Saturday, August 15News That Matters

खेलकुद

कोरोनाले गर्दा बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

कोरोनाले गर्दा बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २ गते ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमण कम नभएकाले बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द भएको छ । कोरोनाको कारण सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको प्रतियोगिता रद्द भएको हो । बेलायतमा कोरोनाको संक्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्द भएको जनाएको छ । यसका साथै महिलातर्फ हुने टुर अफ योर्कसायर पनि रद्द भएको छ । आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्द हुनुको अर्थ यो बर्ष बेलायतमा साइक्लिङका कुनैपनि खेल हुनेछैनन् । २०१९ मा भएको यो रेसमा १.५ मिलियन दर्शकले हेरेका थिए । यसपटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको जनाईएको छ । आयोजकले आगामी सिजनमा हुने प्रतियोगीताको लागी तयारी गर्न टिमहरुलाई आग्रह गरेको छ ।...
अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलले जित्यो स्वर्ण

अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलले जित्यो स्वर्ण

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १ गते । विश्व अनलाई तेक्वान्दो च्याम्पियनशिपमा नेपालका खेलाडी कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएको छ । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्न सफल भएको हो । सागका स्वर्ण पदक विजेता कमलले ७.६७ अंक ल्याएर अनलाई तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जितेका हो । कमलले स्वर्ण जितेका छन् भने दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै जितेका छन् । जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भएको छ । महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् ।...
फिफा फुटसलको नयाँ वरीयतामा १६३ औं स्थानमा नेपाल

फिफा फुटसलको नयाँ वरीयतामा १६३ औं स्थानमा नेपाल

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ गते ।  नेपाल फिफा फुटसलको नयाँ वरीयतामा एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन राम्रो नरहेकाले नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो । सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो । नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।  फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ ।...
महिला युरो कप २०२२ को जुलाई हुने

महिला युरो कप २०२२ को जुलाई हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १० गते । महिला युरो कप एक वर्ष पछि सरेको छ । युरोपेली फुटबल महासंघको नियमित क्यालेण्डर अनुसार २०२१ को जुलाई महिनामा हुनु पर्ने महिला युरो कप एक वर्षपछि सरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो । महिला युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुने जनाईएको छ । महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।  ...
कोरोनाले ५ सय ४१ खेल प्रभावित

कोरोनाले ५ सय ४१ खेल प्रभावित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वभरका ५ सय ४१ वटा खेल प्रभावित भएको छ । कोरोनाको कारण यूरोपका शीर्ष ५ लिगहरु स्थगित गरिएका छ भने यूरोकप, कोपा अमेरिका, च्याम्पियन्स लिग लगायतका खेलहरु प्रभावित भएको हो । यूरोपियन यूनियन अफ फुटबल संघले जुन ३० तारिखसम्म यूरोपियन क्लब फुटबल प्रतियोगिता सक्नु पर्ने जनाएको छ । कोरोनाका कारण खेलकुद गतिविधि रोकिँदा आर्थिक संरचनामा असर परेको छ । खेल नहुँदा लिगको ४.३३ बिलियन अमेरिकी डलर नोक्सान हुने भएको जनाईएको छ ।...
हातिपाईले चुमे वडाध्यक्ष कपको उपाधी

हातिपाईले चुमे वडाध्यक्ष कपको उपाधी

खेलकुद, समाचार
सिताराम राई उदयपुर, फागुन २३ गते । रौतामाई गाउँपालिका–५ मा भएको वडाध्यक्ष कप भलिबल प्रतियोगीताको उपाधी हातिपाईले टिमले चुमेको छ । वडाको आयोजनामा भएको प्रतियोगीतामा कालीमाटी टिमलाई सोझो सेटमा हराउदै हातिपाईले उपाधी चुमेको हो । शुक्रबार भएको फाईनल खेलमा हातिपाईलेले कालिमाटी टिमलाई पहिलो सेटमा २५–१८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–११ को अन्तरले पछि पार्दै कपको उपाधी चुमेको आयोजक टिमले जनाएको छ । हातिपाईले टिमले उपाधी चुमेको छ । उपविजेता कालीमाटी टिम र सान्तोना आँपटार टिम भएको आयोजकले जनाएको छ । विजेता, उपविजेता र सान्तोना टिम नगद १७, १३ र ८ हजार रुपैयाँ र म्याडल, कप, प्रमाणपत्रले पुरस्कृति भएका थिए । प्रतयोगीताको उत्कृष्ठ खेलाडीको रुपमा हातिपाईले टिमका पेसल मगर घोषीत भएका छन् । उनलाई ट्रफि, प्रमाणपत्रका साथ नगद एक हजारले पुरस्कृत गरिएको छ । प्रतियोगीतामा वडाका विभिन्न टो...
युनाइटेड क्वार्टर फाइनल प्रवेश

