Saturday, December 13News That Matters

पर्यटन

पर्यटनको उद्गमस्थल उदयपुरगढी

पर्यटनको उद्गमस्थल उदयपुरगढी

Breaking News 2, पर्यटन, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित अढाई सय वर्ष पुरानो ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसंगै पर्यटकीय आकर्षण बढेको छ । भग्नावशेष मात्र रहेको गढीको पुनःनिर्माण गरिएपछि आकर्षण थपिएको हो । १५ औं शताब्दीको उत्तरार्थतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनु भयो । उहाँले उक्त ठाउँ देशकै सय पर्यटकीय गन्तब्य मध्ये एक भएकोले जिल्ला मात्र हैन प्रदेशमै उत्कृष्ठ बनाउने योजना रहेको बताउनुभयो । पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ । गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरु पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चा...
त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्रमा यस्ता काम गर्ने

त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्रमा यस्ता काम गर्ने

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार ११ । उदयपुरको त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्र तर्फ ‘मौलिक कला र संस्कृती:आन्तरिक पर्यटनबाट समृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ । नरपालिकाको १५ औँ नगरसभाले नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक महत्व भएका स्थानहरुको सूचना प्रदान गर्न त्रियुगा पर्यटन सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । होटल व्यवसायमा स्थानीय उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरण गरी पर्यटन क्षेत्रको विकास गर्न रौता महोत्सव, राजथला कार्यक्रम र होमस्टे प्रवद्र्धन जस्ता कार्यक्रमहरु पारित गरेको हो । नगरपालिकाले हलेशी र बराह क्षेत्र दर्शन गर्न आउने पर्यटकहरुका लागि पर्यटक मार्ग क्षेत्र (टुरिजम रुट) विकास गरी त्रियुगा भिजिट र आन्तरिक पर्यटन प्रवर्धन गर्न छोटो तथा लामो दुरीको पद मार्गहरुको पहिचना तथा परिक्षण गरी ट्रेकिङ्ग तथा हाईकिङ्ग पदमार्गहरु घोषणा गर्ने निति लिएको छ ...
गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

गाईघाटमा औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, असार ४ । उदयपुरको सदरमुकाम गाईघाटमा चौथो औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सुरु भएको छ । दुई दिन सम्म चल्ने महोत्सवको औपचारिक रुपमा उद्घाटन बुधबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गरिन् । महोत्सवमा रैथाने परिकार र आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको छ । यस अन्तगर्त आयुर्वेदिक औषधि, अर्गानिक आलु, औद्योगिक उत्पादनका लत्ता कपडा–ब्याग–गुडिया–स्कुलको युनिफर्म लगायत अन्य सामाग्रीहरुको प्रदर्शन गरिएको छ । महोत्सवमा करिब ३० वटा स्टल राखिएको छ । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा भएको हो भने पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको तयारी पुरा, भोली उद्घाटन हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । गाईघाटमा भोली बाट सुरु औद्योगिक पर्यटन तथा रैथाने खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल घरेल तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजनामा हुने महोत्सव ४ र ५ गते दुई दिन संञ्चालन हुने छ । गाईघाट स्थित बाबारानी मार्ग रामजानकी पार्टी प्यालेर्समा हुने उक्त महोत्सवको उद्घाटन कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले गर्ने छिन् । महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शन सँगै रैथाने खानाको परिकार झल्काईने छ । जस्ले गर्दा पर्यटनहरुलाई आकर्षित गर्नुका साथै उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने छ । संघले बिगत देखीनै यस खाले महोत्सवहरु संञ्चालन गर्दै आईरहेको छ । महोत्सवमा जिल्लामा रहेका उत्पादनहरुलाई स्थान दिईएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योक कार्यालय उदयपुरले सहयोग गरेको छ ।...
गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

गाईघाटमा दुई दिने उद्यौगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, ३ असार । उदयपुरको गाईघाटमा उद्योगिक प्रदर्शनी, पर्यटन तथा रैथाने खाना महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति उदयपुरको आयोजनामा यहि जेष्ठ ४ र ५ गते महोत्सव हुन लागेको हो । महोत्सवको लागि तयारी भैरहेको छ । गाईघााट स्थित रामजानकी पार्टी प्यालेर्शमा हुने महोत्सवमा पर्यटन आकर्षण, रैथाने खानाको जगेर्णा सँगै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई पर्यटन कार्यालय धरान र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेको छ । महोत्सव बिहान ९ बजेदेखी बेलुकीको ६ बजे सम्म संञ्चालन हुने छ ।...
लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, पर्यटन, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । उदयपुरकै पहाडी पालिका लिम्चुङबुङमा गाउँपालिकामा विदेशी पर्यटक पुगेको छ । सोमवार काठमाण्डौँ हुँदै लिम्चुम्वुङ पुगेका अमेरिकी विदेशी पर्यटकहरुलाई पालिकाले भव्य स्वागत गरेको छ । करिब १० जनाको टोली रहेका उनिहरुलाई पालिकाले स्वागत तथा न्यानो मायाँ देखाएको छ । लिम्चुङबुङ गाउँपालिकाको बारेमा उनिहरुले थाहा पाएपछि त्यस ठाउँमा आउने निधो गरेका थिए । पालिका स्थित एभरेष्ट भ्यु टप, राई चोक र छाँगे झर्नामा उनिहरु रमाएका छन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णशेर राईको समन्वय र सहजीकरणमा उनिहरुलाई स्वागत गरिएको थियो । उनिहरुलाई रमणीय स्थानहरुमा घुमाउन पनि अधिकृत राईले नै सहजीकरण गरेका छन् । उनिहरु बिषेशतया त्यहाँका वातावरण र भुगोल सँग रमाईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । खानपान र हावापानी बिषेश रुचाएका उनिहरु ३ दिन सम्म त्यस ठाउँमा रहने अध्यक्ष...
मुर्कुची – लिम्चुङबुङ – हलेसी केबलकार, पाेड-वे सम्बन्धमा लगानीकर्ताकाे स्थलगत भ्रमण

