हाम्रा अतुलनीय परिकारहरु
मलाई लाग्छ, शिक्षाले नै मेरो लागि यस्ता अवसरका ढोकाहरू खोल्दै गयो। त्यसैले पूर्वी पहाडमा जन्मेर, पूर्वी तराईं हुँदै सुदुर पश्चिमसम्मको भूगोलहरूमा पाइला टेके । भूगोल विशेष समाज, शब्दावली, भाषाशैली, जीवनशैली देख्न, बुझ्न र सिक्न पाएँ । शिक्षा विना यी सबै कुराहरूबाट वन्चित हुने थिँएछु ।
सुष्मा राई, काठमाण्डौ
खानपानमा सौखिन त त्यति धेरै छैन म । खानको लागि बाँच्नेभन्दा पनि बाँच्नको लागि खान पर्छ भन्ने मान्यता राख्छु । तथापी केही यस्ता मौलिक खाने कुराहरू छन्, जुन खाने कुरा भनेपछी हुरुक्कै हुन्छु जस्तै किनामा, गुन्द्रुक, तामा, निबुवा, छोइला, नेवारी अचार, सेलरोटी, थारु चट्नी आदि।
किरात समुदायको मुख्य तिहुन हो किनामा । विशेष गरि हिउँद महिनाको तिहुन हो । अझै मलाई गाउँको याद ताजै छ । सानो छँदा मेरो गाउँमा हिउँदमा तरकारी उत्पादन गरिदैन्थ्यो र हुँदैनथ्यो । त्यो बेला गुन्द्रुक र किनामाले छा...