युनाइटेड क्वार्टर फाइनल प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २३ गते ।  म्यान्चेस्टर युनाइटेड क्लव इङ्गिलस एफए कपको क्वार्टर फाइनल प्रवेश भएको छ । गत राती भएको खेलमा डर्बी काउण्टी क्लबलाई ३–० गोलको पछि पार्दै म्यान्चेस्टर युनाइटेड क्लव क्वार्टर फाइनलमा प्रवेश गरेको हो । युनाइटेडलाई क्वाटर फाईनलमा प्रवेश गराउन ओडिओन इगालोले दुई तथा ल्युक शले एक गोल गरेका थिए । पेनाल्टीमा टोटनह्यामलाई हराउँदै नर्विच २८ वर्षपछि एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । क्वार्टर फाइनल खेलमा आर्सनल र शेफिल्ड युनाइटेड, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र  न्युक्यालस प्रतिस्पर्धा गर्दैछन् ।...
गणपति थापालाइ विदाइ

गणपति थापालाइ विदाइ

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २२ । उदयपुरका ब्याड्मिन्टन खेलाडीहरुले विहिबार उदयपुरको बोक्सेस्थित रणसार्दुल गणका गणपति भैरव थापालाई विदाई गरेका छन् । सरुवा भई हेर्डक्वाटर जान लाग्नु भएका गणपति थापालाई कवर्डहलमा खेलाडीहरुले विदाई गरेका हुन् । उनीहरुले मायाको चिनो भेष्ट प्रदान गरेका थिए । बसाईको सिलसलामा आप्mनो ठाउँबाट खेलको क्षेत्रमा विशेष योगदान पर्याउनुका भएका थापालाई खेलाडीहरुले थप उन्नती प्रगति, सुस्वास्थ्यको कामना गर्दै विदाइ गरेका थिए । खेलाडी दिपक राई, समाजसेवी हस्तमाया राईले व्यक्तिगतरुपमै पनि मायाको चिनो र खादा ओढाई विदाइ गरेका थिए । विदाइ समारोहमा बोल्दै थापाले उदयपुर र खेलाडी साथीहरुलाई कहिल्यै नभूल्ने बताउनुभयो । उदयपुरको बसाई अबिस्मरणीय रहेको बताउनुभयो । विदाइ समारोहमा जिल्ला अदालत उदयपुरका न्यायधिश दिपक खनाल, अनुसन्धान कार्यालय, उदयपुरको उपनिर्देशक नागेन्द्र दाहाल तथा गण...
कटारी ४ लाई हराउँदै कटारी ३ ले जित्यो मेयर कपको उपाधि

कटारी ४ लाई हराउँदै कटारी ३ ले जित्यो मेयर कपको उपाधि

खेलकुद, समाचार
आशिष वस्नेत/२२ फागुन कटारी रकटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।आज भएको फाईनलमा वडा नम्बर ४ लाई २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नम्बर ३ ले नगद  ६३ हजार ७ सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्दा उपविजेता वडा नम्बर ४ ले नगद , ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्रका साथमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का प्रताप राई घोषित भए । त्यसैगरी उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का रोशन राना घोषित भए । फाईनलमा कटारी ३ का प्रताप राई , गोपाल लिम्बु र कृष्ण धामीले गोल गरेका थिए । त्यसैगरी कटारी ४ को तर्पmबाट किरण दनुवार र केशव दनुवारले गोल गरेका थिए । कटारी नगरपालिकाको सहयोग र साथी समूहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।कटारी नगरका ११ वडाका  टिमले प्रति...
टी–२० मा नेपालको पहिलो जित

टी–२० मा नेपालको पहिलो जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ गते ।  एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्दा कुशल मल्लले  उत्कृष्ट प्रदर्शन गरेको थियो । पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए । नेपालका ल...