो । नेपालमा नयाँ मानि...
हावाहुरी पिडितलाई पाँच लाखको घर

हावाहुरी पिडितलाई पाँच लाखको घर

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ १९ गते । बारा र पर्साको हावाहुरी पिडितको घर नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले घर निर्माणको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ  रहेको प्रतिवेदन पेस गरेको छ । घर निर्माणको लागि सरकारले प्रतिघर उपलब्ध गराएको बजेटबाट प्रतिघर ६१ हजार एक सय रकम बचत गरेको हो । एक घर निर्माणका लागि सरकारले पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ । सरकारले बाराका आठ सय सात घर र पर्साका ६२ गरी आठ सय ६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो । यो समाचार आजको गोरखापत्रमा दैनिकमा छापिएको छ ।   ...
भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी

भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी

आर्थिक, समाचार
भदौ १८ गते ।  मेलम्ची खानेपानी आयोजना छाडेर भागेका निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले जनाएको छ । सीएमसीबाट भुक्तानी नपाएसम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । पिडितहरुले समिति गठन गरी प्रतिवेदन दिएपनि सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्ची आयोजनाको कार्यालयमा पीडितहरू धर्ना बस्ने भएको छ । समितिले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । सरकारले समाधान गर्छौं भन्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म पहल समेत नभएकाले आन्दोलन गर्नुपरेको समितिले जनाएको छ ।...
६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

आर्थिक, समाचार
भदौ १७ गते ।  नेपाल राष्ट्र बैंकले दुई करोड २१ लाख खाताको छ खर्ब ३८ अर्ब रुपैँयाको निक्षेप सुरक्षण गरेको छ । बैंकले ८५ वटा बैंक तथा वित्तीय संस्थाका प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल  र मुद्दती निक्षेपक गरी ६ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेपको सुरक्षण गरेको हो । गत असार मसान्तमा १ करोड ९३ लाख निक्षेपकर्ताहरुको ४ खर्ब ३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको २५ अर्ब ६६ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । गत असार मसान्तमा १४ अर्ब ३५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । बैंक तथा वित्तीय संस्थामा झण्डै १४ लाख ४० हजारको संख्या ऋण खाता रहेका छन् । १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता रहेको राष्ट्र बैंकले जा...
चट्याङले २ सय ३३ भेडा मरे

चट्याङले २ सय ३३ भेडा मरे

आर्थिक, समाचार
भदौ १७ गते । जाजरकोटको कुशेमा चट्याङ लागेर २ सय ३३ भेडा मरेको छ । कुशे गाउँपालिकाको पाटनमो हावाहुरीसँगै परेको चट्याङले भेडा मेरेको हो । अझै २ सय ५२ वटा भेडा हराइरहेको स्थानियले जनाएको छ । अचान परेको चट्याङले भेडा सखाप पारेपछि कृषकहरु चिन्तित भएका छन् । प्रखुम आय स्रोतकै रुपमा भेडा पालन व्यवसाय गर्दै आएका कृषकहरुको भेडा मरेपछि परिवार चलाउन समस्या हुने स्थानीयले बताएका छन् ।...
फेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ

आर्थिक, समाचार
भदौ १७ गते ।  सोमबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेर एक तोलाको ७२ हजार ५ सय रुपैया पुगेको हो । सनु बढेर तोलाको ७२ हजार ५ सय पुगेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
भदौ १६ गते ।  नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट ८ अर्व ६५ करोड ५० लाखको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । बैँकले विक्रि गर्न लागेको ट्रजरी विल मध्ये ५ अर्ब ५२ करोडको ट्रेजरी बिल १ सय ८२ दिनमा परिपक्व हुनेछ भने ३ अर्ब १३ करोड रुपैयाँको विल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । यस विलले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बो...
घामले पग्लियो खानेपानी योजनाको पाईप

घामले पग्लियो खानेपानी योजनाको पाईप

आर्थिक, समाचार
उदयपुर, भदौ १५ गते । लिम्चुङ्बुङको मझुवा बाराहा खानेपानी योजनाको पाईप घामले पग्लिएको छ । लिम्चुङबुङ गाउँपालिका – ३ बाराहामा निर्माधिन योजनाको पाईप रुखमा बाँधेर टाँगेको ठाउँमा पग्लिएको हो । विकट पहाडी भेगमा खानेपानीको समस्या समाधान गर्नका लागि राज्य संघियतामा नआई नै जिल्ला खानेपानी कार्यालय उदयपुरबाट परेको योजनाको पाईप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका– ३ का वडा सदस्य गुरुमणी कुमाईले बताए । २०७२ सालमा ८८ लाखको सम्झौता गरि काम सुरु गरेको थियो । पंचवर्षीय योजना भएकाले चालु आर्थीक वर्ष २०७६/७७ सम्ममा योजनाको काम सम्पन्न गर्नु पर्ने सम्झौता गरेको सदस्य कुमाईले बताए । त्यस योजनाका ५० एमएमको पाईप रुखमा बाँधेर टाँगिएको ठाउँमा घामले पग्लेको उनले बताए । माटोमा गाढ्नु पर्ने भएपनि ठाउँ ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा करिब १ सय ५० मिटर कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाई...
दुई जोर खानीलाई उत्खनन अनुमति

दुई जोर खानीलाई उत्खनन अनुमति

आर्थिक, समाचार
भदौ १३ गते । नेपालको चार वटा खानीले उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा, क्वार्जजाईट, पथर तथा कोईला उत्तखनको लागि विभागले अनुमति दिएको हो । चालु आर्थीक वर्षमै स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको विभागले जनाएको छ । खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको विभागले जनाएको छ । विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । आव ०७५/७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प...