मुर्कुची – लिम्चुङबुङ – हलेसी केबलकार, पाेड-वे सम्बन्धमा लगानीकर्ताकाे स्थलगत भ्रमण

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, बैशाख २३ । मुर्कुची-लिम्चुङबुङ-हलेसी केवलकार, पाेड-वे निर्माण लगानीकर्तालाई लिम्चुङबुङ र राैतामाई गाउँपालिकाले स्वागत गरेकाे छ । एभरेष्ट भ्युटपमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र राैतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले लगानीकर्ताहरु नाईक ईन्भ्याराेमेन्ट रिसर्च ईन्ष्टिच्युट लिमिटेडका राजेन्द्र श्रेष्ठ र भारतीय लगानीकर्ता महाराष्ट्र ईकाेनाेमिक डेभलपमेन्ट बाेर्डका दिपक नायकसहितकाे टाेलीलाई गत आईतबार स्वागत गर्नुभयाे । टाेलीमा प्रदेश सांसद नारायण बुर् उदयपुर र खोटाङलाई जाेडेर पर्यटनमार्फत आर्थिक विकास, व्यापार, उद्यम र रोजगारी सिर्जना गरि विकास र समृद्धि ल्याउने उद्देश्य अनुरुप सडक सञ्जाल, ढाक्रे पदमार्ग र केवरकार, पाेड-वेको सोच र योजनाहरु पस्किरहेकाे लिम्चुङबुङ गापा अध्यक्ष मेजरकुमार राईले बताउनुभयाे । यसै उद्देश्य अनुरुप कोशी प्रदेश लगानी सम्मेलन (२०८२ बैशाख...
कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, बैशाख १८ । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने यस सम्मेलनमा कुल ७१ वटा परियोजनाहरू प्रस्तुत गरिनेछ, जसको कुल लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइरालाका अनुसार, सम्मेलनमा प्रस्तुत गरिने ७१ मध्ये करिब २४ परियोजनाहरूमा सम्झौता हुने अपेक्षा गरिएको छ । यी परियोजनाहरू मुख्यतया पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी र सेवा लगायत आठ क्षेत्रमा केन्द्रित रहेका छन् । सम्मेलनमा नेपालका निजी क्षेत्रका लगानीकर्ताहरूका साथै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको पनि सहभागिता हुनेछ । लगानीमैत्री वातावरण सिर्जना गर्न सम्मेलनभन्दा केही दिन अघि मंगलबार प्रदेश सरकारले आठव...
अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

Breaking News 1, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २ । उदयपुरको पर्यटन प्रवद्र्धनको उद्देश्यले बाघखोर–लिम्चुङबुङ–हलेसी ट्रेइल (पदमार्ग) अन्तर्गत लिम्चुङबुङसम्म दुईदिने यात्राको तयारी भएको छ । आगामी बैशाख ६ गते उदयपुरगडी गाउँपालिका ७ बाघखोरदेखि यात्रा सुरु गरी ७ गते लिम्चुङबुङको एभरेष्ट भ्युटप पुग्ने योजना छ । नेपाली सेनाको बोक्सेस्थित पशुपतीप्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको पहलमा पत्ता लागेको नयाँ पदमार्गको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदयात्राको तयारी गरिएको हो । गणपती शिवप्रशाद वाग्लेका अनुसार पदयात्रामा जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न पर्यटन, खेलकुद, पत्रकार क्षेत्रका प्रतिनिधिमुलक टिमले पदयात्रा गर्ने तयारी भएको हो । गाउँघरको जनजीवनसंग साक्षेत्कार गर्दै, बनपाखा, खोली–पधेरीहरु तर्दै स्थानीय उत्पादन, साग, सिस्नु, मकैभटमास जस्ता अर्गानिक खानपीन गर्दै यात्रा गरिने...
ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, १९ माघ । ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्ने जनाईएको छ । उदयपुर जिल्ला होटल तथा पर्यटन संघका अध्यक्ष डबिट बस्नेतका अनुसार सुनकोशी नदी हवाईट र्याफ्टिङका लागि उत्कृष्ट १० भित्र पर्ने जनाएको हो । सुनकोशीले उदयपुरको पनि बिभिन्न स्थानमा छोएको छ । त्रियुगा नगरपालिका वडा नं १४ मा पर्ने धाप्लाङघाट उदयपुर र्याफ्ङििको लागि राम्रो मानिन्छ । फोक्सिन्टारदेखी धाप्लाङघाट सम्म जंगल करिडोर रहेका कारण निकै राम्रो स्थान रहेको हो । यस पछि पानीको छालको लागि धाप्लाङघाट देखी कम्फुघाट सम्म उत्तम रहेको जनाईएको छ । उक्त स्थानमा अहिले र्याफ्टिङ तालिम संञ्चालन भैरहेको छ । बिहिबार देखी सुभारम्भ उक्त प्रशिक्षकमा त्रिनपा १४ को ७ र १५ को २ गरी ९ जना युवाहरुले सहभागी जनाएको छ । त्रियुगा नगरपालिका र १४ नं वडाको समेत बजेट लगानी रहेको उक्त प्रशिक्षण जिल्ला होटल तथा पर्यटन व्य...