स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी
पूर्णपुष्टि, कार्तिक ४ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी भएका छन् ।
शनिबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको पहिलो खेलमा थानपोखरी फुटबल क्लबले नव सार्वजनिक युवा क्लब बेलाहालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा गोर रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा थानपोखरी फुटबल क्लब ज्यामिरेले नव सार्वजनिक युवा क्लब बेलाहालाई ४–३ गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
थानपोखरीका लागी नविन चौधरी, नब्नित चौधरी, अजित चौधरी र गोल रक्षक रेम्बो चौधरीले गोल गरे भने बेलाहाका लागी उमेश चौधरी, अनिल चौधरी र ईश्वर चौधरीले गोल गरे । यस खेलमा गोल रक्षक रेम्बो चौधरी म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेलमा रातापानी फुटबल क्लबले कालिका फुटबल क्लब बेलाह...









