कालीगण्डकीमा जल पर्यटनको सम्भावना
काठमाण्डौँ, चैत २६
कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउनुहुन्छ । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ ।
जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा यहाँ सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’ पश्चात् आफूले व्यावसायिक तवरले जलयात्रा चलाउन सक्ने सीप हासिल गरेको उहाँ बताउनुहुन्छ । खनाल भन्नुहुन्छ, “युवाका लागि लक्षित यस तालिमबाट कालीगण्डकीमा अब व्यावसायिक रुपमा नै जलयात्रा चलाउन सकिने आत्मबल बढेको छ, रामपुर नगरपालिकाको समन्वयमा युवा मिलेर व्यवसाय चलाउने सोच बनाइएको छ ।”
नदीमा नै प्रयोगात्मक रुपमा सिकेको सिकाइले अब ढुक्कका साथ जलयात्रा चलाउन सकिने हौसला बढेको उहाँको भनाइ छ । य...









