Saturday, August 15News That Matters

खेलकुद

युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १७ ।आईसिसि टि २०–विश्वकप अन्तिम छनोटको सेमिफाईनलमा युएईलाई हराउँदै घरेलु टोली नेपाल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराएर फाईनलमा प्रवेश गरेसँगै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ । नेपालले १० बर्ष पछि विश्वकप खेल्ने भएको छ । २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको नेपालले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकप दोस्रे पटक खेल्ने भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ६४ रनमा र कप्तान रोहित पौडेलले २० बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ रनमा अवजित रहे । त्यस्तै गुल्सन झाले २३ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाए भने अर्का ओपनर कु...
टि २० विश्वकप छनोटमा युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

टि २० विश्वकप छनोटमा युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । आईसिसि टि २० विश्वकप एसिया अन्तिम छनोटको सेमिफाईनलमा युएईले नेपाललाई जितको लागी १३५ रनको लक्ष्य दिएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो । युएईका लागी वृत्य अरविन्दले अर्धशतक पुरा गरे । उनले ५० बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ६४ रन बनाए । ओपनर मोहम्मद वासिमले ३ चौका र २ छक्का प्रहार गर्दै २७ बनाए । अलिशान सराफुले १६ रन, आशिफ खानले १३ रन बनाए । युएईले ३० रन बनाउँदा दुबै ओपनर गुमाएको थियो । ओपनर खालिद शाहलाई ३ ओभरमा बलिङ गर्न आएका सोपाल कामीले पहिलो बलमा ३ रनमा आउट गराए भने अर्का ओपनर मोहम्मद वासिमलाई चौथो बलमा २७ रनमा करण केसीबाट क्याच आउट गराए । त्यस्तै ९.५ ओभरमा युएईको ६२ रन हुँदा आशिफ खानलाई सन्दिप लामिछानेले १३ रनमा आउट गराए भने १३.३ आभरमा ८८ रनहुँदा कुशल मल्लले अलिशान स...
लिम्चुङबुङ फुटवल प्रतियोगिताको उपाधी हेलेसी तुवाचुङलाई

लिम्चुङबुङ फुटवल प्रतियोगिताको उपाधी हेलेसी तुवाचुङलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । उदयपुरको बिकट पहाडी पालिका लिम्चुङबुङ २ ताम्लीछा छतिवनेमा भएको फुटवल प्रतियोगिताको उपाधी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न अन्तर वडास्तरीय खुल्ला प्रतियोगितामा हलेसी तुवाचुुङले आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पारेको हो । हलेसीले तामलिछालाई टाईब्रेकरमा ९–८ गोल गर्दै घरेलु टिमलाई हराएर उपाधि हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा हलेसी तुवाचुङका खेलाडी सागर बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए । मध्यान्तरपछिको खेल सुरु भएको ७ औं मिनेटमै आयोजक तामलिछाका संरक्षण राईले गोल फर्काएर बराबरी बनाए । त्यस पश्चात भने खेल अवधिभर दुवैपक्षबाट गोल हुन नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिन पर्यो । सुरुवाती चरणदेखि एकार्काले दबावमा राखेका दुवै टिम अन्ततः बराबरीमा पुगेपछि टाईब्रेकरमा भिडाएर नतिजा निकाल्नु परेको...
टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने

टि–२० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १६ । आइसिसी टि २० विश्वकप एसिया छनोटको सेमिफाईनलमा नेपालले युएईसँग खेल्ने भएको छ । नेपाल ओमानसँग पराजित हुँदै उपविजेता बनेपछि समुह बि को बिजेता युएईसँग प्रतिष्पर्धा गर्ने भएको हो । बिहिबार युएईले हङकङलाई हराउँदै समुह बी को बिजेता बनेको हो । अब नेपालले सेमिफाईनलमा समुह ‘बी’ को विजेता युएईसगँ भोली शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा खेल्नेछ । ओमानले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। सेमिफाईनल जित्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर छ। समुह विजेताका लागी आज भएको खेलमा ओमानसँग पराजित हुदैँ नेपाल समुह उपविजेता बनेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान भएको प्रतिष्पर्धात्मक खेलमा ओमानसँग ५...
मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा

मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली नेपालले समुह चारणको दोस्रो खेलमा मलेसियामाथि किर्तिमानी जित निकाल्दै सेमिफाईनल पुगेको हो । सोमबार दिउँसो कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले १२ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो । यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो। नेपालका लागी कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ७ छक्का र २ चौका हिर्काउँदै ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २४ बलमा ४ छक्का र ४ चौका हिर्काउँदै ४३ रनको योगदान गरे । अर्का ओपनर ...
टी–२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात

टी–२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । टी–२० विश्वकप फाइनल एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको छ । सोमबार बिहान कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । अर्का ओपनर आशिफ शेखले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनको योगदान गरे । दोस्रो विकेटका लागी मैदान प्रवेश गरेका कप्तान रोहित पोडैलले २ छक्का र २ चौका प्रहार गर्दै ३५ रन र तेस्रो विकेटका लागी मैदान प्रवेश गरेका कुशल भुर्तेल ६ रनमा नटआउट रहे । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगपुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागी अभिनास बोहराले ३ विकेट लिए भने ...
गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

Breaking News 2, खेलकुद
पूर्णपुष्टि,काक्तिक १२ । सिरहाको महुलीमा जारी श्री जनचेतना ४२औँ रनिङ शिल्ड फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव सिरहालाई हराउँदै त्रियुगा नगरपालिका गाईघाट फाईनलमा प्रवेश गरेको छ । आईतवार जनचेतना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा गोलबजारलाई १को विरुद २ गोल गर्दै त्रियुगा नगरपालिका गाईघाटले फाईनलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्ममा गाईघाटको तर्फबाट टिम कप्तान सुदिप श्रेष्ठले व्यक्तिगत २ गोल गर्दा सिरहा भने १ मै सिमित रह्यो । यस संगै आगामी १४ गते हुने फाईनल खेल त्रियुगा नगरपालिका गाईघाटले धनुष विरुद्ध खेल्ने आयोजकले जनाएको छ ।...
स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिप २०२३ को फाईनलमा रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लब प्रवेश गरेको छ । आईतबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडा र लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई हराउँदै फाईनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडालाई १–० गोलले पराजित गरेको हो । रातापानीका लागी पाण्डु चौधरीले गोल गरे । उनले खेलको अन्तिम औं मिनेटमा रातापानीका लागी विजयी गोल गरेका हुन् । यस खेलमा पाण्डु चौधरी म्यान अफ द म्याच भएका छन् ।त्यस्तै दोस्रो सेमिफाईनल खेलमा लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई २–१ गोलले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफको ३ औं मिने...
पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

खेलकुद, समाचार
पूर्णपुष्टि,कार्तिक ४ । उदयपुुरको साउनेमा अवस्थित बर्गाछी फुटबल क्लबलाई पूर्व खेलाडी सुमन राईद्धारा १५ सेट जर्सी सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका-१४, नम्बर वडा साउने वर्गाछी फुटबल क्लवका पूर्व खेलाडी समेत रहेको राईले दशै तिहार लक्षीत वडा स्तरिय प्रतियोगिताहरुमा सहभागिताको लागि जर्सी सेट प्रदान गरेको हो । सामाजिक कार्यमा विभिन्न तहतत्काबाट सहयोग पुर्याउँदै आएका राईलका आफन्त मार्फत शनिवार स्थानीय फिल्डमा क्लवका कोच पवन राईलाई संयुक्त जर्सी हस्तान्तरण गरेका हुन् । पारिवारीक वाध्यताले परदेश रहेका समाज सेवी राई हाल मलेसियाको एक कम्पनीमा कार्यरत छन् । उनले गएको वर्षहरुमा पनि स्थानीय खेल क्षेत्र विकासको निम्ती महत्वपूर्ण सहयोगहरु प्रदान गर्दै आएको छ ।...
नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधी बागमती फुटबल क्लव सर्लाहीले जितेको छ । न्यु त्रियुगा स्पोर्ट क्लव सप्तरीसंग आजको फाइनल खेलमा १–० को अन्तरमा सर्लाहीले उपाधी जित्न सफल भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका –४ बसाहामा भएको गोल्डकप प्रतियोगिताको उपाधी जितेसंगै सर्लाहीले नगद चारलाख एकहजार पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सप्तरीले नगद २ लाख १ हजार पुरस्कार प्राप्त गर्यो । खेलको ३ औं मिनेटमै सर्लाहीका श्रृजन गौतमले गोल गरे । सोही गोल उपाधी चुम्न निर्णायक बन्न पुग्यो । दर्शकको समर्थन बढि पाएको सप्तरीले सुरुमै गोल खाएपछि खेलमा दवाव परेको थियो । गोल फर्काउने प्रयासलाई सर्लाहीले विफल तुल्यायो । सर्लाहीले पनि थप गोल गर्न सकेन । उपाधि विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद सम्झना तामाङ,...